५ मंसिर २०८१ बुधबार
image/svg+xml

नारायणग मुग्लिन सडकमा पहिरो, आज दिनभर यातायात प्रभावित हुने

मुग्लिन नारायणगढ सडकमा हिजोदेखि नै आएको पहिरोका कारण आज दिनभर यातायात आवागमन ठप्प हुने सम्भावना छ। नारायणगढ मुग्लिन सडक आयोजनाका सुचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार साना ठुला पहिरो लगभग एक दर्जन जति आएका छन्। पानी परेका कारण सफा गर्न पनि गाह्रो भएको उनले बताए।

पहिरोले उपल्लोचिप्ला गाउँ बगाउने खतरा

लगातारको वर्षाका कारण जिल्लाको उत्तरीभेगको उपल्लोचिप्ला गाउँ नजिकैको पुरानो पहिरो बढ्दै जाँदा सिंगो गाउँनै बगाउने खतरा उत्पन्न भएको छ ।

दर्जनौ पहिरो पन्छाउदै खुल्यो कर्णाली राजमार्ग

अविरल वर्षासंगै गएको पहिरोका कारण अवरुद्ध कर्णाली राजमार्ग तीन दिन पछि खुलेको छ । राजमार्गको कालिकोट खण्डको एसमोडदेखि दैलेख खण्डको दहिखोला सम्मको  दर्जनौ स्थानमा साना तथा ठूला प्रकृतिको पहिरो गएको थियो ।

पहिरोमा परी एकको मृत्यु, दुई गम्भीर

घरमाथिबाट आएको पहिरोले ल्याएको ढुंगा लागेर डोटीमा एक बालिकाको मृत्यु भएको छ । दुईजना गम्भीर घाइते भएका छन् ।

बंगलादेशमा पहिरोमा परी मर्नेको संख्या १४७ पुग्यो

बंगलादेशको दक्षिणपुर्वी क्षेत्रमा अत्याधिक वर्षाका कारण गएको पहिरोमा परी मृत्यु हुनेहरूको संख्या १४७ पुगेको छ । मृत्यु हुनेहरूमा ५ सैनिकहरू रहेका छन्।

पहिरोमा परी श्रीलङ्कामा तेह्र जनाको मृत्यु

श्रीङ्काको दक्षिणी क्षेत्रमा शुक्रबार गएको पहिरोमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ भने, अरु कैयौ व्यक्तिहरु हराईरहेका छन् ।

ढल थुनिँदा विमानस्थल पहिरोको जोखिममा

भारी वर्षाका कारण माटो कटान हुँदा खोटाङको मनमाया राई खानीडाँडा विमानस्थल पहिरोको जोखिममा परेको छ । भल बग्ने ड्रेन (ढल) थुनिए पछि रन–वेमा जमेको पानी फुटेर बाहिरिँदा माटो कटान भएका कारण विमानस्थल पहिरोको जोखिममा परेको हो ।

पहिरोमा पुरिएर ४ जनाको मृत्यु १ घाइते

जिल्लाको सदरमुकाम मान्म नजिकै रहेको नरहरीनाथ गाउँपालिकाको कोटवाडा स्थित जितेघाट बसपार्क नजिकै विहीबार साँझ पहिरो जाँदा ४ जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक सुचारु

नारायणगढ मुग्लिन सडक खण्डको चार किलो भन्ने ठाउँमा आज बिहानदेखि सुख्खा पहिरो खसेपछि अवरुद्ध बनेको सो सडक तीन घन्टापछि सञ्चालनमा आएको छ ।

नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, सवारी आवागमन ठप्प

नारायणगढ मुग्लिन सडकखण्डको चारकिलो भन्ने ठाउँमा आज बिहानदेखि सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध बनेको छ ।

मुग्लिनको सुख्खा पहिरो : पहिरो हटाइयो, जोखिम कायमै

निर्माणधिन नारायणगढ मुग्लिन सडक खण्डमा सुख्खा पहिरो जाँदा पुरिएका गाडीहरु झिक्ने काम सकिएको छ । पहिरो खस्ने सम्भावना कायमै रहेका कारण तत्कालका लागि यातायता भने सञ्चालन नहुने नारायणगढ मुग्लिन सडक अयोजनाले जानकारी दिएको छ । नारायणगढ मुग्लिन सडकको घुमाउनेमा बिहान साढे १० बजे पहिरो खस्दा ट्रक र मोटरसाइकलहरु पुरिएका थिए ।

मुग्लिन–नारायणगढ सडकमा पहिरो खस्दा एक जनाको मृत्यु, ९ सवारी साधन पुरिए

मुग्लिन-नारायणगढ सडक खण्डको घुमाउने भन्ने ठाउँमा बिहान १०:३० बजे पहाडको ढिस्को खस्दा कम्तिमा ९ सवारी साधन पुरिएका छन्। एक जनाको मृत्यु भएको छ।

पहिरोमा परी कोलम्बियामा २०६ जनाको मृत्यु

दक्षिणी कोलम्बियामा गएको पहिरोका कारण कम्तीमा २०६ जनाको मृत्युभएको छ भने अरु कैयौँ घाइते र बेपत्ता भएका छन् ।

पहिरोमा ११ जना पुरिए

इन्डोनेसियाको जाभा राज्यमा आएको बाढी पहिरोमा परी कम्तीमा ११ जना पुरिएका छन् ।  पहिरोमा पुरिएकाहरुको खोजीकार्य भइरहेको उद्धारकर्ताले शनिबार जानकारी दिएका छन् ।

हिम पहिरोमा परी ८ विद्यार्थी बेपत्ता

जापानको टोकियोमा स्कूले विद्यार्थी बसेको एक रिसोर्ट हिम पहिरोले पुरिदा ८ विद्यार्थी बेपत्ता  भएका छन् भने थुप्रै घाइते भएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्