९ आश्विन २०८१ बुधबार
image/svg+xml

महाधिवेशन तयारीमा दुई ठूला कम्युनिस्ट पार्टी

प्रमुख विपक्षी दल नेकपा एमालेले मंसिर १० देखि १२ सम्म चितवनमा दसौं महाधिवेशन गर्ने तयारी करिब–करिब पूरा गरिसकेको छ भने पुस ११ देखि १३ सम्म राष्ट्रिय सम्मेलन गर्ने कार्यतालिका बनाएको सत्तासाझेदार नेकपा माओवादी केन्द्र सोहीअनुसार संगठन निर्माणमा जुटेको छ।

मङ्सिर र पुसमा बाघ गणनाको तयारी

राष्ट्रिय निकुञ्जमा आगामी मङ्सिर र पुस महिनामा बाघ गणना गर्ने तयारी गरिएको छ। नेपालमा हरेक चार/पाँच वर्षका अन्तरमा गणना गरिन्छ।

ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

मृत्यु हुनेमा तेह्रथुम लालीगुराँस नगरपालिका –१ घुर्मुसेका ३७ वर्षीय रमेश दाहाल रहेको ट्राफिक प्रहरी प्रमुख मानबहादुर खत्रीले बताए।

एभरेस्ट प्रिमियर लिगः रबाफिलो जितबाट चितवन फाइनलमा

तीन ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन बनाएको पोखरा १५ ओभरमा ६६ रनमै समेटियो। ओपनर रिचार्ड लेभीको १९ रन नै पोखराका लागि सर्वाधिक व्यक्तिगत स्कोर रह्यो।

पत्रकार महासंघ भवन निर्माणका लागि सहयोग

नेपाल पत्रकार महासंघ चितवन शाखाको भवन निमार्णका लागि वृज सिमेन्ट कम्पनीले सहकार्य गरेको छ। उक्त भवन निर्माणका लागि आवश्यक पर्ने सिमेन्ट पुष्पतारा केडिया सेवा फाउन्डेसन तथा वृज सिमेन्ट ई प्रालिले उपलब्ध गराउने भएको छ।

अन्तिम बलमा चितवनलाई सफलता

१ सय ५२ रनको लक्ष्य चितवनले आठ विकेटको क्षति बेहोर्दै २०औं ओभरको अन्तिम बलमा पूरा गरेर रोमाञ्चक जित निकाल्यो। अन्तिम बलमा एक रन आवश्यक हुँदा राजेशले चौका प्रहार गरेका थिए।

राजमार्गमा निजी गाडी दुर्घटना: निद्रा, तीव्र गति र कम अनुभव कारक

मुग्लिन प्रहरीका अनुसार ग२च ४९१८ नम्बरको कार बिहीबार राति १२ बजेतिर अनियन्त्रित भई त्रिशूलीमा खस्दा पोखरा महानगरपालिका–१७ का प्रेमबहादुर भुजेल, लेखबहादुर भुजेल र ईश्वरी भुजेल बेपत्ता भएका हुन्।

चितवन टाइगर्समा सेकुगे र विरनद्वीप

श्रीलंकाका अन्तर्राष्ट्रिय खेलाडी सेकुगे प्रसन्न र मलेसियाका विरनद्वीप सिंहले चितवन टाइगर्सबाट एभरेस्ट प्रिमियर लिग (इपिएल) खेल्ने भएका छन्।

अजिज चितवन टाइगर्समा

नेपाली राष्ट्रिय टोलीका अलराउन्डर सोमपाल कामीको कप्तानीमा रहेको चितवनका लागि अजिज पहिलो अन्तर्राष्ट्रिय खेलाडीसमेत भएका छन्। बायाँहाते ब्याट्सम्यान अजिजले यसै वर्ष पाकिस्तानबाट दक्षिण अफ्रिका र जिम्बावेविरुद्ध खेलेर एकदिवसीय र ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए।

सुजिता भण्डारी मृत्यु प्रकरणः पूर्वी चितवनमा बुधबार बेलुकासम्म कर्फ्यू जारी

पूर्वी चितवनमा बुधबार बेलुकीसम्मका लागि कर्फ्यू जारी गरिएको छ। सुजिता भण्डारीको हत्यारालाई पक्राउ गरी कारबाही गर्न माग गर्दै पूर्वी चितवनमा गरिएको प्रदर्शन उग्र बनेपछि कर्फ्यू लगाइएको हो।

पूर्वी चितवनमा पहिरोले दुईको मृत्यु, तीन बेपत्ता

पूर्वी चितवनको राप्ती र कालिका नगरपालिकामा पहिरोले बगाएर दुई जनाको मृत्यु र तीन जना बेपत्ता भएका छन्।

चितवनमा २७ गतेसम्म निषेधाज्ञा थपियो

जिल्लामा निषेधाज्ञाको अवधि थप भएको छ। प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले आज सात दिनका लागि थप निषेधाज्ञा जारी गरेका हुन्।

नेपाल सुपर लिग: काठमाडौं शीर्षमा रहँदा जितविहीन बन्यो चितवन

काठमाडौं शीर्षमा रहँदै प्लेअफ खेल्न चाहन्थ्यो भने चितवन पनि जितको साथ प्रतियोगिताको सुखद अन्त्य गर्ने लक्ष्यमा थियो। यद्यपि, पहिलो हाफमा रक्षापंक्तिले गरेका दुई गम्भीर गल्तीका कारण चितवनको सुखद अन्त्य गर्ने लक्ष्यले पूर्णता पाउन सकेन।

चितवनमा खुल्यो कोरियन रेष्टुराँ, शुभारम्भमा २५ प्रतिशत छुट

रेष्टुराँले वैशाख १३ गतेसम्म खानामा २५ प्रतिशत छुट दिने घोषणा गरेको छ। मनास्लु क्षेत्रका स्थापित पर्यटनकर्मी लाक्पाढुण्डुप लामासहित चितवनका पर्यटनकर्मीहरू राजिन्द्र महतो र सुशिल चौधरीको साझेदारीमा सञ्चालित रिसोर्टमा कोरियन रेष्टुराँ थपिएको हो।

चितवन ट्र्याक्टर दुर्घटना: मृत्यु हुनेको सङ्ख्या ६ पुग्यो

पूर्वी चितवनको राप्ती नगरपालिका–११ मा मजदूर बोकेको ट्र्याक्टर दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान उपचारका क्रममा थप एक जनाको मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्