कालंगा हाइड्रोको ७० प्रतिशत काम सकियो
नेपालको सबैभन्दा ठूलो निजी लगानीबाट सञ्चालन गरिएको कालंगा हाइड्रोपावरको ७० प्रतिशत काम सकिएको छ। चार वर्षभित्र सबै काम सक्ने र अध्यारोमुक्त सुदूरपश्चिम प्रदेश बनाउने हाइड्रोको लक्ष्य पूरा नहुने देखिन्छ। जिल्लाको दुर्गम रहेको बुंगल नगरपालिकामा सञ्चालन हुन लागेको सानीगाड हाइड्रो ३८ .४६० मेगावाट, कालंगागाड हाइड्रोपावर १५.३३ मेगावाट बुंगल हाइड्रोपावर १०.७५ मेगावाट र बागथाल हाइड्रो आठ मेगावाट गरी करिब ७४ मेगावाट निर्माण हुन लागेको कालंगा हाइड्रोको काम ०७७ भित्र सक्ने गरी ०७३ माघमा सञ्चालन गरिएको भए पनि राज्यको असहयोग र स्थानीयको अवरोधका कारण ६ महिना ढिलो हुने भएको हो।