५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

विद्यालयलाई दुई लाखको विद्युत शेयर हस्तान्तरण

दैलेख- कास्कीको पोखरा उपमहानगरपालिका–२ का सुकल्याण पराजुलीले दैलेखका दुई वटा विद्यालयलाई दुई लाख रुपैयाँको विद्युत शेयर निःशुल्क हस्तान्तरण गरेका छन्। चार वर्षअघि पुख्र्यौली थलो दैलेखको डुंगेश्वर गाउँपालिकाको डाँडापराजुल पुगेका पराजुलीले त्यसयता स्थानीय विद्यालयलाई नियमित सहयोग गर्दै आएका छन्। यो वर्ष पराजुलीले स्थानीय पराजुल खोलामा निर्माण हुँदै गरेको २.१ मेगावाट क्षमताको रारा जलविद्युत आयोजनामा रहेको दुई हजार कित्ता शेयर स्थानीय सीता जनसहयोग मावि अवलपराजुल र पिपलचौतारी मावि डाँडापराजुललाई हस्तान्तरण गरेका हुन्।

‘विद्यालयलाई आर्थिक रुपमा सम्पन्न बनाउनका लागि पराजुल खोलामा निर्माण सम्पन्न हुन लागेको रारा जलविद्युत आयोजनामा मेरो नाममा रहेको दुई लाखको शेयर दुई वटा विद्यालयलाई हस्तान्तरण गरेको हुँ,’ पराजुलीले भने, ‘पुर्खाको थलोमा रहेका विद्यालयहरुलाई सहयोग गर्न पाउँदा खुसी लागेको छ।’ उनले शेयरवापत प्राप्त हुने आम्दानीबाट गरिब तथा जेहेन्दार छात्रछात्राका लागि छात्रवृत्तिका साथै विद्यालयको भौतिक संरचना निर्माणमा खर्चित आग्रह गरे। ‘यहाँका दुबै विद्यालयहरु आर्थिक संकटमा छन्, विद्युतको शेयरवापत प्राप्त हुने रकमले विद्यार्थीलाई छात्रवृत्ति वितरण र केही मात्रामा भए पनि भौतिक संरचना निर्माणमा सहयोग पुग्ने अपेक्षा मैले लिएको छु,’ उनले भने, ‘यहाँ नजन्मे पनि पुर्खाको उद्गम्स्थल भएकाले आगामी दिनहरुमा पनि सक्दो सहयोग गर्नेछु।’

चार वर्षअघि पुख्र्यौली थलो खोज्दै दैलेख पुगेका पराजुलीले डाँडापराजुलको पिपल चौतारा माविमा पहिलो वर्ष एक लाखको अक्षयकोष स्थापना गरेका थिए। पछिल्ला दुई वर्ष उनले ५०/५० हजार रुपैयाँ थपेर छात्रवृत्ति कोषलाई दुई लाख पु¥याएका छन्। ‘पुष्प–शान्ति–गोमादेवी पराजुली छात्रवृत्ति’ कोषमार्फत हरेक वर्ष एसईई र प्लस टुमा सर्वोत्कृष्ट नम्वर ल्याउने चार जना छात्रछात्रलाई पुरस्कृत गर्ने गरिएको छ।

यस्तै पिपल चौतारा माविमा अध्ययनरत पाँच सय बढी विद्यार्थीहरुलाई पोशाक पनि उपलब्ध गराएका छन्। पराजुलीले यो वर्ष विद्यार्थीका अभिभावकलाई कोट वितरण गरेका छन्। विद्यालयमा अध्ययनरत गरिव विद्यार्थीका २५ जना विद्यार्थीलाई उनले कोट वितरण गरेका हुन्।

अक्षयकोषलाई हरेक वर्ष वृद्धि गर्दै जाने लक्ष्य विद्यालयले राखेको छ। ‘अबदेखि हरेक वर्ष विद्यालयका शिक्षकले ५० रुपैयाँ र अभिभावकले २५ रुपैयाँ जम्मा गर्ने निर्णय गरेका छौं,’ विद्यालयका प्रधानाध्यापक नन्द केसीले भने, ‘अक्षयकोषका लागि समाजसेवी नरसिंह मल्लले पनि हरेक वर्ष पाँच हजार रुपैयाँ दिने घोषणा गर्नुभएको छ।’

प्रकाशित: ११ माघ २०७६ १३:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App