६ आश्विन २०८१ आइतबार
image/svg+xml

नेताको स्वार्थमा अल्झिएको राजधानी

दाङका यी दुई हेभिवेटहरू राजधानीको विषयमा मौन रहँदा बुटवलका दुई हेभिवेट भने बुटवल राजधानीको पक्षमा अडिग रहँदै आएका छन्।

खानेपानी अभाव झेल्दै प्रदेश राजधानी

त्यतिबेला यहाँको जनसंख्या करिब ५२ हजार ६ सय थियो भने घरधुरी करिब नौ हजार थियो। अहिले यो संख्या बढेर करिब दुई लाखभन्दा बढी पुगेको छ।

राजधानीका भित्री सडकमा ट्राफिक लाइट

व्यवस्थापन पनि विकास हो भन्ने बुझाइ नै विकास भएको छैन। सडक दुर्घटनाका कारणले दैनिक मान्छे मरिरहेका छन् तर कसैले यसतर्फ कसैको ध्यान भएको छैन। सकडको असुरक्षाले गर्दा बढिरहेको बेथिति घटाउन सडक सुरक्षा अवलम्बन गर्नु पनि विकास हो।

राजधानीमै एक घण्टा हिँडेर स्कुल

देशको राजधानी काठमाडौंमै एक घण्टाभन्दा बढी पैदलयात्रा नगरी विद्यालय पुग्न सकिन्न भन्ने सुन्दा जोकोहीलाई अचम्म लाग्न सक्छ। वास्तवमा बूढानीलकण्ठ नगरपालिका–५ स्थित शिवपुरी राष्ट्रिय निकुञ्जभित्रको बस्ती डाँडागाउँका विद्यार्थीले वर्षौंदेखि भोग्दै आएको नियति हो त्यो। घना जंगल छिचोलेर विद्यालय जानुपर्दा विद्यार्थीलाई बाटोभरि त्रास हुने थाहा पाउँदा झनै मन बिझाउँछ। त्यस्तो नियति भोग्दै आएका विद्यार्थीको कहालीलाग्दो अनुभव सुन्दा मात्रै होइन, सिंगो गाउँको साझा पीडाबारेको जानकारीले झनै निराश तुल्याउँछ। यातायात छैन, अस्पताल छैन। ८० परिवार बस्दै आएको डाँडागाउँमा सुरक्षाको पनि निकै समस्या छ।

राजधानीसँग सम्पर्क टुट्न नदिन ४ ठाउँमा एक्रोब्रिज

प्राकृतिक प्रकोपका कारण राजधानीसँग जोडिएका राजमार्गको सम्पर्क टुट्न नदिन नेपाली सेनाले ४ स्थानमा एक्रोब्रिज तयारी हालतमा राखेको छ। प्राकृतिक प्रकोपका कारण राजमार्ग अवरुद्ध भएर राजधानी आउँने मालवाहक तथा यात्रुवाहक सवारी तथा मानिसको ओहोरदोहोर टुट्न नदिन उच्च ४ स्थानमा एक्रोब्रिज उपलब्ध गराइएको सेनाले जनाएको छ।

फोहोर : काठमाडौंदेखि सिस्डोलसम्म (भिडियो)

देशको जम्मा जनसंख्याको एक तिहाई जनसँख्या काठमाडौंमै बसोबास गर्छ। ती एक तिहाई जनसंख्याले दैनिक उत्पादन गर्ने फोहोर अत्यधिक छ। काठमाडौं महानगरपालिकाले फोहोर फाल्ने सिस्डोलमा दैनिक एक हजार टन बराबर नकुहिने फोहोर थुप्रने गरेको छ। उक्त फोहोर काठमाडौं, ललितपुर, भक्तपुर, ककनी र बनेपाबाट उठाइन्छ।

वाग्मतीभित्रका पीडा

काठमाडौँबाट १५ किमिउत्तर शिवपुरी राष्ट्रिय निकुन्जस्थित वागद्वारबाट सुरु वाग्मती नदीलाई राजधानीको सभ्यताका रूपमा वर्णन गरिएको छ। समृद्ध राजधानीको आधार वाग्मती नदी नै हो भन्न सकिन्छ। इतिहास साक्षी छ–राजधानीवासीको खानेपानी स्रोत वाग्मती र यसका सहायक नदी नै हुन्। कुनै समय उपत्यकाका फाँटहरूमा सिँचाइको प्रमुख माध्यम वाग्मती नै थियो।

मुख्यमन्त्री र सभामुखकाे एउटै स्वरः हेटौंडा नै स्थायी राजधानी

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश नं ३ को राजधानी हेटौँडामा रहने बताएका छन्। पत्रकारसँग आज राजधानीको विषयमा संक्षिप्त कुराकानी गर्दै उनले प्रदेशको राजधानी हेटौँडामा राख्नका लागि आफू प्रयासरत बताएका छन्।

बजेट कार्यान्वयन गर्न स्थायी राजधानी माग, सांसदलाई दिने ३ करोडसहित बजेटको विरोध

प्रदेश ३ का सांसदले स्थायी राजधानी छिट्टै नतोके बजेट कार्यान्वयन असफल भई सरकार र प्रदेश नै असफल हुने चेतावनी दिएका छन्। बुधबारको प्रदेशसभा बैठकमा सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७६÷७७ को विनियोजन विधेयकमाथिको छलफलमा बोल्दै प्रदेश सांसदहरूले बजेटलाई प्रभावकारी कार्यान्वयन गर्न चाँडै स्थायी राजधानी तोक्नुपर्नेमा जोड दिएका हुन्।

राजधानीमा भीषण हावाहुरी (फाेटाे फिचर)

राजधानी काठमाडौंमा शनिबार साँझ भीषण हावाहुरीसहित वर्षा भइरहेको छ। तीव्र गतिमा आएको हावाहुरीले केही घरको छानोसमेत उडाएको छ। घरका झ्याल ढोकामा क्षति पुर्याएको छ।

बजेटअघि नै स्थायी राजधानी तोक्न माग

प्रदेश ३ को आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट भन्दा अघि नै स्थायी राजधानी तोक्न सांसदहरुले माग गरेका छन्। प्रदेश सभामा विहिबार स्थायी राजधानी तोक्नेसम्बन्धी कार्यविधिबारे छलफलमा सहभागी हुँदै सांसदहरूले मतदानको मिति यथाशीघ्र तोक्न माग गरेका हुन्। नेपाल कम्युनिस्ट पार्टी(नेकपा) प्रदेश ३ का मुख्य सचेतक रामेश्वर फुयाँलले स्थायी राजधानी तोक्ने सम्बन्धी कार्यविधिबारे छलफलका लागि प्रस्ताव गरेपछि सांसदहरूले आ–आफ्नो धारणा व्यक्त गरेका थिए।

राजधानी माग्दै कांग्रेसद्वारा प्रदेशसभा अवरुद्ध

प्रदेश ३ को स्थायी राजधानी तत्काल तोक्न माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रदेशसभाको चौथो अधिवेशनको पहिलो बैठक अवरुद्ध गरेको छ। प्रदेशसभामा धेरै सांसदले पटक–पटक माग गरे पनि राजधानीसम्बन्धी विषय उपेक्षा गरिएको भन्दै कांग्रेसले बैठक नै अवरुद्ध गरेको हो।

प्रदेश सभा बैठकमा राजधानीबारे जुहारी

प्रदेश नम्बर ३ को अधिवेशनमा सफलताको शुभकामना मन्तव्य व्यक्त गर्ने क्रममा समेत सत्ता पक्ष र प्रतिपक्षबीच जुहारी चलेको छ। सत्ता पक्ष र प्रतिपक्षका मन्त्री र सांसदहरुले एकअर्काप्रति कटाक्ष समेत गरे।

राजधानी माग्दै कांग्रेसद्वारा प्रदेश सभा अवरुद्ध

प्रदेश नम्बर ३ को स्थायी राजधानीको तत्काल माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रदेश सभाको चौथो अधिवेशनको पहिलो बैठक अवरुद्ध गरेको छ। प्रदेश सभामा धेरै सांसदहरुले पटक–पटक माग गरेपनि राजधानीसम्बन्धी बिषयलाई उपेक्षा गरिएको भन्दै कांग्रेसले बैठक नै अवरुद्ध गरेको हो।

राजधानीका होटलबाट १२५ जना पक्राउ

महिला प्रहरीलाई सादा पोशाकमा उक्त क्षेत्रमा परिचालन गरेको थियो। पक्राउ परेकालाई म्याद थप गरी अनुसन्धान गरिरहेको परिसरले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्