१६ वैशाख २०८१ आइतबार
image/svg+xml

विदेशमा सम्पत्ति राख्न नपाउने व्यवस्था गर्न जरुरी: सांसद सुवाल

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालीको सम्पत्तिको सीमाङ्कन गर्ने र विदेशमा सम्पत्ति राख्न नपाउने व्यवस्था गर्न जरुरी रहेको बताएका छन्।

सांसद सुवालको प्रश्नः डेंगुले जनताको मृत्यु भइरहेको छ, अस्पतालमा शैया छैन्, स्वास्थ्य मन्त्रीज्यू के छ त देशको स्थिति?

'स्वास्थ्य मन्त्रालय नभएको जस्तो भयो। स्वास्थ्य मन्त्रालयका लागि त बजेट धेरै छुट्टयाइएकै हो। तर स्वास्थ्य मन्त्रालयको प्रभावकारिता देखिएन, मन्त्रीज्यूको नेतृत्व देखिएन। यसबारे सदनमा मन्त्रीज्यूलाई तत्काल बोल्ने व्यवस्थाका लागि म सभामुख महोदयसँग आग्रह गर्न चाहन्छु।'

'मिडिया चौथो अंग हुँदै होइन, यसलाई स्वतन्त्र र स्वायत्त बनाउनुपर्छ'

‘चौथो अंग भन्ने बित्तिकै यो राज्यको अंग हुन्छ। बरु मिडिया संविधानको अंग हुन सक्छ’, उनले भने, ‘राज्यका अंगहरु सरकार, न्यायलय, संवैधानिक सबै अंग अख्तियार जस्ता शक्तिसाली निकायविरुद्धमा लेख्नुपर्ने निकाय कसरी चौथो अंग हुनसक्छ? पत्रकारितामा लागेका मान्छे उच्च जोखिममा हुन्छन नी!’

विधेयक पीडितलाई न्याय दिने गरी आएको होइन: प्रेम सुवाल

मंगलबारको प्रतिनिधि सभा बैठकमा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि विरोधको सूचना प्रस्तुत गर्दै सांसद सुवालले विधेयक पीडितलाई न्याय दिने गरी नआएको बताएका हुन्।

नेपाली नागरिकसँग विवाह गर्ने विदेशीलाई कृत्रिम नागरिकता दिनुपर्छः सांसद सुवाल

कृत्रिम नागरिकता लिनको लागि पनि नेपालको संस्कृति बारेमा लिखित परीक्षा उत्तिर्ण हुनुपर्ने व्यवस्था गर्नुपर्ने उनले बताए। उनले नेपालको नागरिकता सम्बन्धी समस्या समाधान गर्न खुला सीमालाई बन्द गर्नुपर्ने बताए। सांसद सुवालले नेपालको भूराजनीतिक अवस्था अनुसार नेपालीले विदेशीसँग विवाह गर्नु नहुने बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्