२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

थप १८० मेगावाट बिजुली किन्न भारत इच्छुक

नेपालबाट थप १८० मेगावाट बिजुली भारतमा निर्यात गर्ने बाटो खुलेको छ। नेपाल विद्युत् प्राधिकरणले पाँच सय मेगावाटभन्दा धेरै बिजुली निर्यात गर्ने प्रस्ताव गरे पनि भारतले तत्कालको लागि १८० मेगावाट मात्र बिजुली खरिद गर्ने स्वीकृति दिएको हो।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतको ऊर्जा मन्त्रालयले थप १८० मेगावाट बिजुली खरिद गर्ने स्वीकृति दिएको बताए। ‘हामीले ५ सय मेगावाटभन्दा धेरै निर्यात गर्नका लागि प्रस्ताव पठाएका थियौं तर अहिले १८० मेगावाट थप निर्यात गर्ने स्वीकृति पाएका छौं,’ उनले भने, आवश्यक प्रक्रिया पूरा गरेर निर्यात सुरु गर्नेछौं।’

नेपालबाट थप १८० मेगावाट बिजुली भारतमा निर्यात गर्ने बाटो खुलेको छ। नेपाल विद्युत् प्राधिकरणले पाँच सय मेगावाटभन्दा धेरै बिजुली निर्यात गर्ने प्रस्ताव गरे पनि भारतले तत्कालको लागि १८० मेगावाट मात्र बिजुली खरिद गर्ने स्वीकृति दिएको हो।

प्राधिकरणका अनुसार भारतले पछिल्लो समय सोलु दूधकोसी, दोर्दीखोला, अपर चमेलिया र अपर कालङ्गाढ आयोजनाको विद्युत् निर्यात गर्ने मन्जुरी दिएको हो। अहिलेसम्म प्राधिकरणले ६३२ मेगावाट क्षमताको बिजुली निर्यात गर्ने अनुमति पाएको छ।

प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले भारतको ऊर्जा मन्त्रालयले ११० मेगावाट क्षमताको बिजुली द्विपक्षीय सम्झौताको आधारमा निर्यात गर्ने अनुमति पाएको बताए।

‘भारतले ११० मेगावाट बिजुली द्विपक्षीय सम्झौताको आधारमा निर्यात गर्न अनुमति दिएको छ,’ उनले भने, ‘अर्काे ७० मेगावाट क्षमताको बिजुली भने भारतीय ऊर्जा एक्सचेन्ज (आइआइएक्स) मार्फत निर्यात गर्ने अनुमति पाएका हौं।’

भट्टराईले भारतले ७० मेगावाट बिजुली भने महेन्द्रनगर–टनकपुर १३२ केभी क्षमताको प्रसारण लाइनमार्फत भारत निर्यात गर्ने अनुमति पाएको बताए। प्राधिकरणले २०७८ कात्तिक १५ गतेदेखि भारतीय ऊर्जा बजारमा बिजुली निर्यात गर्न थालेको हो। त्यो बेला प्राधिकरणले देवीघाट जलविद्युत् आयोजनाबाट उत्पादन भएको १५ मेगावाट र त्रिशुली जलविद्युत् आयोजनाबाट उत्पादित २४ मेगावाट बिजुली निर्यातको अनुमति पाएको थियो। २०७८ चैत २३ गते प्राधिकरणले भारतलाई थप ३ सय २५ मेगावाट बिजुली बिक्री गर्ने अनुमाति पाएको थियो।

प्राधिकरणले त्यो समयमा कालीगण्डकी जलविद्युत् आयोजनाको १४४ मेगावाट, मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाको ७० मेगावाट, मस्र्याङ्दी जलविद्युत् आयोजनाको ६९ मेगावाट र लिखु जलविद्युत् आयोजनाको ५२ मेगावाट बिजुली भारतमा निर्यात गर्दै आइरहेको थियो। प्राधिकरणका अनुसार ०७९ जेठमा थप ६ वटा आयोजनाको ३६४ मेगावाट बिजुली भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्रीको अनुमति पाएको थियो। भारतको केन्द्रीय विद्युत् प्रणालीअन्तर्गत दैनिक विद्युत् बजार (डे अहेड मार्केट) मा नेपालले विद्युत् बिक्री गर्दै आइरहेको छ।

प्राधिकरणका तर्फबाट एक्सचेन्ज बजारको सम्पूर्ण कारोबार नेपालसँगको विद्युत् व्यापारका लागि तोकिएको सम्पर्क निकाय एनटिपिसी विद्युत् व्यापार निगम (एनभिभिएन) ले गर्नेछ। एनभिभिएनले हरेक दिनको कारोबारसम्बन्धी विवरण प्रत्येक दिन साँझ ६ बजे प्राधिकरणलाई पठाउनेछ।

प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले भारतको ऊर्जा मन्त्रालयले ११० मेगावाट क्षमताको बिजुली द्विपक्षीय सम्झौताको आधारमा निर्यात गर्ने अनुमति पाएको बताए।

प्राधिकरणले आव २०७९/८० को सुक्खायाममा नेपालका खोलानालामा पानी घट्दा प्राधिकरणले भारतबाट एक अर्ब ८३ कराड युनिट अर्थात् १९ अर्ब ४४ करोड रूपैयाँ बराबरको बिजुली आयात गरेको थियो। प्राधिकरणले अघिल्लो आव (२०७८/०७९) मा भन्दा गत आवमा १८.७९ प्रतिशत धेरै बिजुली भारतबाट आयात गरेको छ।

प्राधिकरणले आव २०७९/८० मा एक अर्ब ३४ करोड युनिट बिजुली निर्यात गरी १० अर्ब ४५ करोड रूपैयाँ आम्दानी गर्‍यो। प्राधिकरणले आव २०७८/७९ मा भने ४९ करोड ३० लाख युनिट बिजुली बिजुली निर्यात गरेको थियो। गत आवमा प्राधिकरणले झण्डै तीन अर्ब रूपैयाँ बराबरको बिजुली निर्यात गरेको थियो।

प्रकाशित: २० भाद्र २०८० ०२:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App