४ मंसिर २०८१ मंगलबार
image/svg+xml

कर्णाली राजमार्गमा पहिरो, यात्रु अलपत्र

तीन दिनदेखि परेको अविरल वर्षाका कारण कर्णाली राजमार्गमा पहिरो जाँदा यात्रु अलपत्र परेका छन्। कर्णाली राजमार्गको कालिकोट खण्डदेखि जुम्लासम्म झण्डै आधा दर्जन स्थानमा पहिरो गएको हो।

बाढीपहिरो पीडितको प्रबन्ध गर्न आग्रह

नेपाली काँग्रेसले बाढीपहिरोबाट पीडित नागरिकको जीवन रक्षा, उद्धार र राहत कार्यलाई प्रभावकारी रूपमा तत्काल अघि बढाउन सरकारसँग आग्रह गरेको छ।

पूर्वी पहाडमा पहिरोको त्रास

मानो खाएर मुरी फलाउन खेतबारीमा कस्सिनुपर्ने बेला पूर्वी पहाडी जिल्ला तेह्रथुमका किसानलाई भने घरखेतभन्दा बढी ज्यानको चिन्ताले सताइरहेको छ।

देशभर नै पहिरोको जोखिम, सात वर्षमा सोह्र सयको मृत्यु

ग्रामीण तथा पहाडी क्षेत्रमा प्राविधिकरुपमा परीक्षण नगरी सडक निर्माण गर्ने प्रवृत्ति बढेका कारण बाढी पहिरोबाट जनधनको क्षति हुने क्रम बढेर गएको छ।

तोपेखोलामा पहिरो खस्दा मुग्लिन सडक अवरुद्ध

अविरल वर्षाका कारण चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ स्थित तोपेखोला भन्ने स्थानमा खसेको पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ।

कृष्णभीरको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध, जीप पुरियो

पृथ्वी राजमार्ग अनत्र्गत धादिङको बेनिघाट रोराङ गाउँपलिकाको दुई ठाउँमा पहिरो गएको छ। बेनिघाट रोराङ गाउँपालिका वडा नं १० को मझिमटार र वडा नं ७ कृष्णभीरमा पहिरो खसेको छ।

किम्ताङको पहिरो जोखिमका १७ परिवार विस्थापित

अविरल वर्षासँगै बगेको पहिरोका कारण नुवाकाेट म्यागङ गाउँपालिका–४ साविक किम्ताङ गाविसको वडा नं ७ का १७ परिवार विस्थापित भएका छन्।

पहिरोले साँफे मार्तडी सडक अवरुद्ध, ग्रामिण सडक समेत प्रभावित

लगातारको वर्षाका कारण सडक माथिबाट पहिरो खसेपछि साँफे मार्तडी सडक अवरुद्ध भएको छ।

पहिरोको त्रासमा धादिङबासी : ‘न बस्ने घर, न सर्ने भर’

माथिबाट पहिरो खस्छ, तलबाट भाँसिदै गर्छ। बस्ती माथिको पहिरो हेर्दै त्रासै त्रासमा दिनरात गुज्रिने गर्छ, उत्तरी धादिङका स्थानीयको।

पहिरोको कारण कालिकास्थान–धुन्चे सडक खण्ड अवरुद्ध

अविरल वर्षाको कारण बुधबार साँझ ७ बजे गएको पहिरोले पासाङल्हामु राजमार्गको कालिकास्थान–धुन्चे सडक खण्ड अवरुद्ध बनेको छ।

पहिरोमा पुरिएर ५ जनाको मृत्यु

उत्तरी धादिङको खनियाँबास गाउँपालिका– ५ साइश्वाँरामा पहिरोले पुरिएर एकै परिवारका तीन जनासहित ५ जनाको मृत्यु भएको छ।

पहिरोमा पुरिएर एकै परिवारका ३ जनाको मृत्यु

उत्तरी धादिङको खनियाबास गाउँपालिका वडा नं ५ साईश्वाँरामा पहिरोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ।

जोखिम नमानिएका क्षेत्रमा पहिरो खस्दा समस्या

नारायणगढ–मुग्लिन सडक विस्तार गर्ने काम तीन वर्षदेखि चलिरहेको छ । पहाड फोरेर गरिएको सडक विस्तार अन्तिम चरणमा पुगे पनि वर्षात्को यो समयमा दैनिकजसो खस्ने पहिराका कारण बारम्बार सडक बन्द हुने गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्