रसुवाको पर्यटकीयस्थललाई प्लाष्टिक मुक्त बनाइने
रसुवाको पर्यटकीयस्थलहरूलाई प्लाष्टिक मुक्त बनाउनका लागि अभियान सञ्चालन गरिने भएको छ। पर्यटकीयस्थल लाङटाङ र गोसाइँकुण्ड अन्तर्गत पर्ने तीनवटा पदमार्गमा अभियान सञ्चालन गर्न लागिएको हो।
रसुवाको पर्यटकीयस्थलहरूलाई प्लाष्टिक मुक्त बनाउनका लागि अभियान सञ्चालन गरिने भएको छ। पर्यटकीयस्थल लाङटाङ र गोसाइँकुण्ड अन्तर्गत पर्ने तीनवटा पदमार्गमा अभियान सञ्चालन गर्न लागिएको हो।
वीरगन्जको गण्डक चोक नजिक वाईपास सडकमा रहेको अमृत प्लाष्टिक उद्योगमा बुधवार बिहान आगलागी भएको छ। आगलगीबाट उद्योगमा भारी क्षति भएको अनुमान गरिएको छ। बिहान ३ बजे आगो उद्योग प्रांगणमा फैलिएपछि त्यसलाई नियन्त्रणको प्रयास थालिए पनि ३ घण्टापछि करिब ६ बजे मात्र आगो नियन्त्रणमा आएको थियो।
प्रदेश नं २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अन्य मन्त्रालय क्षेत्रभित्र प्लाष्टिकको झोला तथा ब्यागको प्रयोग निषेध गरिएको छ।
नेपालगञ्ज उपमहानगरपालिकाको ‘प्लाष्टिकमुक्त नेपालगञ्ज शहर’अभियान प्रभावहिन बन्दै गएको छ। अभियानअन्तर्गत उपमहानगरपालिकाले प्लाष्टिकजन्य फोहरले गरेको असर र अबको निकासका लागि ‘ऐनाफोटो प्रदर्शनी’, विभिन्न सूचना, शिक्षा तथा सन्दर्भ सामग्री तयार गरेर नगरका चोक–चोकमा झुण्ड्याइएको त छ, तर, परिणाम शून्य प्रतिशत भन्दामाथि उठन सकेको छैन्।
खुम्बु पासाङल्हामु गाउँपालिका क्षेत्रमा प्लाष्टिक झोला र बोतलको प्रयोगमा पूर्णरूपले प्रतिबन्ध लगाइने भएको छ।
ठेकेदारले रुद्राक्षको दाना राम्रो बनाउन भन्दै लगाएको प्लाष्टिकको क्लीप प्रहरीले हटाएको छ। ठेकेदारले किसानबाट बगान खरिद गरि आफूखुसी षडानन्द नगरपालिकाको विभिन्न ठाउँमा लगाएको क्लीप हटाएको हो।
घर डुबानमा परेपछि बागमतीको बाँधमा प्लाष्टिकको छाना हालेर अभिभावकले बनाएको टहरोमा टोलाइरहेकी सर्लाही धनकौल गाउँपालिका–३, ढापटोलकी एक बालिका। ढापटोलका ६२ परिवार गत बिहिबारदेखि बागमतीको बाँधमा प्लाष्टिक तथा त्रिपालको टहरा बनाएर बसिरहेका छन्।
रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई प्लाष्टिक झोला निषेधित नगर घोषणा गरिएको छ ।
जुम्लाको चन्दननाथ नगरपालिकाले प्लाष्टिक झोला प्रतिबन्ध लगाएको छ। प्लाष्टिक जन्य वस्तुका कारण दिनानुदिन वातावरण प्रदुषित बन्दै गईरहेकोले मानव स्वास्थ्यमा प्रत्यक्ष असर परिरहेको भन्दै प्लाष्टिक झोलामा प्रतिबन्ध लगाएको हो। अब चन्दननाथ नगरपालिकामा जुट र फेब्रीक झोलाको प्रयोग गरिने भएको छ।
मानवीय जीवनमा प्लाष्टिकको प्रयोग अनिवार्य बनेको छ । प्लाष्टिकजन्य वस्तु प्रयोग नगरे दैनिक जीवन सञ्चालननै प्रभावित हुन्छ । हरेक वर्ष प्लाष्टिकको खपत वृद्धि हुँदै गएको छ ।
तपाइको घर आगनमा प्लाष्टिक जन्य फोहोर छ भने अब सुरक्षित राख्नुहोला। फोहोर सुरक्षित राखी कमलामाई नगरपालिकालाई दिनुभयो भने पैसा पाउनुहुनेछ। नकुहिने फोहोर अन्तर्गत प्लाष्टिकजन्य फोहोर कमलामाई नगरपालिकाले लिइ पैसा दिने भएको हो।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरलाई प्लाष्टिकमुक्त बनाउने अभियानको सुरुवात भएको पाँच वर्ष पुग्यो। नगरलाई प्लाष्टिकमुक्त बनाउनका लागि २०७१ सालमा नेपालका चर्चित गायकद्वय सुगम पोखरेल र डम्बर नेपालीलाई ‘सरसफाई दूत’ नियुक्त गर्यो।
सरकारले ३० माइक्रोनभन्दा कम मोटाइका प्लास्टिक उत्पादन गर्ने उद्योगको नविकरण रोक्ने तथा उद्योगको दर्ता खारेजी गर्नेसम्मको तयारी गरेको छ । वातावरण मन्त्रालयले हालै सार्वजनिक गरेको ‘नेपाल स्वच्छ वातावरण महाअभियान’ प्रभावकारी बनाउन वातावरण विभागले यस्तो तयारी गरेको हो ।
जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले नकुहिने प्लाष्टिक उत्पादन गर्ने कम्पनीहरुलाई प्रतिबन्ध लगाउने बताएका छन्।
रसुवामा प्लाष्टिकबाट डिजेल उत्पादन गरिने भएको छ। जिल्लामा प्रयोग हुँदै गरेका प्लाष्टिक संकलन गरेर डिजेल उत्पादन गर्न लागिएको हो।