२० आश्विन २०८१ आइतबार
image/svg+xml

सुरक्षा टोलीद्वारा सम्भावित कटान क्षेत्रको स्थलगत निरीक्षण

पहाड तिर निरन्तर वर्षा भएर बागमती नदीमा जलस्तर बढेको र बाढी आउने सम्भावता रहेको अवस्थामा रौतहटको सुरक्षा निकायको संयुक्त टोलीले बागमती नदी किनारको स्थलगत निरीक्षण गरेको छ।

गौरको प्रमुख प्रशासकीय अधिकृतमा साह हाजिर

रौतहटको गौर नगरपालिकाको नगर प्रमुखमा सिकिन्द्रप्रसाद साह हाजिर भएका छन्। रौतहट जिल्लाको सदरमुकामको रुपमा रहेको गौर नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा सुबास ठाकुरले कार्यभार सम्हाल्दै आएकोमा सोमबार सिकिन्द्रकुमार साह हाजिर भएका हुन्।

स्वास्थ्य चौकी भवन निर्माणका लागि लाखौँको जमिन निःशुल्क दान

रौतहटको माधव नारायण नगरपालिकामा एक जनाले वडामा स्वास्थ्य चौकी भवन निर्माणका लागि निःशुल्क जमिन उपलब्ध गराएका छन्।

वृन्दावन नगरपालिकाको कार्यपालिकामा राजेश पासवान निर्वाचित

रौतहट वृन्दावन नगरपालिकाको कार्यपालिका सदस्यमा राजेश पासवान निर्वाचित भएका छन्।

गौरमा पुल चोरीको प्रयास

रौतहटको सदरमुकामा गौरको बरहवा तालस्थित एक पुल नै चोरीको अभ्यास भएको छ। आइतबार राति झोलुंगे पुलको एउटा पट्टा नै चोरी भएको छ।

दुई दिनदेखि हराएका ३ वर्षीय बालकको शव फेला

रौतहटको गढीमाई नगरपालिका ३ लक्ष्मीपुर टोलमा एक बालकको शव भेटिएको छ। गत शुक्रबारदेखि हराइरहेका बालकको खोजीको क्रममा बालकको शव कुहिएको अवस्थामा भेटिएको हो।

रौतहटको गरुडामा एमालेलाई कठिन जित

रौतहटको गरुडा नगरपालिकामा मिश्रित परिणामसहित नेकपा एमाले विजयी भएको छ। नेकपा एमालेका कन्थमनिप्रसाद कलवार गरुडा नगरपालिकाको मेयर बनेका छन्।

प्रदेश सांसदलाई दोश्रो पटक हराउँदै गढिमाइमा कांग्रेस विजयी

रौतहटको गढिमाइ नगरपालिकाको नगर प्रमुख बन्न पटक पटक अनेक तिकडम गरेपनि प्रदेश सांसद शेष अब्दुल कलाम अजाद अन्ततः असफल भएका छन्। आजादको नगर प्रमुख बन्ने दोश्रो प्रयासलाई पनि नेपाली कांग्रेसका स्यामप्रसाद यादवले असफल बनाएका हुन्।

रौतहटका दुई पालिकामा महिला बने नगर प्रमुख

रौतहटका दुई पालिकामा महिला नगर प्रमुख बनेका छन्। २०७४ को निर्वाचनमा एक जना मात्र महिला प्रमुख रहेकामा २०७९ को पालिका निर्वाचनमा दुई जना नगर प्रमुखमा जित हासिल गरेका छन्।

वैदिक मन्त्रोच्चारणसहित गौरका नगर प्रमुखद्वारा पदभार ग्रहण

रौतहट सदरमुकाम गौरका नवनिर्वाचित नगर प्रमुख शम्भु साहले सपथ ग्रहण गरेका छन्।

राजदेवी ८ को वडाध्यक्षमा एकीकृत समाजवादी विजयी

रौतहटको राजदेवी नगरपालिकामा नेकपा एकीकृत समाजवादीको विजय जारी छ। यसै क्रममा वडा नम्बर ८ मा पनि नेकपा एसको सम्पूर्ण प्यानल नै विजयी भएको छ।

माधव नेपालको गृह वडामा एकीकृत समाजवादी विजयी

रौतहट सदरमुकाम गौरको मतगणना सुस्त गतिमा चलिरहँदा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले अग्रता कायम राखेको छ।

रौतहटमा रद्द गरिएका २४ मतदान केन्द्रकाे पुनः निर्वाचन जेठ ३ गते

विवादका कारण रौतहटको विभिन्न पालिकामा शुक्रबार रद्द हुन पुगेको निर्वाचन जेठ ३ गते मंगलबार हुने भएको जानकारी प्राप्त भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्