नेपालगन्जमा तोडफोड गरिएका शालिक अनावरण
नेपालगन्ज उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२। ८३ को बजेटमार्फत तोडफोड भएका सबै शालिक पुनःस्थापना गर्ने र सुशील कोइरालाको नयाँ शालिक निर्माण गर्ने निर्णय गरेको थियो।
नेपालगन्ज उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२। ८३ को बजेटमार्फत तोडफोड भएका सबै शालिक पुनःस्थापना गर्ने र सुशील कोइरालाको नयाँ शालिक निर्माण गर्ने निर्णय गरेको थियो।
जुम्लामा पहिलोपटक व्यवस्थित रूपमा मह र मौरीघारको जिल्ला दररेट निर्धारण गरिएको छ।
आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ, चतुव्र्युह नारायणस्थानसहित देशभरका नारायण मन्दिरमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको घुइँचो छ।
डा केसीले बिहीबारदेखि कैलालीको धनगढीस्थित श्रीकृष्ण मन्दिर धर्मशालामा पाँचबुँदे मागसहित अनशन सुरु गरेका छन्।
भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना नेपालका राष्ट्रिय गौरवका आयोजनामध्ये सबैभन्दा महत्त्वाकांक्षी सिँचाइ तथा जलविद्युत् परियोजनामा पर्छ।
फ्रान्सको दक्षिणपश्चिमी बोर्डो क्षेत्र र स्पेनको राजधानी म्याड्रिड आसपासका क्षेत्रमा डढेलोले व्यापक क्षति पुर्याएको छ।
युक्रेनको राजधानी किभ नजिक रक्षा उद्योगसम्बन्धी कार्यक्रम भइरहेको स्थानमा शुक्रबार भएको रुसी ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको छ भने करिब १०० जना घाइते भएका छन्।
बुद्ध एयरले शुक्रबार एटीआर ७२–६०० विमान भित्र्याएको छ। कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार आवश्यक प्रक्रिया पूरा गरी अर्को महिनादेखि उक्त विमानबाट उडान गरिनेछ।
मोबाइल, इमेल र सामाजिक सञ्जालको बढ्दो प्रयोगले परम्परागत हुलाक सेवा ओझेलमा परेको धारणा रहे पनि कैलालीमा यसको प्रयोग अझै उल्लेख्य रहेको देखिएको छ।
त्यस्तै, अनुमतिप्राप्त संस्थाले २०८३ असोज मसान्तभित्र मोबाइल एप्लिकेसन वा अन्य उपयुक्त माध्यमबाट वालेट प्रयोगकर्ताको राष्ट्रिय परिचयपत्रको विवरण भए वा नभएको स्वघोषणा लिनुपर्ने व्यवस्था गरिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले रौतहट निर्वाचन क्षेत्र नं ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि कालो मसी प्रहार गरी गरिएको दुर्व्यवहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीद्वारा आज जारी विज्ञप्तिमा यही साउन ७ गते जनतासँगको भेटघाट कार्यक्रम सम्पन्न गरी फर्कने क्रममा सांसद पौडेलमाथि भएको उक्त घटनाको घोर भर्त्सना गरिएको छ।
पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका-१३ घर भई हाल ओमसतिया गाउँपालिका-४ बालापुरमा कोठा भाडामा बस्दै आएका ४९ वर्षीय राकेश प्रताप राणा रहेका छन्।
पहिरोले च्यापिएका ३ वर्षीय रमेश बडुवाललाई प्रहरी चौकी डोल्फु पुलुबाट खटिएको प्रहरी टोलीले घटनास्थलबाट उद्धार गरेका थियो।
नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) का चिनी उद्योगहरूले समयमै उखुको भुक्तानी नदिँदा किसानहरू मर्कामा परेका छन्।