८ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml

निर्वाचन १३ दिन बाँकी : टिकटक बनाएर ५० हजारसम्म जित्ने मौका

आयोगमा प्राप्त भएका सबै टिकटक भिडियोमा सबैभन्दा बढी भ्युअर्स भएका टिकटकलाई आयोगले निश्चित रकम प्रदान गर्नेछ। आयोगले त्यस्ता टिकटकलाई धेरै भ्युअर्स भएका पहिलो टिकटकलाई ५० हजार रुपैयाँ, दोस्रोलाई ३० हजार रुपैयाँ र तेस्रोलाई २० हजार रुपैयाँका दरले पुरस्कृत गरी प्रमाणपत्र प्रदान गर्नेछ।

शुक्रबार यस्तो छ विदेशी मुद्राको विनिमयदर

यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ५७ पैसा र बिक्रीदर १७१ रुपैयाँ २८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपैयाँ ०८ पैसा र बिक्रीदर १९५ रुपैयाँ ८९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपैयाँ ०४ पैसा र बिक्रीदर १८७ रुपैयाँ ८२ पैसा कायम गरिएको छ।

आज यी तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना

महाशाखाले हुस्सु र तुवाँलो लाग्ने तथा हिमपात हुने पूर्वानुमान गरिएका क्षेत्रका बासिन्दा तथा ती भेगमा यातायातका साधन सञ्चालनलगायत दैनिक गतिविधि सावधानीपूर्वक गर्न सम्बद्ध सबैलाई अनुरोध गरेको छ।

चुनाव, चिन्ता र चयन

जेनजी विद्रोहलाई बिचैमा ‘हाइज्याक’ गरी देशलाई खरानी बनाइएको विषय निर्वाचनका बेला उठेको छ। अघिल्लो दिन भएको १९ युवाको सहादतलाई मात्र उठाउने तर भोलिपल्ट नेपाललाई क्षतविक्षत तुल्याउने घटनातर्फ ध्यान नदिने हो भने हामी कहिल्यै सत्यको नजिक पुग्ने छैनौं।

रास्वपाका पूर्वउम्मेदवार डा. राणा र नेकपाका केन्द्रीय सदस्य केसी कांग्रेस प्रवेश

काठमाडौं निर्वाचन क्षेत्र नम्बर-५ मा प्रभावशाली उपस्थिति रहेका दुई नेता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

एमाले घोषणापत्र: आकर्षक तर महत्वाकांक्षी

नेकपा एमालेले विगतदेखि नै आकर्षक चुनावी अजेन्डा बनाउँदै आएको छ। यस पटक पनि उसले आकर्षक र महत्वाकांक्षी अजेन्डाहरु समेटेर चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।

रसुवाबाट एमालेका पूर्वअध्यक्ष ढकालसहित झण्डै सय नेता–कार्यकर्ता कांग्रेसमा प्रवेश

कांग्रेसका नेताहरूले रसुवाबाट भएको यो सामूहिक प्रवेशलाई संगठन सुदृढीकरण र स्थानीय तहसम्म पार्टीको पहुँच विस्तार गर्ने महत्वपूर्ण कदमका रूपमा मूल्यांकन गरेका छन्।

अन्तिम पटक भन्दै मतदाता रिझाउँदै शङ्कर, दीपक र रेवतीरमण

दाङ-२ मा चुनावी नतिजा निकाल्ने होडमा छन् एमाले महासचिव शंकर पोखरेल। मतदातासँगको सामीप्य कस्न उनी दौडधुप गरिरहेका छन्।

चितवन र पर्सा निकुञ्जमा बाघ गणना सकियो

चितवन र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा बाघ गणना सकिएको छ। गत पुस ३ गतेदेखि सुरु गरिएको बाघ गणना आज सकिएको हो।

टी-२० विश्वकपः वेस्ट इन्डिज र जिम्बाबेको अपराजित यात्रा कायमै

समूह चरणको आफ्नो अन्तिम खेलमा बिहीबार जिम्बाबेले आयोजक श्रीलंकालाई ६ विकेटले पराजित गर्‍यो ।

सुरक्षाको प्रबन्ध मिलाइयो, निर्धक्क भएर मतदान गर्नुस् : गृहमन्त्री

गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षाको प्रबन्ध मिलाइ सकिएकाले मतदातालाई निर्धक्क भएर यही फागुन २१ गते मतदान प्रक्रियामा भाग लिन आह्वान गरेका छन्।

निर्वाचनका लागि ७२ घण्टा सीमा नाका बन्द गर्न नेपाल–भारत सहमत

नाका बन्द भएको अवधिमा अत्यावश्यक सेवा बाहेक सबै प्रकारका आवागमनलाई निषेध गरिने बताइएको छ ।

काठमाडौंबाट चोरी भएका ५३ मोटरसाइकल फेला

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाबाट चोरी भएका ५३ मोटरसाइकल तथा स्कुटर खोजी गरी सम्बन्धित व्यक्तिलाई बुझाएको छ।

फोहोर व्यवस्थापनलाई मेयर्स फोरमले अध्ययन गर्ने, सीमाविहीन समस्या समाधानमा सहकार्य गर्ने

फोरमको १३ औँ बैठकले, गोदावरीदेखि बुढानीलकण्ठसम्म साइकल लेन सम्बन्धी कानुन निर्माण गरी गुरु योजना बनाउने, पूर्वाधार निर्माण र सञ्चालनका लागि नेपाल सरकारसँग सहकार्य गर्ने निर्णय गरेको छ ।

पृथ्वीसुब्बाको प्रमुख उपलब्धि: सामाजिक सञ्जाल नियमन

नेकपा (एमाले) का उपाध्यक्ष एवं लमजुङबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार पृथ्वी सुब्बा गुरुङले आफू सञ्चार तथा सूचना प्रविधि मन्त्री हुँदा हासिल गरेका प्रमुख उपलब्धिहरू सार्वजनिक गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्