२० आश्विन २०८१ आइतबार
image/svg+xml

रुख काट्न नदिने प्रदेश मन्त्रीको भनाइप्रति विरोध

बाराको टाँगिया बस्तीमा निर्माण गर्ने भनिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका लागि रुख कटान गर्न नदिने प्रदेश २ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री राम नरेश रायले दिएको अभिव्यक्तिको विरोध सुरु भएको छ।

‘निजगढ विमानस्थलमा सरकारको उदासिनता’

देशकै विकासको लागि महŒवपूर्ण हुने भनिएको निजगढ विमानस्थल निर्माणमा सरकार उदासिन भएको सरोकारवालाले आरोप लगाएका छन्। वीरगन्जमा आइतबार आयोजित कार्यक्रमका सहभागीले यस्तो आरोप लगाएका हुन्। गत वर्षसम्म निकै चर्चामा रहेको यस विमानस्थलबारे संघीय सरकारको ०७६÷७७ को बजेटले ठोस रुपमा केही सम्बोधन नगरेपछि यस्ता आरोप उब्जिएका हुन्।

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढमै बन्छ : नेपाल

पुर्व प्रधानमन्त्री एवम नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढमा नै बन्ने ठोकुवा गरेका छन्। अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सरोकार समितिले आइतबार निजगढमा आयोजना गरेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रतिबद्धता कार्यक्रममा बोल्दै नेता नेपालले हरेक दृष्टिकोणले विमानस्थाल निर्माण गर्नको लागि टागियाबस्ती उपयुक्त रहेकोले यसको निर्माण भएरै छाड्ने बताए।

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढमै बन्छ : नेपाल

नेपाल कम्युनिष्ट पार्टीका नेता माधवकुमार नेपालले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढमा नै बन्ने ठोकुवा गरेका छन्। अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सरोकार समितिले आइतबार निजगढमा आयोजना गरेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रतिवद्धता कार्यक्रममा बोल्दै नेता नेपालले हरेक दृष्टिकोणले विमानस्थल निर्माण गर्नको लागि टागिया बस्ती उपयुक्त रहेकोले यसको निर्माण भएरै छाड्ने प्रतिवद्धता जनाए।

विद्यार्थी बोकेको बससँग ट्रक ठोक्कियो, १० जना घाइते

रौतहटमा विद्यार्थीबाहक बस र उखु बोकेको ट्रक आपसमा जुधेको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। चार जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।

‘प्रचार गरिएजस्तो वन विनाश हुँदैन’

निजगढ विमानस्थल निर्माण गर्दा प्रचार गरिएजस्तो वन विनाश नहुने निष्कर्ष सार्वजनिक भएको छ। राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले स्थलगत अध्ययनपछि सार्वजनिक गरेको प्रतिवेदनअनुसार विमानस्थल बनाउँदा वन विनाश र वातावरण प्रतिकूल नहुने तथा वन्यजन्तु आगमनमा पनि अप्ठ्यारो नपर्ने उल्लेख छ।

संसदीय टोलीको हेलिकोप्टर ‘सर्भे’

संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध उपसमितिको टोलीले सोमबार हेलिकोप्टरमार्फत निर्माणाधीन निजगढ विमानस्थलको ‘एरियल सर्भे’ गरेको छ।

विमानस्थलको काम सुरु नभई रुख कटान हुँदैन : वनमन्त्री बस्नेत

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले वातावरण र विकासबीचको सन्तुलन र सम्बन्धलाई एक अर्कामा अन्योन्याश्रित गर्दै अघि बढ्ने मन्त्रालयको प्राथमिकता र दृष्टिकोण रहेको बताएका छन्।

‘हामी कहिलेसम्म इण्डियन एयर स्पेशमा निर्भर रहने? निजगढ विमानस्थल रोकिनु हुन्न्’

‘हामी अब इण्डियन एयर स्पेशमा मात्रै कहिलेसम्म निर्भर रहने? निजगढ विमास्थल पूर्व–पश्चिम ल्याण्डिङ भएको कारणले याे बन्याे भने हवाई अवतरणमा सुरक्षित रहनेछ। साथै फाष्ट ट्रयाक र निजगढ विमानस्थलले देशको मुहार फेर्ने छ।’

कुहिएर खेर जाँदै काठ

काठमाडौं–निजगढ द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणक्रममा काटिएका रुखका गोलिया कुहिन थालेपछि सम्बन्धित सामुदायिक वनका उपभोक्ताले असन्तुष्टि व्यक्त गरेका छन्। ने

काठ नपाएर उपभोक्ता हैरान

निजगढ नगरपालिका– ८ का दामोदर अधिकारी घरमा प्रयोग गर्ने काठको जो हो गर्न बकैया नागमणि सामुदायिक वन उपभोक्ता समूहको कार्यालयमा धाउन थालेको पाँच महिना भयो।

विरूवा राेप्दै मुख्यमन्त्रीले भने : निजगढ विमानस्थलको डिपिआर नबनेसम्म रुख काट्न दिन्नौं

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बारामा प्रस्तावित दोस्रो विमानस्थलको ‘डीपीआर’ (डिटेल प्रोजेक्ट रिपोर्ट) अर्थात बिस्तृत योजना प्रतिवेदन बनाएर मात्र रुखहरु कटान गर्नुपर्ने बताएका छन्। प्रदेश सरकारको योजना अनुसार ‘हरित प्रदेश अभियान’ शुभारम्भ गर्दै शुक्रबार बिहान पर्साको पर्सागढी नगरपालिकास्थित सबैया बनमा बृक्षारोपणको क्रममा मुख्यमन्त्री राउतले यस्तो बताएका हुन्।

काटिने रुखको बजार मूल्य ६ खर्ब

प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि काटिने रुखको बजार मूल्य झन्डै ६ खर्ब पर्ने अनुमान गरिएको छ।

‘संसारभरी एयरपोर्ट बनाउने कि रुख काटेर हो कि समुद्र पुरेर हो’ (भिडियाे)

नागरिक उड्ययन प्राधिकरणका निर्देशक प्रदीप अधिकारीले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नुको विकल्प नभएको बताएका छन्। उनले यो विमानस्थलका लागि बाराजतिको उपयुक्त ठाउँ अरु कहीँ नभएको पनि बताए।  ‘नेपालको टेरिटोरीमा चुरेभन्दा दक्षिण, बोर्डरबाट उत्तर तराईतिर यो लेभलको एयरपोर्ट बनाउन सक्ने ठाउँ अन्त कतै छैन्’, उनले भने, ‘भौगलिक हिसाबले उपयुक्त छ, एयर स्पेसको हिसाबले पनि उपयुक्त ठाउँमा र राजधानीको नजिकको हिसाबले पनि असाध्यै करेक्ट ठाउँमा छ।’

प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल : रूख काट्नै हतार

विस्तृत परियोजना अध्ययन प्रतिवेदन (डिपिआर)का आधारमा कुनै पनि आयोजनाका लागि पूर्वाधार निर्माण थालिने भए पनि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन भने त्यसभन्दा अघि नै रूख काट्ने तयारी गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्