काभ्रेमा केही पालिकामा मतगणना सुरु
शुक्रबार मतदान सम्पन्न भएका केही पालिकामा मतगणना सुरु भएको छ। अहिलेसम्ममा काभ्रेका बनेपा, मण्डनदेउपुर र धुलिखेल नगरपालिकासहित भुम्लु गाउँपालिकामा मतगणना सुरु गरिएको छ।
शुक्रबार मतदान सम्पन्न भएका केही पालिकामा मतगणना सुरु भएको छ। अहिलेसम्ममा काभ्रेका बनेपा, मण्डनदेउपुर र धुलिखेल नगरपालिकासहित भुम्लु गाउँपालिकामा मतगणना सुरु गरिएको छ।
दाङका १० मध्ये केही स्थानीय तहको मतगणना अहिले भैरहेको छ। अहिले गाउँपालिकाहरूको मात्रै मतगणना भैरहेको छ।
स्थानीय तहको निर्वाचन अन्तर्गत ताप्लेजुङका दुई पालिकामा सुरु भएको मतगणनाको प्रारम्भिक नतीजामा गठबन्धन र एमालेले १–१ स्थानमा सुरुआती अग्रता लिएका छन्।
स्थानीय तह निर्वाचन अन्तर्गत शुक्रबार भएको मतदान सकिएपछि तनहुँमा मतगणना सुरु भएको छ।
मोरङमा मत गणना सुरु भएको छ। मोरङको कानेपोखरी गाउँपालिकामा एमालेको अग्रता लिएको छ। प्रारम्भिक मत गणनामा अध्यक्ष र उपाध्यक्षमा एमालेले अग्रता लिएको छ।