२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

आदिकवि भानुभक्त सामाजिक र सांस्कृतिक जागरणका सशक्त धरोहर: प्रम देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले आदिकवि भानुभक्त आचार्य सामाजिक र सांस्कृतिक जागरणका सशक्त धरोहर भएको बताएका छन् ।

उपेन्द्रले अहंकार गरे, उनमा पदको लोभ देखियोः बाबुराम भट्टराई

‘श्रीलंकामा राजापक्ष परिवारमा जे गरेपनि हुन्छ भन्ने अहंकार आएपछि देश कस्तो भयो, उनीहरुले जति भ्रष्टाचार गरे, आसोपासेलाई पदमा राखेर आएको परिणाम नेपालमा त भएको छैन? यहाँ प्रत्येक पार्टीभित्र त्यही किसिमको आसेपासो भएको छ। राज्यसत्तामा गएकोले राज्य सत्ताको दुरुपयोग गरेको छ। सत्तामा जाने भनेकै लुटेर धन कमाउने भएको छ। धन प्रयोग गरेर चुनाव जित्ने र फेरि राज्य सत्तामा पुगेर राज्यसत्ताको दुरुपयोग गर्ने यो दुःष्चत्रमा नेपाल फसेको छ। नेपाल पनि त्यही गम्भीर संकटमा छ।’

निष्प्राण र हानिकारक सरकार हामी बोक्न सक्दैनौंः ओली

‘यसैलाई बोकिरहन चाँही अब उपयुक्त हुँदैन। यही सरकार बोकेर हिँडनु, एउटा हदसम्म बोक्नु पर्छ। तर निष्प्राण भयो। त्यो हानिकारक छैन भने पनि बोक्नु हुँदैन। हानिकारक छ भने झन बोक्नु हुँदैन। यसले हैजा फैलाउँछ। गठबन्धन देशका लागि यो मृत भइसक्यो।'

कृष्णप्रसाद भट्टराई सफल एवं कुशल राजनीतिज्ञ हुन्ः मन्त्री चौधरी

स्व भट्टराईको सालिकको शिलान्यास गर्दै चौधरीले भट्टराई सादा जीवन उच्च विचारका धनी एवं दुरदर्शी नेता रहेको बताएका हुन्। भट्टराईको सालिक शिलान्यास कार्यक्रममा मन्त्री चौधरीले स्व. भट्टराइले मेलम्चीको पानी काठमाडौँ लैजाने परिकल्पना गरेको स्मरण गर्दै सो पहल गरेकाले उनको सालिक यहाँ निर्माण गर्न लागिएको बताए।

त्रियुगामा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत पाँच दर्जन योजना

चालु आर्थिक वर्ष सदरमुकाम त्रियुगा नगरपालिकामा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ मार्फत झण्डै ५ दर्जन योजना सम्पन्न हुँदा साढे ५ सय बढीले न्यूनतम पारिश्रमिकमा रोजगारी पाएका छन्। नगरपालिकाका १६ वडामध्ये १० वटामा विभिन्न ५४ योजना निर्माण सम्पन्न भएको नगरपालिकाले जनाएको छ।

महावीर पुनलाई गण्डकी रत्न सम्मान, अनुसन्धान केन्द्रका लागि १० करोड विनियोजन

‘अनुसन्धानमा बलियो नभएकाले हाम्रो देश हेपिएको हो, युवाहरु रोजगारी खोज्दै विदेश धाउँदा यहाँको अर्थतन्त्र अस्तव्यस्त भएको छ, अनुसन्धान र विकासका लागि अब ढिला गर्न हुँदैन।’

राष्ट्र र जनताको हितका लागि नै एकीकृत समाजवादी पार्टी बनेको होः अध्यक्ष नेपाल

'यहीरुपमा हामीले पार्टी निर्माण गर्ने कामलाई अगाडि बढाइरहेका छौँ,' नेपालले भने, 'पार्टीलाई यसरी अगाडि बढाउने क्रममा नै हामीले अब आउने निर्वाचनको तयारीमा जुट्नुपर्ने भएको छ।'

तरकारी जोन कार्यक्रमबाट नवलपुरका कृषक लाभान्वित

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत नवलपरासी पूर्वनवलपुरमा सञ्चालित तरकारी जोन कार्यक्रमले यहाँका कृषक लाभान्वित भएका छन्।

रोपाइँ गर्न पालोपर्म

न मालिक भन्ने छुट्टै सान छ, न बस्तीमा गरिब भनेर कसैप्रति हेला। घटीबढी जग्गा हुने र भूमिहीन किसान पनि छन् बस्तीमा तर खेतीका बेला यहाँ सबैका खेतमा काम गर्न बस्तीका ‘घरलौरी’ नै पुग्छन्।

शिन्जो आबेको निधनमा शोक व्यक्त गर्न अमेरिकी विदेशमन्त्री जापान जाँदै

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधनमा समवेदना प्रकट गर्न अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन सोमबार टोकियो जाने भएका छन्।

किसानलाई हेप्नाको परिणाम

किसानमैत्री नीति ल्याउन, आंशिक र पूर्वकिसानलाई हैन, वास्तविक किसानलाई सहयोग गर्न सरकारलाई दबाब दिए मात्र हाम्रो मुलुक खाद्यान्न परनिर्भरताबाट मुक्ति पाउने मार्गमा उन्मुख हुनेछ।

श्रीलंकामा आर्थिक संकट यताकै ठूलो प्रदर्शन, प्रदर्शनकारीले घेरेपछि भवनबाट भागे राष्ट्रपति

प्रदर्शनकारीहरूले राष्ट्रपति भवन घरेपछि राष्ट्रपति राजापाक्षे भागेका छन्। राष्ट्रपति भवनलाई प्रदर्शनकारीहरूले घेरेर प्रवेश गरेसँगै राष्ट्रपति राजापाक्षे घरबाट भागेका खबर बाहिरिएको छ। उनी कहाँ गएका छन् भन्ने खुलेको छैन।

जापानका पूर्वप्रधानमन्त्री आबेको हत्या

एक राजनीतिक कार्यक्रममा भाषण गरिरहेका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको गोली हानी हत्या भएको छ।

सवइन्जिनियर दुबेविरुद्ध ठगी तथा आर्थिक लाभ मुद्दा दर्ता

एक लाख ७० हजार रुपैयाँ घुस लिँदै गर्दा पक्राउ परेका मधेस प्रदेशअन्तर्गत पर्सास्थित शहरी विकास तथा भवन निर्माण कार्यालयका सवइन्जिनियर रुपेश दुबेविरुद्ध जिल्ला प्रहरी कार्यालयले जिल्ला अदालतमा ठगी तथा आर्थिक लाभ मुद्दा दर्ता गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्