६ आश्विन २०८१ आइतबार
image/svg+xml

प्रहरी दिवसमा खोटाङमा ब्याटमिन्टन प्रतियोगिता

प्रहरी दिवसका अवसरमा जिल्ला प्रहरी कार्यालय खोटाङले जिल्ला स्तरीय खुला ब्याटमिन्टन प्रतियोगिता आयोजना गरेको छ।

भारतबाट ल्याएको १६० बोरा चिनी बरामद

भारतीय बजारबाट भन्सार छली गरी ल्याएर राखिएको चिनी लोड गर्दै गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

रेडपाण्डाको छाला र कस्तुरीको विनासहित छ जना पक्राउ

दैलेखबाट रेडपाण्डाको छाला ल्याएर होटलमा मोलमोलाई भइरहेको सूचनाका अधारमा प्रहरीले छापा मारेको थियो। प्रहरीका अनुसार पक्राउ परेकाहरुले दैलेखबाट रेडपाण्डा मारेर त्यसको छाला ल्याएको बताएका छन्।

तस्करीका सामान बोकेका दुई ट्रक नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय पर्साले वीरगन्जबाट चितवनतर्फ जान लागेका दुईवटा मालबाहक ट्रक नियन्त्रणका लिई राजस्व अनुसन्धान कार्यालय, पथलैयाको जिम्मा लगाएको जनाएको छ।

विराटनगरका चोकचोकमा प्रदर्शन, राजमार्ग र बजार बन्द (फोटोफिचर)

फलामका रड, लाठीसहित कामतका आफन्त प्रदर्शनमा उत्रिएपछि विराटनगरको बजार पसल बन्द भएका छन् भने यातायात सेवा पनि अवरुद्ध भएको छ।

उनान्नब्बे फरार आरोपी पक्राउ

पक्राउ पर्नेमा चोरी, लागुऔषध, बहुविवाह, वन पैदावर, कीर्ते, जुवा, केही सार्वजनिक अपराध, जालसाजी, सम्बन्धविच्छेद, सवारी अङ्गभङ्ग, सवारी ज्यानलगायतका मुद्दाका व्यक्ति रहेको उनले जानकारी दिए।

अपराधमा संलग्नलाइ पक्राउ गर्ने कार्यमा ताप्लेजुङ प्रहरीलाइ उल्लेख्य सफलता

अपराधका घटना दुरुत्साहन गर्न तथा पीडितलाइ न्याय दिने कार्यमा घटनामा संलग्नलाइ कानुनी दायरामा ल्याउनु प्राथमिक कार्य मानिन्छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले प्रकाशन गरेको अपराधका घटनाको ३ बर्षे तालिकाबाट यस्तो पाइएको हो। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी कैलाशकुमार अधिकारीकाअनुसार समग्र अपराधका घटनाहरुको संख्यामा बर्षेनि केहि बृद्धि भएको देखिएको छ।

हत्या गरेर फरार अभियुक्त १४ वर्षपछि पक्राउ

हत्या गरेर फरार रहेका एक जना १४ वर्षपछि पक्राउ परेका छन्। पाणिनी गाउँपालिका वडा नम्बर ५, मैदानका २१ वर्षीय नारायण बहादुर सुर्यवंशीको हत्या गरेर फरार रहेका सोही गाउँपालिका घर भइ हाल कपिलवस्तु बस्दै आएका हुमबहादुर रास्कोटीलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको टोलीले पक्राउ गरेको हो।

रोल्पामा २० प्रतिशतले अपराध वृद्धि : लागूऔषध नियन्त्रणमा सफलता

गत आर्थिक वर्षमा कर्तव्य ज्यान ६ वटा भएकोमा यो बर्ष ७ वटा भएका छन् भने ज्यान मार्ने उद्योग पोहोर २ रहेकोमा अहिले ४ पुगेको छ। जबरजस्ती करणी गत साल १४ वटा रहेकोमा यो वर्ष १७ वटा मुद्धा दर्ता भएको छ। जबरजस्ती करणी उद्योग अघिल्लो वर्ष १ वटा रहेकोमा यो बर्ष ७ पुगेको छ।

प्रहरी जवानमाथि आक्रमण गर्ने युवा पक्राउ

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित प्रहरीचौकीमा कार्यरत प्रहरी जवान विशाल राईलाई गस्तीमा निस्केको समयमा चिरपट दाउराले प्रहार गरी शख्त घाइते बनाएर फरार रहेका सोही वडाको घलेगाउँ निवासी ३५ वर्षीय भेषबहादुर राईलाई प्रहरीले पक्राउ गरेको हो।

हतियार र लागूऔषधसहित ३ जना पक्राउ

नोबेल सामुदायिक अस्पतालमा उपचार भएको र मोटरसाइकलका दुवै जनालाई शंका लागी चेक गर्दा लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ।

म्याग्दी खोला उत्खननमा संलग्न स्काभेटरसहित चार सवारी साधन नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय म्याग्दीले नदीजन्य पदार्थ उत्खननमा संलग्न तीन ट्याक्टर र एक स्काभेटर नियन्त्रणमा लिएको छ । बेनी नगरपालिका–६ चुत्रेनीस्थती खोलामा गैरकानुनी रुपमा प्राकृतिक स्रोतसाधन दोहनमा प्रयोग गरिएको ध १ त ५८२, ग १ त ५४४८ र ध १त ५३२८ नम्बरको ट्याक्टर र बा १क ६४०३ नम्बरको स्काभेटरलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

स्रोत नखुलेको एक करोडभन्दा बढी रकम बरामद

कोरोनाको समयमा नेपाल र भारतको सिमाना औपचारिक रुपमा बन्द रहेको समयमा हुन्डीमार्फत कारोबार हुने गरेकोले रकम समातिने गरेको एसपि शाहको भनाइ रहेको छ।

अर्घाखाँचीमा करेन्ट लागेर एकको मृत्यु

शितगंगा नगरपालिका वडा नम्बर–१२, पिरापानीका ४७ वर्षीय विष्णु गैरेको करेन्ट लागेर उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गणेश खनालले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्