३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

कांग्रेस कास्कीमा प्यानल बर्चस्व

कास्कीमा नेपाली कांग्रेसको १४ औं महाधिवेशनन्तर्गत भएको प्रदेश निर्वाचन क्षेत्रको अधिवेशनमा प्यानलको बर्चस्व रहेको छ। कास्कीका ६ वटै प्रदेश निर्वाचन क्षेत्रमा प्यानलको बर्चस्व देखिएको हो।

सञ्चारकर्मीले सत्यलाई स्थापित गर्न सक्नुपर्दछः अर्थमन्त्री शर्मा

प्रेस सेन्टर नेपाल जिल्ला समिति कास्कीको नवनिर्वाचित कार्यसमितिको शुक्रबार पोखरामा आयोजना गरिएको पदस्थापन कार्यक्रममा उनले सञ्चार जगतले निरन्तर जनतालाई सुसूचित गराउने कार्यमा लाग्नुपर्नेमा जोड दिए।

कास्कीमा राति १० बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने

जिल्ला प्रशासन कार्यालय कास्कीले नेपालीहरुको दोस्रो ठूलो पर्व दीपावलीका अवसरमा खेलिने देउसी–भैलोलगायतका कार्यक्रम राति १० बजेसम्म मात्र सञ्चालन गर्न पाइने जनाएको छ।

मध्यपहाडी लोकमार्गको कास्की खण्डको काम अन्तिम चरणमा

राष्ट्रिय गौरवको निर्माणाधीन मध्यपहाडी (पुष्पलाल) लोकमार्ग अन्तर्गत कास्की खण्डको काम अन्तिम चरणमा पुगेको छ।

जिल्ला खेलकुदमा राजनीतिक नियुक्तिको चर्चा

जिल्ला खेलकुद विकास समिति कास्कीमा नयाँ कार्यसमितिको लागि चर्चा शुरु भएको छ। संघीय सरकारले राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवाललाई बर्खास्त गरेपछि जिल्ला खेलकुद विकास समितिमा नियुक्त भएकाहरुलाई हटाउने चर्चा शुरु भएको हो।

कास्की र स्याङजामा जीप दुर्घटना, ११ को मृत्यु (अपडेट)

कास्की र स्याङजामा भएका जीप दुर्घटनामा ११ जनाको मृत्यु भएको छ। पोखराबाट पर्यटकीय गाँउ कास्कीको घान्द्रुक हिँडेको जीप घान्द्रुकको कलाभीरमा दुर्घटना हुँदा चालक सहित आठजनाको मृत्यु भएको हो। दुर्घटनामा एकजना घाईते भएका छन्।

जीर्ण भवनबाटै कानूनी सेवा, भवन बनाउन माग

वर्षा लागेपछि सास्ती हुन्छ। सास्तीलाई झेल्दै अदालतको कामकाज गर्नुपर्छ। भवन पुरानो भईसकेको छ। जीर्ण भवनमै सेवा प्रवाह गर्नुपर्ने बाध्यता जिल्ला अदालत कास्कीको छ।

क्रिकेट मैदानको दुर्दशा

खेलाडीको एउटै मात्र गुनासो छ, ‘क्रिकेट मैदानमा कहिले खेल्न पाउँछौ।’ यसको ठोस उत्तर कास्की जिल्ला क्रिेकट संघसँग छैन। मैदान र पिच मर्मतको खाँचो छ। राष्ट्रिय खेलकुद परिषद्ले २५ लाख रूपैयाँ पठाइदियो। तारजाली लगाई मैदान संरक्षण गरियो।

खेलाडीको जिज्ञाशाः क्रिकेट मैदानमा कहिले खेल्न पाइन्छ?

खेलाडीको एउटैमात्र गुनासो छः ‘क्रिकेट मैदानमा हामी कहिले खेल्न पाउँछौ ।’ यसको ठोस जवाफ कास्की जिल्ला त्रिकेट संघसँग छैन । मैदान र पीच पनि मर्मतको पर्खाइमा छन ।

वर्षिक साधारणसभा नगरी टुंगिदैं चारवर्षे कार्यकाल

निर्वाचन भएर आएको चारवर्ष पुग्न चारमहिना मात्रै बाँकी छ । निर्वाचित भएर आएको कास्की जिल्ला फुटबल संघले चारवर्षको अवधिमा एकपटक पनि वार्षिक साधारण नै नगरी कार्यकाल टुंग्याउने संघारमा छ । आगामी माघमा कार्यकाल सकिन्छ ।

शहरका विद्यार्थीले रोजे गाउँको विद्यालय

कास्कीको पोखरास्थित शीतलादेवी माविमा कक्षा आठ पढेका अन्नपूर्ण गाउँपालिका–६ घारका नवराज बरुवाल प्रभा माविमै नौ कक्षा पढ्न आए। ऊ हाल इलेक्ट्रिकल इञ्जिनियरीङ पढ्दै छन्। बरुवाल गाउँ नजिकैको विद्यालयमा आफूले रोजेको विषय पढ्न पाएकोमा खुसी छन्।

गाउँमा स्कुल खुले, सहरमा अझै बन्द

कोरोना भाइरस संक्रमणले थलिएको शैक्षिक क्षेत्रले बिस्तारै गति लिन थालेको छ । संक्रमणका कारण महिनौंदेखि रोकिएको विद्यार्थीको भौतिक उपस्थितिको पठनपाठन सुरु हुन थालेको छ । ग्रामिण भेगका विद्यालयमा विद्यार्थीको भौतिक उपस्थितिमै पठनपाठन सुरु भएको छ ।

कास्कीलाई पशुमा पूर्ण खोप जिल्ला बनाउने तयारी

पशुमा कास्कीलाइ पूर्ण खोप जिल्ला बनाइने भएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, कास्कीले जिल्लालाई पशुमा पूर्ण खोप बनाउने तयारी गरेको हो ।

पुम्दीकोटलाई धार्मिक पर्यटकीय गन्तव्य बनाइँदै

कास्कीको पुम्दीकोटमा शिवमूर्ति स्थापित गरिएको छ । मंसिरमा उदघाटन गर्ने लक्ष्य छ । उदघाटन पछि आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा नयाँ टेवा पुग्ने विश्वास छ । विशेष गरी भारतीय पर्यटक प्रवद्र्धन हुने अपेक्षा छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्