१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

भोटाहिटी क्षेत्रमा बनेकाे अवैध संरचना भत्काउँदै महानगर

काठमाडौं महानगरले आज भोटाहिटी क्षेत्रमा बनेकाे अवैध संरचना भत्काउन थालेको छ।

महानगरको अनधिकृत संरचना हटाउने अभियानमा मेरो समर्थन छ: उपमेयर डंगोल

काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोलले काठमाडौं महानगरले गरिरहेको अनधिकृत संरचना हटाउने अभियानमा आफ्नो समर्थन रहेको बताएकी छिन्।

अब मिचाहा वर्गलाई कानून मिच्न र मोटाइ रहन दिने छैनौं: मेयर बालेन

काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले अब मिचाहा वर्गलाई कानून मिची रहन र अझ मोटाइ रहन नदिने बताएका छन्।

काठमाडौँका मेयरले नक्सा पास नभएका संरचनामा डोजर आतंक मच्चाए उपत्यका बस्न लायक रहदैनः नेता बस्नेत

‘नक्सापास नभएका घरहरु, संरचनाहरुलाई डोजर लगाएर ठोक भनेर काठमाडौँभित्रका १८ जना मेयरले १८ वटा डोजर लिएर हिँडेभने उपत्यका बस्न लायकको रहँदैन। बस्न नालायक ठाउँ हुन्छ। भागेर जानुपर्छ, निर्माणको होइन, ध्वंसको क्षेत्र बन्छ। मिडियाका ४ हजार साथी लिएर प्रोत्साहन दिए भन्दैमा विधि कानून मिचेर, सिस्टमलाई फलो नगरी क्षतिपूर्ति नदिकन जनतालाई दुःख दिने काम नगरौँ। मैले मेरो जिल्ला, मेरो क्षेत्र नमूना बनाएको छु, ध्वंस होइन, निर्माण गरेर बनाउन सकिन्छ भन्ने कुरा भक्तपुरमा गएर हेर्नुहोस्।’

सडकमा थुपारिएको सबै फोहाेर व्यवस्थापन

दुई महिनादेखि उपत्यकाको सडकमा थुप्रिएका सबै फोहाेर व्यवस्थापन भए पनि टेकु ट्रान्फरस्टेशनमा राखिएको फोहर व्यवस्थापन भने आगामी सातासम्ममा सक्ने काठमाडौँ महानगरपालिकाले जनाएको छ। काठमाडौँ महानगर वातारण विभाग प्रमुख सरिता राईले सडकमा यत्रतत्र रहेको सबै फोहर व्यवस्थापन भइसकेको र यदि कतै फोहाेर व्यवस्थापन हुन बाँकी भएको पाइएमा महानगरलाई जानकारी दिन नागरिकलाई आग्रह गरिन।

राष्ट्रिय स्वतन्त्र पार्टीको खुलामञ्चमा उपत्यका भेला (फोटोफिचर)

यस्तै आकांक्षी उम्मेदवारले आजको कार्यक्रमलाई सम्बोधन गर्नेछन्। कार्यक्रमस्थलबाट पार्टी सदस्यका लागि आवेदन दिने व्यवस्थासमेत गरिएको छ। यो पार्टीले केही समयदेखि देशका विभिन्न स्थानमा प्रदेश स्तरीय भेला गर्दै आइरहेकाे छ।

ढुङ्गेधाराको सात टहरासहित तीन भर्‍याङ भत्काइयो

अवैधरुपले बनाइएका संरचना भत्काउने क्रममा आज काठमाडौँ महानगरपालिकाले र वनस्थली चोकबाट ढुङ्गेधारा जाने बाटोमा रहेको सात टहरा र तीनवटा भर्‍याङ हटाएको छ।

महानगरले भत्काउन थाल्यो बनस्थली र ढुङ्गेधारा क्षेत्रका अवैध घर टहरा

सार्वजनिक जग्गामा रहेको, विना अनुमति बनाइएको घर टहरा आज बिहानबाट भत्काउन सुरु गरिएको हो।

बालेनले भने: चाहेको यत्ति हो

अभियानले सकारात्मक संकेत देखाएको छ। त्रिपुरेश्वरस्थित राहदानी विभागमा निजी सवारीसाधन राख्ने ठाउँको अभावमा कैयौंले सास्ती भोगे। अब विभागमा पुग्दा कसैले यस्तो सास्ती भोग्नुपर्नेछैन।

बालेनले अराजक गतिविधिलाई बढावा दिइरहेको छ: मीन विश्वकर्मा

कामनपाका मेयर शाहले अनधिकृत रुपमा बनाइका भौतिक संरचनाहरु डोजर लगाएर भत्काउने काम गरिरहँदा काँग्रेस नेता विश्वकर्माको यस्तो प्रतिक्रिया दिएका हुन्।

हाम्रो एजेण्डा मिल्ने भनेकै माओवादीसँग होः डा.भट्टराई

'पहिचान र अधिकारसहितको संघीयता हुनुपर्छ भन्ने कुरामा त तत्कालीन माओवादीले पनि नोट अफ डिसेन्ट लेखेको र अहिले पनि त्यो मुद्दा हामीसँग मिल्छ। दोस्रो, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिय प्रणालीको जुन कुरा हामीले गरिराखेका छौँ। त्यतिबेलाको माओवादीले पनि नोट अफ डिसेन्ट लेखेकै हो। अहिले पनि त्यो मुद्दा उनीहरुसँग मिल्छ। भलै, सुशासन आदिको मुद्दाहरुमा हामी र उहाँहरु फरक छ। हामी चाहीँ सुशासन राम्रो सँग काम गरेर जानुपर्छ।'

राहदानी विभाग अवलोकनमा पुगेका वडाध्यक्ष भन्छन्ः नहुने काम गर्नेलाई त्यसै छोड्न हुँदैन

'हामीले पहिले नै काउन्सुलर विभागलाई बेसमेन्टको प्रतिक्षालय हटाउन भनेका थियौँ तर उहाँले हटाउनु भएन त्यसैले ३१ दिनपछि आज एक्सनमा आएका हौँ। हामीले स्वतन्त्र उम्मेदवारले राम्रो काम गरेकोले नै साथ र सपोर्ट गर्न आएका हौँ होइन भने हामी किन आउने भन्नेमा थियौँ' उनले भने।

खाली भयाे राहदानी विभागको अन्डरग्राउण्ड (फोटोफिचर)

ट्राफिक व्यवस्थापनका लागि अन्डरग्राउण्ड पार्किङमा जोड दिएको महानगर टोलीले शुक्रबार राहदानी विभाग अनुगमनमा गरेको थियो।

अनधिकृत संरचना बनाएर भाडामा लगाउने काम बन्द गर्नुस्ः मेयर बालेन

नक्सापास नगरी निर्माण भएका र नक्साअनुरुप निर्माण भए पनि सोहीअनुरुप प्रयोग नगरिएका संरचना अवैध रहेको भन्दै भत्काउन थालिएको हो।

‘हुन्डाई फेस्टिभ डिलाइट २०७८’ अफर को विजेता घोषित

हुन्डाई फेस्टिभ डिलाइट २०७८’ अफरको विजेता काठमाडौंका लोकेश बज्रचार्य घोषित भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्