८ वैशाख २०८१ शनिबार

महाकवि देवकोटाको ११४ औँ जन्मजयन्तीमा रचना वाचन

कार्यक्रममा कवि देवी नेपालले महाकवि देवकोटाको व्यक्तित्व बारे चर्चा गर्दै देवकोटाको सामाजिक, सांस्कृतिक र जिम्मेवारीको पक्षहरु विभिन्न भएपनि कृतित्वको पक्ष सबैभन्दा बलियो भएको बताए।

मोबाइल एपले नेपाली भाषा प्रयोगकर्तालाई सहज भएको छ: मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ‘नेपाली बृहत् शब्दकोष’को मोबाइल एप निर्माण भएपछि विश्वभरका नेपाली भाषा प्रयोगकर्तालाई सहज र सजिलो भएको बताएका छन्।

बान्तुका कविताले सजियो काव्य साँझ

झन्डै एक घन्टाबीचमा बान्तुले ‘होची मिन्ह’ र ‘पोलपोट’ शीर्षकको कविता सुनाएर मुलुकका लागि हिंसा, विभेद तथा अत्याचार कहिल्यै र कसैलाई पनि सह्य नहुने भाव प्रकट गरे।

नेपाली पौरख र गौरवभित्र लुकेर बसेका प्रतिभालाई चिनाउन प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली पौरख र गौरवभित्र लुकेर बसेका कैयौँ प्रतिभालाई बाहिर ल्याई नेपालको अपार बौद्धिक क्षमतालाई विश्वसामु चिनाउनुपर्ने बताएका छन्।

प्रज्ञाले निकाल्यो नेपाली शैक्षणिक व्याकरण

नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘प्रज्ञा नेपाली शैक्षणिक व्याकरण’ प्रकाशित गरेको छ। स्कुलदेखि विश्वविद्यालय तहको अध्ययन तथा अध्यापनका लागि प्रकाशित गरिएको शैक्षणिक व्याषाशास्त्री, शिक्षाशास्त्री, प्राध्यापक शिक्षक र विद्यार्थीका निम्ति महत्वपूर्ण हुने प्रतिष्ठानले जनाएको थियो।

जनकवि दुर्गालाल श्रेष्ठको जीवनी यही सालभित्र प्रकाशित हुने

सो कृतिको सम्पादन लेखक राजेन्द्र महर्जनबाट भइरहेको छ। प्रतिष्ठानको अनुसार सो कृति चित्रमयसमेत हुनेछ।

प्रज्ञा–प्रतिष्ठानबाट ‘सृष्टिका कथा’ आउने

नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘सृष्टिका कथा’ प्रकाशन गर्ने भएको छ । प्रज्ञा–प्रतिष्ठानको बालसाहित्य तथा लोकवार्ता विभागले मानिसका विभिन्न जाति र तिनका थरका उत्पत्ति कथामा आधारित लोककथा ‘सृष्टिका कथा’ प्रकाशन गर्ने भएको हो । ‘प्रत्येक जाति र तिनका थरका सृष्टिका आ–आफ्नै कथा छन् । तिनलाई खोज, सङ्कलन तथा सम्पादन गरेर ग्रन्थका रूपमा प्रकाशन गर्न लागिएको हो ।’

मुलुकलाई चिनाउने बृहत् ग्रन्थ ‘नेपाल दर्पण’ लेखनकार्य प्रारम्भ

नेपाली वाङ्मयका क्षेत्रमा युगीन महत्वका अनेकौँ कामहरू सम्पन्न गरिसकेको नेपाल प्रज्ञा–प्रतिष्ठानले आफ्नो स्थापनाको ६२ औँ वर्ष पूरा गरी ६३ औँ वर्षमा प्रवेश गरेको अवसरमा संघीय गणतन्त्रअनूकुल मुलुकलाई चिनाउने बृहत् ग्रन्थ ‘नेपाल दर्पण’ लेखन कार्य प्रारम्भ गरेको छ । प्रतिष्ठान ६३ औँ वर्षमा प्रवेश गरेको अवसरमा मुलुक चिनाउने बृहत् ग्रन्थ‘ नेपाल दर्पण’ लेखन कार्यको प्रारम्भ गरेको विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

एकैसाथ प्रकाशित भए प्रेक्षितका चार कृति

नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव तथा कवि एवम् समालोचक प्राध्यापक जगत्प्रसाद उपाध्याय ‘प्रेक्षित’का एकैसाथ चार कृति प्रकाशित भएका छन् । स्रष्टा ‘प्रेक्षित’को ‘आरम्भ’ हाइकु सङ्ग्रह, ‘म, माटो र मुटु’ कविता सङ्ग्रहका साथै ‘काव्य परिशीलन’ र ‘आलोचनात्मक भूमिकाहरू’ नामक दुई पुस्तक समालोचना सङ्ग्रहसहित चार कृति प्रकाशित भएका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्