५ आश्विन २०८१ शनिबार
image/svg+xml

झण्डै ६ अर्ब बराबरको साधारण शेयर बिक्री हुँदै

कोरोनाका कारण मुलुकको समग्र आर्थिक क्षेत्र नै प्रभावित भइरहेका बेला प्राथमिक शेयर निष्कासन गरेका दुई कम्पनीका शेयरमा लगानीकर्ताको उल्लेख्य आकर्षण देखिएपछि थप १९ कम्पनीले साधारण शेयर बिक्री गर्ने भएका छन्।

दोहोरो अंकले बढ्यो नेप्से

धितोपत्र बजारमा शेयर कारोबार माापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार माापक नेप्से परिसूचक आज ३३.२७ बिन्दुले बढेर एक हजार २९८.७३ मा पुगेको छ।

नागरिक लगानी कोष र चन्द्रागिरी हिल्सवीच सेयर निस्कासन सम्झौता

नागरिक लगानी कोष र चन्द्रागिरी हिल्सविच स्थानिय बासिन्दा र सर्वसाधारणमा शेयर निस्कासन प्रत्याभुति नियुक्ती गर्ने सम्बन्धी सम्झौता भएको छ।

अमेरिकी शेयर बजारमा भुइँचालो, डाउजोन्स नौ सय अंकले घट्यो

अमेरिकी शेयर बजार वाल स्ट्रिट सातामा जसरी सुरुवात भएको थियो अन्त्य पनि त्यस्तै भयो, अर्थात् शेयर बजारमा कोरोना भाइरस (कोभिड–१९)को असर पूरै देखियो।

लिवर्टी इनर्जीले साधारण शेयर बिक्री गर्ने

लिवर्टी इनर्जीले आयोजना प्रभावितलाई पहिलो चरणमा १५ करोड रूपैँया बराबरको १५ लाख कित्ता साधारण शेयर (आइपिओ) बिक्री गर्ने भएको छ।

साताको शेयर बजारः आठ अर्ब ६९ करोडको कारोवार

लगातार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोवार नेप्से परिसूचकले नयाँ इतिहास कायम गरेको छ। साताभर बजारले उकालो यात्रा अर्थात् ‘बुलिस टे«न्ड’ पछ्यायो।

साताको शेयरबजारः साढे छ अर्बमाथि कारोवार

धितोपत्र बजारमा यस साता शेयर कारोवार मापक नेप्से परिसूचकले ‘बुलिस ट्रेण्ड’ पछ्यायो। लगातार उकालो लागेको बजार पुनः एक हजार ३०० को विन्दुमा पुग्यो। नेपाल स्टक एक्स्चेन्जका अनुसार साताभर कूल १८० कम्पनीका कूल एक करोड ६२ लाख ८९ हजारु २४९ कित्ता शेयर रु छ खर्ब ५४ अर्ब २७ लाख ८६ हजार ४६४ मा खरीदबिक्री भए।

विद्यालयलाई दुई लाखको विद्युत शेयर हस्तान्तरण

कास्कीको पोखरा उपमहानगरपालिका–२ का सुकल्याण पराजुलीले दैलेखका दुई वटा विद्यालयलाई दुई लाख रुपैयाँको विद्युत शेयर निःशुल्क हस्तान्तरण गरेका छन्। चार वर्षअघि पुख्र्यौली थलो दैलेखको डुंगेश्वर गाउँपालिकाको डाँडापराजुल पुगेका पराजुलीले त्यसयता स्थानीय विद्यालयलाई नियमित सहयोग गर्दै आएका छन्। यो वर्ष पराजुलीले स्थानीय पराजुल खोलामा निर्माण हुँदै गरेको २.१ मेगावाट क्षमताको रारा जलविद्युत आयोजनामा रहेको दुई हजार कित्ता शेयर स्थानीय सीता जनसहयोग मावि अवलपराजुल र पिपलचौतारी मावि डाँडापराजुललाई हस्तान्तरण गरेका हुन्।

यस कारणले बढ्यो शेयर बजार

बैंकिङ प्रणालीमा तरलता सहज हुँदै गएपछि शेयर बाजरमा कारोबार रकमसँगै नेप्से परिसूचक पनि बढेको छ। नेपाल राष्ट्र बैंकले घरजग्गा तथा हायर पर्चेज कर्जामा कडाई गरेको र बैंकमा तरलता बढ्दै जाँदा ब्याजदर घट्न गएकाले शेयर बजारका लगानीकर्ताको मनोबल बढेको छ। त्यसैको सकारात्मक प्रभाव परिसूचक नेप्सेमा परेको विश्लेषकहरु बताउँछन्।

नेप्सेमा गिरावट

आइतबार पनि ओरालो लागेको नेप्सेले आफ्नै लय पछ्याउँदै सोमबार पनि नेप्से ओरालो लागेको हो। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ०.२४ विन्दुले घटेर एक हजार १३१.१२ विन्दुमा पुगेको छ।

झिनो अङ्कले बढ्यो नेप्से

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने सामान्य अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.४० विन्दुले बढेर एक हजार १३४.७९ विन्दुमा पुगेको छ। यस्तै सेन्सेटिभ परिसूचक ०.५० विन्दुले बढेर २४८.४९ विन्दुमा पुगेको छ।

सगुन लाइटको कनेक्ट, शेयर र अर्न उद्देश्यसहितकाे 'स्मार्ट कोइन्स' सार्वजनिक

सगुन लाइटले कनेक्ट, शेयर र अर्न लक्ष्य बोकेको स्मार्ट कोइन्स सार्वजनिक गरेको छ। आज एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्ना प्रयोगकर्ताले सामान खरिद गर्न, उपहार दिन र कमाउन सकिने व्यवस्थासहितको उक्त स्मार्ट कोइन्स सार्वजनिक गरेको हो।

उद्यमशीलताको विकासका लागि सहकारीको डेरी

शेयर सदस्यमा उद्यमशीलताको विकास गर्दै आयआर्जनतर्फ उन्मुख गराउने लक्ष्यका साथ पोखरा महानगरपालिका–३२ स्थित इन्द्रबराह कृषि सहकारी संस्थाले दूध डेरी सञ्चालनमा ल्याएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्