१० मंसिर २०८१ सोमबार
image/svg+xml

नगरपालिकाको ३१ करोड बेरुजु

सरकार हाँक्नेहरूकै लापरबाहीले प्रत्येक वर्ष घट्नुपर्ने बेरुजु बढ्दै गएको छ । ‘कुनै भुक्तानी लिने प्रकृयामा हुन्छ केही काम फछ्र्याैट नगरेको अवस्थामा हुन सक्छ’, लेखा परीक्षक तिलक रुवाली भन्छन्, ‘यसरी बेरुजु बस्नु प्रशासकीय कमजोरी नै हो ।’

रुबीभ्यालीमा अनियमितताको चाङ

प्रतिवेदनअनुसार गाउँपालिका कार्यालयले किनेका भौतिक सामग्री कार्यालयमा भेटिँदैनन्, सामाजिक सुरक्षा भत्ता वितरणमा पनि चरम लापरबाही भएको छ।

अस्पतालको बेडमा विरामी आमासँगै बसिरहेका नाबालक भन्छन्ः अब कहिल्यै उठ्न सक्नुहुन्न त?

अस्पतालको बेडमा विरामी आमासँगै बसिरहेका नाबालक भन्छन्, ‘मेरो आमा त उठ्नु भएकै छैन।’ ‘अब कहिल्यै उठ्न सक्नुहुन्न त?, किन सुतेको सुतेही गरेको हाम्रो आमाले? जस्ता अनेकन सोधिरहन्छन्। तर उनको जिज्ञाशाको जवाफ कसैले दिन सकेका छैनन्।

बँदेलको बितन्डाले बाली जोगाउन हारगुहार

केवलपुरका बस्ती र सडकमै डुलेर बँदेलले बितन्डा मच्चाइरहेका छन्। किसानले बँदेलबाट बाली जोगाइदिन हारगुहार गरिरहेका छन्।

जंगली बँदेलले बाली सखाप, थाल ठटाएरै रातभर जाग्राम बस्छन् स्थानीय

दारा निस्किएका भैंसी जत्रा माउ बँदेलहरु आउँछन्। बच्चाहरु नै पाडापाडी जत्रा छन्। बँदेलले धेरै क्षति पुर्‍याएको वस्तीका किसानहरु रातीको समयमा आगो बाल्ने, थाल ठटाउने, शंख फुक्ने, ठूलो आवाजले कराउने गर्दै रात बिताइरहेका छन्।

कर कार्यालयको कर्मचारी भन्दै रकम उठाउने दुई जना पक्राउ

उनीहरुले गाउँकै एक जना पार्टीका नेताले बोलाएर व्यापारीसँग कर उठाएर लगी कर तिरिदिन भनेर गाउँ आएको र वार्षिकरूपमा कर तिरिदिनका लागि पसलेसँग रकम उठाएको बताएका छन्।

भारतीय नम्बरको ट्रकबाट गाँजा बरामद, २ जना पक्राउ

प्रहरीले वीरगन्जबाट २ सय ७० किलो गाँजासहित २ जना भारतीयलाई पक्राउ गरेको छ। ट्रकमा गोप्य ठाउँ बनाइ भारततर्फ लैजादे गरेको गाँजा चेकजाँचमा बरामद भएपछिसँगै रहेका २ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो।

धादिङको गल्छिमा बस दुर्घटना हुँदा ४१ जना घाइते

पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गल्छि गाउँपालिका–४ चिरौँदी पुल नजिकै बस दुर्घटना हुँदा चालकसहित ४१ जना घाइते भएका छन्।

किसानद्वारा २ ट्रक रासायनिक मल कब्जा

पृथ्वीराजमार्ग अन्तर्गत धादिङको धुनिबेशी नगरपालिका-६ धार्केमा दुई ट्रक रासायनिक मल किसानहरुले कब्जामा लिएका छन्।

बागीको बहुमतले नेतृत्वलाई चिटचिट

धादिङमा नेपाली कांग्रेसबाट बागी बनेका ३ जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। टिकट वितरणमा असन्तुष्टी जनाउँदै आफ्नै पार्टीविरुद्ध बागी बनेका उम्मेदवारहरुले बहुमतसहित चुनाव जितेपछि ठूला भनिएका दलका नेताहरु अताल्लिएका छन्।

पुराक्सिङका किसानलाई चुनावको भन्दा खुम्रे किराको चिन्ता

धादिङको दक्षिणी क्षेत्रको विकट वस्ती पुराक्सिङका किसान खुम्रे किराको समस्याबाट आजित बनेका छन्। केही वर्षअघिदेखि खेतबारीमा देखिन थालेको खुम्रेकिराले यो वर्षपनि मकै बालीसखाप पारेको छ।

धादिङको नीलकण्ठ नगरपालिका देशकै उत्कृष्ट

स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा धादिङको नीलकण्ठ नगरपालिका देशभरमै उत्कृष्ट बनेको छ।

काँग्रेस निर्वाचन: धादिङमा पौडेल पक्ष बलियो

जिल्ला अधिवेशन नजिकिरहदाँ यसअघि नै केन्द्रिय धुव्रमा रहेका शेरबहादुर देउवा र रामचन्द्र पौडेल पक्षधरहरुकाले आ-आफ्नो प्यानल घोषणा गरिसकेका छन्।

धादिङमा ट्रक दुर्घटनाः दुई जनाकाे मृत्यु

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीका अनुसार दुर्घटनामा गम्भीर घाइते दुवै जनाको उपचारका क्रममा काठमाडौँको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा मृत्यु भएको हो।

हुवासिनको स्विचिङ स्टेसन सञ्चालनमा

कम्पनीले स्विचिङ स्टेसनबाट कारखानासम्म करिब १४ किलोमिटर प्रसारण लाइन र कारखाना परिसरभित्र १३२/१० केभीको सबस्टेसन निर्माण गरेको छ। प्राधिकरणले स्विचिङ स्टेसन निर्माणको सुपरीवेक्षण गरेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्