१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

शेयर बजारमा सर्किट ब्रेक, कारोबार स्थागित

शेयर बजारमा परिसूचक नेप्से ६ प्रतिशतले बढ्दा आइतबारका लागि कारोबार स्थगित भएको छ । बजार खुलेको एक घण्टा आठ मिनेटमा परिसूचक नेप्से ६ दशमलव शुन्य चार प्रतिशत अर्थात ८४ दशमलव २६ अंकले बढ्दा तेस्रोपटक सर्किट लागेर कारोबार स्थगित भएको हो ।  

बजार खुलेको छ मिनेटमा ४ प्रतिशतले नेप्समा वृद्धि हुँदा पहिलो सर्किट ब्रेक लागेको थियो । त्यसपछि ११ बजेर २७ मिनेटमा खुलेको बजार ३७ सेकेन्ड कारोबार हुँदा ५ प्रतिशतले बढेर दोस्रो सर्किट ब्रेक लाग्दा ४० मिनेटका लागि कारोबार स्थागित भएको थियो । तेस्रो पटक कारोबार खुल्लेको केही सेकेन्ड मै पुनः ६ दशमलव शुन्य चार प्रतिशतको वृद्धि हुँदा शेयर कारोबार आइतबारका लागि स्थगित भएको हो ।

नेप्से परिसूचक १ हजार ४ सय ७९ दशमलव शुन्य ३ अंकमा बन्द भएको छ । सेन्सेटिभ परिसूचक पनि ५ दशमलव ८९ प्रतिशत अर्थात १७ दशमलव ३९ प्रतिशतले बढेर ३ सय १२ दशमलव ४४ अंकमा बन्द भएको छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७७/०७८ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिले शेयर बजारलाई फाइदा हुने गरी व्यवस्था गरेपछि आइतबार लगानीकर्ता उत्साहित भएका हुन् । जसको असर नेप्से सूचकमा परेको छ । बजार खुल्ने वित्तीकै बैंकिङ समूहको शेयरमा लगानीकर्ता भुम्मिएका थिए । त्यसैले बैंकिङ समूह ७ दशमलव ४४ प्रतिशतले बढेको छ । जीवन बीमा समूह पनि ६ दशमलव ६८ प्रतिशतले बढेको छ ।  

आइतबार १ सय ११ कम्पनीको ६ करोड २५ लाख ६६ हजार रुपैयाँ बराबरको १ लाख ८० हजार ५ सय ९६ कित्ता शेयर खरिद बिक्री भएको छ । आइतबार नेपाल पुर्नबीमा कम्पनीको सबैभन्दा धेरै २ करोड ४१ लख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । गुराँस लघुवित्त वित्तीय संस्था, एनआइसी एसिया, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक लगायत एक दर्जन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 

प्रकाशित: ४ श्रावण २०७७ ०७:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App