१० चैत्र २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

क्षतिपूर्ति नपाएसम्म युद्ध जारी रहनेछ : इरान

इरानले हालको द्वन्द्वबाट पछि नहट्ने बताएको छ।  

इरानी सर्वोच्च नेता मोज्तबा खामेनीका वरिष्ठ सैन्य सल्लाहकार मोहसेन रेजाईले युद्दबाट भएको क्षतिको क्षतिपूर्ति नपाएसम्म युद्ध जारी राख्ने बताए।  

रेजाईले सबै आर्थिक प्रतिबन्धहरू हटाइनुपर्ने र अमेरिकाले भविष्यमा कुनै पनि हस्तक्षेप नगर्ने दृढ ग्यारेन्टी दिनुपर्ने बताए।

टेलिभिजनमा प्रसारित वक्तव्यमा रेजाईले इरानी सेनाले पूर्ण शक्तिका साथ कारबाही गरिरहेको र नयाँ सर्वोच्च नेताको नेतृत्वमा देशको नेतृत्वले दृढतापूर्वक परिस्थितिलाई सम्हालिरहेको बताए।

यसअघि इरानी संसदका सभामुख मोहम्मद बाघेर गालिबाफले पनि देशका जनताले आक्रमणकारीहरूलाई पूर्ण सजायको माग गरिरहेको बताएका थिए।

प्रकाशित: १० चैत्र २०८२ ११:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App