पर्यटकीय सिजनः सोधपुछ मात्र भयो, बुकिङ आएन
यतिबेला पर्यटन क्षेत्रमा सिजन सुरु भएको छ। यो बेला कोरोना संक्रमण केही कम भएको छ। संक्रमणको त्रास घटेपछि हिडडुलमा सहजता पनि थपिएको छ। पर्यटकीय गतिविधिमा हुने गरेको आउजाउमा पछिल्लो समय केही सहजता थपिँदै गएपनि पर्यटन व्यवसायीले तेश्रो मुलुकका पर्यटकको आगमनको संकेत भने अझै सोचेअनुरुप पाएका छैनन। यो सिजनमा तेश्रो मुलुकका विदेशी पाहुना आउने प्रतिक्षामा रहेका व्यवसायी फेरि पनि आन्तरिक पाहुनामै निर्भर रहनुपर्ने संकेत देखेका छन्।