१५ वैशाख २०८१ शनिबार
image/svg+xml

सडक आन्दोलन नगरेसम्म किन न्याय पाउदैनन् महिलाले ?

सकभर महिलाको उजुरीहरु दर्तै नगर्ने, गरेपनि त्यसलाई प्रभावकारी रुपमा अघि नबढाउने, मुद्दा र अपराध अनुसन्धानको वाचा गर्ने, सहमती र सम्झौता गर्ने तर ती पुरा नगर्ने प्रवृत्ति सरकारी निकायहरुमा व्याप्त भएको विगतका घटनाक्रमहरुबाट पुष्टि हुन्छ।

नेहा र नेहारिका प्रहरीको नियन्त्रणमा

बिहीबार रामगोपाल नगरपालिका-५ रामगोपालस्थित बजार बन्द गराउन आन्दोलनमा उत्रिएका नेहा चौधरी र कुमारी आमा निहारिका राजपुतललाई पक्राउ गरिएको महोत्तरी प्रहरी प्रमुख कृष्ण पंगेनीले जानकारी दिए।

निहारिका राजपुतका छोराको डीएनए शिवराज श्रेष्ठसँग मिल्यो

डीएनए परीक्षण र मिलेको अवस्थामा श्रेष्ठलाई बलात्कारको आरोपमा सजायको माग गर्दै अनशन बसेकी निहारिकाकै माग अनुसार उनका छोरा र श्रेष्ठको डीएनए ललितपुरको खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा परीक्षण गरिएको थियो।

मधेस सरकारले निहारिकालाई पाँच लाख सहयोग गर्ने

मधेस प्रदेस सरकारले महोत्तरी जलेश्वरीकी कुमारी आमा निहारिका राजपुतलाई पाँच लाख रूपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

करिश्माविरुद्ध उजुरी दिँदै निहारिका, २० हजार रुपैँया पनि फिर्ता गर्ने

करिश्माले आफ्नो चरित्र हत्या गरेको उनले बताइन्।यस्तै आफू अनशन बसेको बेलामा करिश्माले सहयोग स्वरुप दिएको २० हजार रुपैयाँसमेत आजै फिर्ता गर्ने उनले बताइन्।

निहारिकाको मुद्दामा उच्च अदालतको आदेशः पीडितबाट जन्मेको छोरा र प्रतिवादीको डिएनए परीक्षण गराउ

‘मेरो मुद्दालाई अदालतले ढिलाइ मात्रै गरिरहेको छ,’ उनले भनिन्, ‘अदालतको फैसला कुरेर कहिलेसम्म बस्ने?’ न्यायका लागि भएजती सबैको ढोका ढकढक्याएँ। कतैबाट न्याय पाउने आशा नपलाएपछि राष्ट्रप्रमुखको महल अगाडि आत्मदाह गर्ने निर्णयमा पुग्न बाध्य भएँ, शिक्षण अस्पतालमा उपचाररत्त निहारिकाले नागरिकसँग भनिन्, ‘न्याय पाउन म मर्नु पर्ने हो भने मर्न तयार छु? म हारेर जिउनु भन्दा मर्न तयार छु।’ अदालतको आदेशपछि न्याय पाउने आशा पलाएको निहारिकाले नागरिकसँग भनिन्, 'अब म र मेरो छोराले न्याय पाउने भरोसा जागेको छ।,'

निहारिका भन्छिन्: मेरो प्यास ‘जुस’ले मेटिदैन, ‘न्याय’ले मात्र मेटिन्छ

०७६ कात्तिक ६ गते साँझ धनुषा क्षिरेश्वरनाथ नगरपालिका–३ महेन्द्रनगरका २२ वर्षीय शिवराज श्रेष्ठले बन्धक बनाएर बलात्कार गरेको व्यहोरा उल्लेख गर्दै ०७६ फागुन १९ गते निहारिकाले जिल्ला प्रहरी कार्यालय धनुषामा दर्ता गराएकी थिइन्।

आत्मदाहको प्रयासपछि निहारिका मुद्दामा राष्ट्रपतिको चासो

राष्ट्रपति विद्यादेवी भण्डारीले सोनालकुमारी सिंह (निहारिका राजपुत)को मुद्दाबारे चासो लिएकी छन्। शुक्रबार आफ्नै कार्यालय शीतल निवासअगाडि निहारिकाले आत्मदाहको प्रयास गरेपछि शनिबार यसबारे राष्ट्रपतिले चासो देखाएकी हुन्।

डीएनए टेस्टका लागि एउटी आमा जल्न तयार हुनुपर्ने, यो अत्ति हो, यो अत्याचार हो: मेयर शाह

'आफ्नो बच्चाको डिएनए टेस्ट गरिदे मात्रै त भनेको रैछ। यति गर्न एउटी आमाले जल्न तयार हुनुपर्ने? यो अत्ति हो। यो अत्याचार हो। कानुनीराज्य यस्तो हुँदैन। अभिभावक भनिने राज्य यस्तो हुनु हुँदैन।'

न्याय माग्दामाग्दै थाकिन् निहारिका

एक सातादेखि अनशनमा रहेकी निहारिका शुक्रबार प्रहरीको आँखा छलेर सुटुक्क शीतलनिवास अघि पुगेकी थिइन्। आत्मदाहको योजनासहित हिँडेकी उनले दुई बोतलमा पेट्रोल र लाइटरसमेत लगेकी थिइन्।

कुमारी आमा निहारिका राजपुत प्रहरी नियन्त्रणमा

निहारिका १७ वर्षकी नाबालिग हुँदा उनीमाथी जनकपुरका शिवराज श्रेष्ठले नशालु पदार्थ खुवाएर बलात्कार गरेको आरोप लगाउदैँ आएकी छन् । उक्त बलात्कारपछि रहेको गर्भबाट उनले छोरा जन्माएकी थिईन्।

निहारिकाको स्वास्थ्य अवस्था बिग्रँदै

६ दिनदेखि आमरण अनशनमा बसेकी निहारिका राजपुतको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ। महोत्तरीकी निहारिकाले काठमाडौंको वसन्तपुरमा आमरण अनशन सुरु गरेको बुधबार ६ दिन पुगेको छ।

आरोपित श्रेष्ठको डिएनए परीक्षण गरिने

पाँच दिनदेखि काठमाडौँको वसन्तपुरमा न्यायको माग गर्दै अनसनमा बसेकी १९ वर्षीय कुमारी आमा निहारिका राजपुतका बलात्कार आरोपित शिवराज श्रेष्ठको उनको छोरासँगको डिनए परीक्षण गरिने राष्ट्रिय महिला आयोगले जनाएको छ।

न्यायका लागि लड्दै निहारिका

महोत्तरीको जलेश्वर नगरपालिका–८ की २१ वर्षीय सोनालकुमारी सिंह (निहारिका राजपुत) न्यायका लागि पाँच बुँदे माग राख्दै संघीय राजधानीको वसन्तपुर दरबार क्षेत्रमा चार दिनदेखि अनशन बसेकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्