५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

झण्डै ६ अर्ब बराबरको साधारण शेयर बिक्री हुँदै

कोरोनाका कारण मुलुकको समग्र आर्थिक क्षेत्र नै प्रभावित भइरहेका बेला प्राथमिक शेयर निष्कासन गरेका दुई कम्पनीका शेयरमा लगानीकर्ताको उल्लेख्य आकर्षण देखिएपछि थप १९ कम्पनीले साधारण शेयर बिक्री गर्ने भएका छन्।  

नेपाल धितोपत्र बोर्डका अनुसार कूल पाँच अर्ब ८४ करोड ९१ लाख ४१ हजार २२० रुपैयाँ बराबरको साधारण शेयर बिक्री गर्ने तयारी गरिएको छ। सोअनुसार पाँच करोड ८४ लाख नौ हजार ८७१ कित्ता शेयर बिक्री गर्न लागिएको हो। 

त्यसमा १० जलविद्युत् कम्पनीले साधारण शेयर बिक्रीका लागि बोर्डसमक्ष अनुमति मागेका छन्। यस्तै चार बीमा कम्पनी, अन्य समूहका तीन कम्पनी, मर्चेन्ट बैंक र लघुवित्तका एक/एक कम्पनी रहेका छन्। 

प्रकाशित: २७ असार २०७७ ०९:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App