६ आश्विन २०८१ आइतबार
image/svg+xml

अरुण तेस्रो आयोजनाको विद्युत गृहस्थल र प्रवेशमार्ग ६ दिनदेखि बन्द

अरुण तेस्रो प्रवेशमार्गको छ्याङ्कुटी–दिदिड पुखुवा सडकखण्डको मुआब्जा वितरणमा ढिलाइ भएको बताइएको छ।

तिप्ल्याङ जलविद्युत् आयोजनाको विद्युत् खरिद-बिक्री सम्झौता सम्पन्न

आइएमई समूहद्वारा प्रवर्धित तिप्ल्याङ कालीगण्डकी जलविद्युत् आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता सम्पन्न भएको छ।

थप १८० मेगावाट बिजुली किन्न भारत इच्छुक

प्राधिकरणका अनुसार भारतले पछिल्लो समय सोलु दूधकोसी, दोर्दीखोला, अपर चमेलिया र अपर कालङ्गाढ आयोजनाको विद्युत् निर्यातको मन्जुरी दिएको हो।

विद्युत्को २० अर्ब बक्यौता तिर्न ताकेता

नेपाल विद्युत् प्राधिकरणले ट्रंक लाइन र डेडिकेटेड फिडरबाट विद्युत् उपभोग गरेर बक्यौता तिर्न आलटाल गर्दै आइरहेका उद्योगी व्यवसायीलाई १५ दिनभित्रै जरिमानासहितको २० अर्ब बक्यौता रकम भुक्तानी गर्न ताकेता गरेको छ।

उदयपुरमा ४१ करोड विद्युत् महसुल उठ्नै बाँकी

राष्ट्रिय सम्पत्तिको सुरक्षा गर्ने नीति अनुरूप उद्योगहरूलाई डेडिकेटेड फिडरको सुविधा उपलब्ध गराइएकोमा अहिलेसम्म सुविधाबापत दिएको महसुल सरकारले मिलान नगर्दा महसुल हर्जना र व्याज दोब्बर तेब्बर थपिदै गएको छ।

पारित होला त विद्युत् विधेयक?

३१ वर्षसम्म नेपालको जलविद्युत् तथा ऊर्जाक्षेत्रमा धेरै परिवर्तन भए पनि विद्युत् ऐन भने समय सान्दर्भिक तवरले संशोधन तथा परिमार्जन हुन सकेको छैन।

नौ वर्षमा थपियो तीन हजार एक सय सर्किट किलोमिटर प्रसारण लाइन

बिजुलीको सहज प्रसारण तथा वितरणका लागि सरकारले प्रमुख प्राथमिकताका साथ प्रसारण लाइन निर्माण अगाडि बढाएको छ।

४ जलविद्युत् परियोजनाहरूमा ३६ अर्ब ३७ करोडको लगानी स्वीकृत

लगानी बोर्डले चार जलविद्युत् परियोजनाहरूमा ३६ अर्ब ३७ करोडको लगानी स्वीकृत गरेको छ। आज बसेको लगानी बोर्डको ५५ औं बैठकले रोल्वालिङ खोला, छुजुङ्ग खोला, दाना खोला र सानीभेरी जलविद्युत् परियोजनाका लागि कुल ३६ अर्ब ३७ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको हो।

सिटिजन्स क्यापिटल र ठूलो खोला हाइड्रोपावरबीच सम्झौता

सिटिजन्स क्यापिटल र ठूलो खोला हाइड्रोपावर कम्पनीबीच साधारण सेयर निष्कासन सम्बन्धी सम्झौता भएको छ।

बिजुलीले दिएको दुर्लभ खुसी

नेपाल विद्युत् प्राधिकरणले नियमितरूपमा निकाल्ने लोडसेडिङ (विद्युत् नआउने समय) तालिका सञ्चार माध्यममार्फत सार्वजनिक गर्थ्याे। जसमा २४ घण्टामा विद्युत् आउनेभन्दा नआउने समय बढी हुन्थ्यो।

विद्युत् उत्पादन र खपतमा छलाङ

आव २०७९-०८० को अन्त्यसम्म राष्ट्रिय ग्रिडमा विभिन्न जलविद्युत् तथा सौर्य आयोजनाबाट २६ सय ८४ मेगावाट बिजुली जोडिएको छ। प्रसारण लाइन र वितरण लाइनमा आएको गडबडीका कारणबाहेक अहिले लोडसेडिङ हुँदैन।

भोलि काठमाडौंका ५२ ठाउँमा ५ घन्टा विद्युत अवरुद्ध हुने (सूचनासहित)

भोलि (शनिबार) काठमाडौंका विभिन्न ५२ स्थानमा करिब ५ घन्टा विद्युत अवरुद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले आज एक सूचना जारी गर्दै विद्युत अवरुद्ध हुनेबारे जानकारी गराएको हो।

विद्युतीय सवारी साधनको प्रयोग प्रोत्साहन र प्रवर्द्धन गर्न र्‍याली

नेपाल विद्युत् प्राधिकरणले देशभित्र उत्पादित स्वच्छ हरित ऊर्जाको यही खपत बढाउनका लागि विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन र प्रवर्द्धन गर्न र्‍याली आयोजना गरेको छ।

घिसिङविरुद्धको मुद्दा एक वर्षदेखि ‘हेर्न नमिल्ने’ मा

सर्वोच्च अदालतमा कतिपय महत्वपूर्ण मुद्दा पेसी चढे पनि निरन्तर ‘हेर्न नभ्याइने’मा पर्ने गरेका छन्।

१९ अर्बको बिजुली आयात,१० अर्बको निर्यात

नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्ष २०७९/८० मा करिब साढे १९ अर्ब रूपैयाँको विद्युत् आयात गरेको छ भने साढे १० अर्ब रूपैयाँको निर्यात गरेको छ। प्राधिकरणले बिक्री गरेभन्दा करिब साढे ९ अर्ब रूपैयाँको बिजुली बढी आयात भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्