६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

मेसिनबाट गाई दुहुँदै ललितपुरका किसान

ललितपुर – ललितपुरका व्यावसायिक पशुपालकले मेसिनबाट दूध दुहुने प्रविधिको प्रयोग गर्न थालेका छन्। 
हातले भन्दा मेसिनले दुहुँदा चाँडो हुने र सबै दूध निखारेर आउने हुनाले किसानको आकर्षण त्यसतर्फ बढ्न थालेको हो। पशु उत्पादन निर्देशनालयमा कार्यरत डा सुरेन्द्र झा बताउँछन्, “मेसिन भित्रिएको केही वर्ष भए पनि पछिल्लो समय यसको प्रयोग ह्वात्तै बढेको छ।” 

उपभोक्तामा सजकता बढ्दै जाँदा किसानले दूध दुहुँदादेखि संकलन केन्द्रसम्म पुर्‍याउँदा दूध सफा बनाउन थालेका छन्। मेसिनबाट दुहुँदा दूधमा अरु फोहर मिसिन नपाउने झाको भनाइ छ। गाईको थुनमा घाउ हुने समस्यासमेत मेसिनको प्रयोगले हटाएको छ। 

उनी भन्छन्, “मेसिनको प्रयोगले एकातिर सफाइ सहज भएको छ भने अर्कातिर किसानले त्यही समयमा अरु काम गर्न पाएका छन् ।” 

मेसिनको प्रयोगले १० मिनेटमा दुईवटा गाई दुहुन सकिन्छ। दशवटा वा त्योभन्दा बढी गाई पाल्ने किसानका लागि मेसिनको प्रयोग उपयोगी छ। बजारमा रु एक लाख ५० हजारदेखि रु दुई लाखसम्ममा मेसिन खरिद गर्न सकिन्छ। 

प्रकाशित: २९ चैत्र २०७४ ०९:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App