५ मंसिर २०८१ बुधबार
image/svg+xml

सिन्धुलीमा पहिरोले घर पुर्दा एकै परिवारको चारको मृत्यु

लगातारको वर्षाका कारण गएराती २ बजे पहिरो जाँदा कमलामाइ नगरपालिका ६ मा एकै परिवारको चार जनाको मृत्यु भएको छ । नेपाल पत्रकार महासंघको जमिनमा टहरो बनाएर वस्दै आएका चार जनाको पहिरोले पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ।

पहिरोमा परेर एकको मृत्यु, तीन बेपत्ता

केहि दिन यतापरेको अविरल बर्षाका कारण जिल्लामा एक जनाको मृत्यु भएको छ भने एकै परिवारका तीन जना बेपत्ता छन्। पाँचथरको फालेलुङ गाँउपालिकोको दुई स्थानमा गएको पहिरोले घर बगाएको हो। पहिरोले बगाएका तीनजना वेपत्ता भएका हुन। एकजना घाईते छन्।

पहिरोले एकको मृत्यु, पाँच जना सम्पर्कविहीन

अविरल बर्षाका कारण जिल्लाको फालेलुङ गाँउपालिकाको दुई ठाँउमा पहिरो जाँदा एकको मृत्यु भएको छ। नेपाली सेनाको भैरवी दल गणका गणपति कर्णेल शिवराज पन्तका अनुसार एकतिन र मेमेङमा पहिरो जाँदा पाँच जना सम्पर्कविहीन भएका छन्।

इलाममा पहिरोले पुर्‍यो विद्यालय भवन

चुलाचुली गाउँपालिका वडा–१ स्थित सागर आधारभूत विद्यालयको भवन पहिरोले पुरेको छ । स्थानीय कमल खोलाले जमिन कटान गरेर पहिरो जाँदा विद्यालय भवन पुरिएको हो ।

पहिरोले १३ घरको उठिबास

खहरे खोलामा आएको भीषण बाढिले कास्कीको माछापुच्छे गाउँपालिका–५ रिभानस्थित ताप्रेबस्तीमा ब्यापक क्षति पुर्याएको छ । खहरेले गाउँका १३ वटा घरलाई पुर्ण रुपमा क्षति पुर्याएको छ भने अन्य ६ घर जोखिममा परेका छन् । स्थानीय देवीलाल लामिछानेका अनुसार मंगलबार राती गाउँका घरमा खहरेको बाढी पसेको थियो । ‘लामो समयदेखि पानी परिरहेको थियो । राती गाउँका सबैजना सुत्ने तरखर गरिरहँदा एक्कासी माथिबाट गडगडाउँदै बाढी आयो,’ उनले भने, ‘संयोगले जोगिन सकियो । मानवीय क्षति हुनबाट जोगिएपनि घरगोठ बगाउको छ ।’ मंगलबार राती करिब १० बजेतिर खहरेमा एक्कासी बाढी आएर घर पुरेको उनले बताए ।

पहिरो नियन्त्रणका लागि थप २० करोड खर्च

पहिरोले पिरोल्ने गरेको निर्माणाधीन नारायणगढ–मुग्लिन सडक खण्डमा २० करोड रुपैयाँ थप खर्च हुने भएको छ । सडक खण्डको २९ ठाउँमा पहिरोको जोखिम छ । पहिरोको रोक्ने योजना सञ्चालन गर्न आयोजनाले हालै गरेको अध्ययनले पहिरो नियन्त्रणको तरिका र खर्च विवरण प्रस्ताव गरेको छ ।

पहिरोमा पुरिएका चारैजनाको शव निकालियो

रसुवा जिल्लाको उत्तरगया गाउँपालिका–४ पैरेबेंसीमा अविरल वर्षासँगै गएको पहिरोमा परी हराइरहेका चारैजनाको शव भेट्टिएको छ।

रसुवाका पहिरो पीडितलाई चीनको सहयोग

चीन सरकारले सीमावर्ती रसुवा जिल्लाका पहिरो पीडितलाई राहत सामग्री प्रदान गरेको छ। केरुङ फ्रन्टियर इन्सपेक्सन स्टेसनका कर्णेल गाओ हुईहुई नेतृत्वको टोलीले जिल्ला दैवी प्रकोप उद्धार समितिलाई सामग्री हस्तान्तरण गरेको हो।

पहिरोका कारण गाउँ नै विस्थापित, दस दिनलाई स्कुल बन्द

जिल्लाको निशीखोला गाउँपालिका-१ र २ मा गएको पहिरोले गाउँ नै विस्थापित हुने अवस्थामा पुगेको छ। निशीखोला-१ को हुँल्दीको पूरै गाउँ नै पहिरोको जोखिममा परेपछि त्यहाँ स्थानीय कतिपयले आफन्तकहाँ शरण लिएका छन्।

रसुवामा पहिरोमा पुरिएर तीनको मृत्यु, एक बेपत्ता

रसुवाको उत्तरगया गाउँपालिका–४ पैरेवेशीमा वर्षासँगै आएको पहिरोले पुरिएर तीन जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता भएका छन्।

सुतिरहेका चार जना पहिरोले पुर्यो

अविरल वर्षासँगै गएको पहिरोले रसुवाको उत्तरगया गाउँपालिका–४, पैरेबेसी गाउँका चार जनालाई पुरेको छ। गएराति १०ः२० बजे गएको पहिरोले धर्म थापा मगरको घर पुर्दा सुतिरहेका चार जना परेका हुन्।

पहिरोका कारण परिवार विस्तापित

निरन्तरको वर्षाका कारण जिल्लाको विभिन्न क्षेत्रमा पहिरो खस्न थालेपछि तेह्रथुमका एक दर्जन बढी घर जोखिममा परेका छन्। पहिरोका कारण घर जोखिममा परेपछि म्याङलुङ नगरपालिकाको जिरीखिम्ती र सुर्केका केहि परिवार विस्थापितनै भएका छन्।

पहिरोमा पुरिएर एकै परिवारका चार सहित ६ जनाको मृत्यु (अपडेट)

जिल्लाको निशीखोला—२ बाहुन गाउँका रेमबहादुर छन्त्यालको विदेशमा धन कमाएर आफ्नो परिवार सुखी राख्ने सपना अब कहिल्यै साकार नहुनेगरी टुटेको छ।

बागलुङमा पहिरोले पुरिएर तीन जनाको मृत्यु, चार जना बेपत्ता

जिल्लाको पश्चिममा बाढी पहिरोको कारण तीन जनाले ज्यान गएको छ। चार जना बेपत्ता भएका छन्। निरन्तर वर्षाका कारण बाढी पहिरो जाँदा ढोरपाटन नगरपालिका-५ मा एक जना र निशीखोला गाउँपालिकामा दुई जनाको मृत्यु भएको छ।

नारायणगढ–मुग्लिन सडकखण्डमा १० भन्दा बढी ठाउँमा पहिरो

नारायणगढ–मुग्लिन सडकका १० भन्दा बढी ठाउँमा पहिरो खसेपछि सडकको बीचबीचमा १२५ भन्दा बढी सवारीसाधन अलपत्र परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्