२५ पुस २०८१ बिहीबार
image/svg+xml

अरुण तेस्रो सुरुङमार्ग निर्माणको क्रममा पहिरो खस्दा चार बेपत्ता

अरुण तेस्रो सुरुङमार्ग निर्माणको क्रममा पहिरो खस्दा डोजरसहित चार जना बेपत्ता भएका छन्। शुक्रबार राति करिब ८ः४० बजेतिर सुरुङमार्गको ड्यामसाइड नुमकोफ्याक्सिन्दा भन्ने स्थानमा पहिरो खसेको हो।

यसरी हुँदैछ सुरुङमार्ग ‘फाइलन फिनिसिङ’

महिनाअघि ‘ब्रेक थ्रु’ भएको मेलम्ची खानेपानी आयोजनाको मुख्य संरचना सुरुङमार्गलाई ‘फाइलन फिनिसिङ’ दिएर आगामी तीन महिनाभित्रै पानी ओसार्ने हालतमा पु-याइने भएको छ। २६ किलोमिटर लामो सुरुङको सबैभन्दा जटिल सुरुङ छेड्ने काम सकिएकाले मेलम्ची खानेपानी आयोजना र सुरुङ निर्माणमा संलग्न इटालियन ठेकेदार कम्पनी सिएमसी फाइलन फिनिसिङको काममा केन्द्रिकृत भएका हुन्।

नेपाल–बंगलादेश सुरुङमार्गले जोडिन्छ : मन्त्री यादव

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले नेपालदेखि बंगलादेशसम्म सुरुङमार्ग बनाएर अन्तरदेशीय सडक सञ्जाललाई सबल बनाउने बताएका छन्।

कोटेश्वर–जडीबुटी र भक्तपुर–काभ्रेपलाञ्चोक सुरुङमार्ग बन्ने

दैनिक रुपमा बढ्दो सडक जाम कम गर्न भक्तपुर र काभ्रेपलाञ्चोकका मुख्य नाकामा सुरुङ मार्ग निर्माण गरिने भएको छ ।

राजधानीलाई सुरुङमार्गले जोड्ने योजना

राजधानी भित्रिने मुख्य नाका हो नागढुंगा । अत्यधिक सवारी चापका कारण यो नाकाको सडकमा घन्टौं जाममा बस्नुपर्ने बाध्यता छ । धादिङको नौबीसेबाट काठमाडौंको नागढुंगासम्मको दूरी २६ किलोमिटर छ । यो दूरी छिचोल्न सवारीसाधनलाई कम्तीमा पनि दुई घन्टा जाममा बस्नैपर्ने बाध्यता छ । उपत्यका प्रवेशका अन्य नाका भक्तपुरको सूर्यविनायक–धुलीखेल, टोखा–नुवाकोट सडकखण्डको हालत पनि उस्तै छ ।

कोटेश्वर-सूर्यविनायक सुरुङमार्ग निर्माण गरिने

कोटेश्वर-सूर्यविनायक सुरुङमार्ग निर्माणको कार्यलाई सरकारले प्राथमिकताका साथ अघि बढाउने भएको छ। आर्थिक वर्षक २०७३/२०७४ को बजेट भाषण गर्दै अर्थमन्त्री अर्थमन्त्री कृष्णबहादुर महराले सुरुङमार्ग निर्माणको अवधारणा ल्याएका हुन्।

नागढुङ्गा–नौबिसे सुरुङमार्ग निर्माण गर्न नेपाल र जापानबीच सम्झौता

नागढुङ्गा–नौबिसे साढे २ किलोमिटर सुरुङ मार्ग निर्माण गर्न नेपाल र जापान सरकारबीच बिहीबार सम्झौता भएको छ। यो नेपालकै पहिलो सुरुङमार्ग हुनेछ।

बन्ने भयो नेपालकै पहिलो नागढुङ्गा–नौविसे सुरुङमार्ग

नागढुङ्गा–नौबिसे साढे २ किलोमिटर सुरुङ मार्ग बन्ने निश्चत भएको छ। जापान सरकारको करिब १५ अर्ब ३३ करोड रुपैयाँ ऋण सहयोगमा उक्त परियोजना निर्माण हुने लागेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्