६ आश्विन २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

श्रीलंकामा आर्थिक संकट यताकै ठूलो प्रदर्शन, प्रदर्शनकारीले घेरेपछि भवनबाट भागे राष्ट्रपति

तस्बिर एजेन्सी।

देशको आर्थिक संकट समाधान र राष्ट्रपतिको राजीनामा माग गर्दै प्रदर्शनकारीले श्रीलंकामा राष्ट्रपति गोटावाया राजापाक्षेको निवासमा आक्रमण गरेका छन्।

प्रदर्शनकारीहरूले राष्ट्रपति भवन घरेपछि राष्ट्रपति राजापाक्षे भागेका छन्। राष्ट्रपति भवनलाई प्रदर्शनकारीहरूले घेरेर प्रवेश गरेसँगै राष्ट्रपति राजापाक्षे घरबाट भागेका खबर बाहिरिएको छ। उनी कहाँ गएका छन् भन्ने खुलेको छैन।

प्रदर्शनकारीहरूले राष्ट्रपतिको घर प्रवेश गरेको, श्रीलंकाको झन्डा, हेल्मेट बोकेर त्यहाँ प्रवेश गरेको भिडियोहरू पनि बाहिरिएका छन्। प्रदर्शनकारीले प्रहरीको अवरोध हटाउँदै राष्ट्रपति राजापाक्षेको निवास वरपर पुगेर ढुंगा तथा इँटा प्रहार गरेका छन्। प्रहरीले हवाइ फायर पनि गरेपनि आक्रोशित प्रदर्शनकारीहरूलाई रोक्न सकेका छैनन्।

प्रदर्शनकारीहरुले राष्ट्रपतिले पारिवारिक व्यक्तिलाई मात्रै मूख्य पदमा नियुक्ति गरेको र आफ्नो स्वार्थको लागि देशको अर्थतन्त्र ध्वस्त बनाएको आरोप लगाएका छन्। पेट्रोल र डिजलको चरम अभावका बीच पनि देशका विभिन्न ठाउँबाट ट्रक र बस चढेर हजारौँ प्रदर्शनकारी राजधानी कोलम्बो पुगेका छन्।

प्रदर्शनकारीहरूले गत मार्च यता राजापाक्षेको राजीनामा माग गर्दै आएका छन्। श्रीलंकामा आर्थिक संकट आएदेखि उनको राजीनामा माग्न थालिएको हो। आर्थिक संकटका कारण पेट्रोलियम पदार्थ समेत आयात गर्न छाडेको छ। विद्यालयहरू पनि बन्द भएका थिए।

प्रकाशित: २५ असार २०७९ ०९:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App