५ कार्तिक २०८३ बिहीबार
image/svg+xml
राजनीति

चीन भ्रमणका क्रममा के के गर्छिन एमाले वरिष्ठ नेता भण्डारीले ?

नेकपा (एमाले) की वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ग्लोबल गभर्नेन्स फोरममा सहभागी हुन बिहीबार चीन प्रस्थान गरेकी छन्।

चीनको हपेई प्रान्तस्थित स्योङआनमा अक्टोबर २३ देखि २५ सम्म आयोजना हुने उक्त फोरममा भण्डारी विशिष्ट अतिथिका रूपमा सहभागी हुने उनको सचिवालयले जनाएको छ।

‘परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण’ मूल विषय रहेको सम्मेलनमा विश्वव्यापी शासन प्रणाली, अन्तर्राष्ट्रिय सहकार्य र समसामयिक विश्वका चुनौतीबारे छलफल हुनेछ।

सम्मेलनअन्तर्गत अक्टोबर २४ र २५ मा विभिन्न विषयमा समानान्तर सत्र, प्यानल छलफल तथा गोलमेच बैठक आयोजना गरिने कार्यक्रम छ। ती छलफलमा संयुक्त राष्ट्रसङ्घ केन्द्रित अन्तर्राष्ट्रिय प्रणालीको संरक्षण, विश्व शान्ति र शान्ति स्थापनाका लागि आवश्यक सुधार, बहुपक्षीयताको प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय सम्बन्धमा विकासशील मुलुकको बढ्दो भूमिकालगायत विषय समेटिनेछन्।

त्यसैगरी, अन्तर्राष्ट्रिय व्यापारमा ‘ग्लोबल साउथ’का मुलुकको भूमिका, जलवायु परिवर्तन र त्यसका असर, हरित तथा न्यून कार्बन विकास, दिगो विकास, कृत्रिम बौद्धिकता र साइबर स्पेसका विषयमा पनि छलफल हुने बताइएको छ।

पूर्वराष्ट्रपति भण्डारी आगामी सोमबार स्वदेश फर्किने कार्यक्रम रहेको छ।

प्रकाशित: ५ कार्तिक २०८३ १५:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App