१२ मंसिर २०८१ बुधबार
image/svg+xml

सिन्धुलीस्थित बम्जन आश्रमका दुई जना प्रहरी नियन्त्रणमा

लिटिल बुद्ध दाबी गर्ने रामबहादुर बम्जनको सिन्धुलीस्थित आश्रमबाट दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । बम्जन आश्रमबाट बेपत्ता भएका भनिएका व्यक्तिहरुको खोजीका क्रममा सिन्धुली प्रहरीले सोधपुछका लागि भन्दै कमलामाई नगरपालिका ८ पैरेस्थित आश्रमबाट उनीहरुलाई पक्राउ गरेको हो।

बम्जन आश्रम फलोअप: नुनका पोका र कोइला लिएर फर्कियो सिआइबी टोली

‘तपस्वी’ रामबहादुर बम्जनको बाँडेगाउँस्थित आश्रम दुई दिन नियन्त्रणमा लिएर अनुसन्धान गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) टोली फर्केको छ।अनुयायी हत्या गरी गाडेको आरोप लागेको आश्रमबाट नुनका खाली पोका र कोइलाका नमूना संकलन गर्दै सिआइबी टोली फर्केको हो।

इटालीका लागि उत्तर कोरियाली राजदूत सम्पर्कविहीन

इटालीका लागि उत्तर कोरियाली राजदूत बेपत्ता भएको दक्षिण कोरियाले जनाएको छ। रोमका लागि उत्तर कोरियाका कार्यवहाक राजदूत जो सङ–गिल बेपत्ता भएको दक्षिण कोरियाली गुप्तचर निकायले अधिकारीहरुलाई जानकारी गराएको सोलले बताएको छ।

बजार हिडेकी बालिका डेढ महिनादेखि बेपत्ता

उदयपुरकी एक बालिका डेढमहिनादेखि सम्पर्कविहीन भएकी छिन्। कटारी बजार जान्छु भनेर हिडेकी नगरपालिका नगरपालिकाको सबभन्दा टाढा र बिकट वडा १४ नं. लेखानीकी १५ वर्षीया सीता दाहाल अहिलेसम्म घर नफर्केको परिवारजनले जनाएको छ।

बम्जनले आश्रमबाटै बेपत्ता पारेकाे आरोप

तपस्वी रामबहादुर बम्जनका देशैभरका आश्रममा प्रहरीले निगरानी बढाएको छ। बम्जन आश्रमबाट सलाल वाइबा, फूलमाया वाइबा, कर्मा वाइबा र सुरेश आलेमगर हराएको भन्दै प्रहरीमा जाहेरी परेपछि उनीहरूको खोजीका लागि प्रहरीले बम्जन सम्बद्ध बोधी श्रमवण धर्म सेवा संघका देशभरका आश्रममा निगरानी बढाएको हो।

बम्जनबाट बेपत्ता पारिएकाका परिवारको माग ‘मरेको भए लास पाउँ, जिउँदै भए भेट्न पाउँ’

आफूलाई महासम्बोधी गुरु बताउने बौद्ध धर्मगुरु राम बहादुर बमजन यौन दुराचारी र हत्यारा भएको भन्दै बमजनकै आश्रमबाट बेपत्ता भएका तीन जनाको परिवारले उनीमाथि कडा छानविन गर्न सरकारसमक्ष माग गरेका छन्।

बम्जन आश्रमबाट पाँच बेपत्ता

हेटाैंडा नगरपालिका– १३ का सञ्चलाल वाइबा करिब तीन वर्षअघिसम्म तपस्वी रामबहादुर बम्जनका आश्रममा थिए। उनी एकाएक त्यहाँबाट बेपत्ता भए। यस्तै बारा कलैयाका सुरेश आलेमगर पनि तीन वर्षअघिसम्म बम्जन आश्रममै थिए। उनी पनि बेपत्ता छन्।

जन्ती जाँदा बेपत्ता भएका वृद्ध मृत फेला

खोटाङमा जन्ती गएका बेला बेपत्ता भएका वृद्ध चार दिनपछि मृत अवस्थामा भेटिएका छन्। दिक्तेल रूपाकोट मझुवागढी नगरपालि–७, देर्पाचिउरीडाँडा दुम्लीमा जन्ती गएका सोही नगरपालिका–२, सोल्मा बसेखाका ७८ वर्षीय गजुरमान राई शनिबार मृत फेला परेका हुन्।

सत्य खोज्न आफै जुटे द्वन्द्वपीडित, सातै प्रदेशमा ‘सत्यको बयान’

न्यायको खोजीमा वर्षौं तड्पिएका द्वन्द्वपीडितले दुई आयोगबाट पनि सत्य तथ्य पहिल्याउन ढिला गरेपछि आफैँ अग्रसर हुुन अभियान अघि बढाएका छन्। सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले चारवर्ष बितिसक्दा पनि ठोस निश्कर्ष नदिएपछि पीडित आफैँ सत्य बाहिर ल्याउने अभियानमा जुटेका हुन्।

बेपत्ता आयोगले पीडकलाई बयानका लागि बोलाउने

बेपत्ता छानबिन आयोगले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा परेका उजुरी अनुसन्धानका क्रममा दोषी देखिएका पीडकलाई बयानका लागि बोलाउने तयारी गरेको बताएको छ। आयोगमा उजुरी दर्तापछि गरिएको अनुसन्धानले पीडितका कुरा सुनेपछि पीडकलाई बयानका लागि बोलाउने तयारी भैरहेको अध्यक्ष लोकेन्द्र मल्लिकले बताए।

आयोगप्रति भरोसा छैन

ढिलो गरी गठन गरिएको बेपत्ता आयोगले आफ्नो काम नगरिदिँदा सशस्त्र द्वन्द्वका बेला बेपत्ता भएकाका परिवारमा चरम निराशा छाएको छ। कतिपय बेपत्ताका परिवारलाई यो आयोग के हो र यसले के गर्छ भन्नेसमेत जानकारी छैन।

बुहारी मृत फेला, खोज्न हिडेकी सासू बेपत्ता

बैतडीमा सासू–बुहारी बेपत्ता भएकोमा बुहारी आज मृत फेला परेकी छन् भने सासू बेपत्ता रहेकी छन् । मृत फेला पर्नेमा दोगडाकेदार गाउँपालिका–४ श्रीकेदार साउँगाउँकी ३० वर्षीया निर्मला भट्ट रहेकी खोचलेक प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक श्यामसिंह महराले जानकारी दिए।

जनप्रतिनिधिसहित पाँच जना थुनामा

पूर्वी रुकुममा शिक्षक बेपत्ता पारेको अभियोगमा एक जनप्रतिनिधिसहित पाँच जनालाई पूर्पक्षका लागि जेल चलान भएका छन्।

विदेशमा बेपत्ता भएका परिवारलाई ‘न दशैं, न खुसी’

दशैंको रौनक शहरदेखि गाउँसम्म छाएको छ। टाढा-टाढा रहेका परिवार, आफन्तजनको आगमनले दशैलाई झनै रोचक बनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्