१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

गौरको प्रमुख प्रशासकीय अधिकृतमा साह हाजिर

रौतहटको गौर नगरपालिकाको नगर प्रमुखमा सिकिन्द्रप्रसाद साह हाजिर भएका छन्। रौतहट जिल्लाको सदरमुकामको रुपमा रहेको गौर नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा सुबास ठाकुरले कार्यभार सम्हाल्दै आएकोमा सोमबार सिकिन्द्रकुमार साह हाजिर भएका हुन्।

प्रमुख प्रशासकीय अधिकृत साहलाई नगर प्रमुख शम्भु साह र उपप्रमुख शैलकुमारी साहले स्वागत गरेका छन्। नगरपालिकालाई जिल्लाको नमुना नगरपालिका बनाउने काममा आफूले नवनिर्वाचित जनप्रतिनिधिलाई नियम र कानुनले दिएसम्म अधिकतम सहयोग गर्ने प्रतिबद्धता अधिकृत साहले गरेका छन्। यसअघि विभिन्न पालिका तथा कार्यालयको कार्यालय प्रमुखको रुपमा साहले कार्यभार सम्हालि सकेका छन्।

प्रकाशित: ६ असार २०७९ १३:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App