१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

राप्रपा राष्ट्रिय अध्यक्षमा डा लोहनी आउने

-राष्ट्रिय प्रजातन्त्र पार्टीको राष्ट्रिय अध्यक्ष पशुपतिशम्शेर जबराको समयावधि मंगलबारदेखि सकिएको छ । तत्कालीन राप्रपामा लागू गरिएको चक्रीय प्रणालीअनुसार लोकेन्द्रबहादुर चन्द, राणा र वरिष्ठ नेता डा प्रकाशचन्द्र लोहनीले क्रमशः पार्टीको नेतृत्व करिब छ –छ महिना लिने सहमति भएअनुसार चन्दले पार्टी अध्यक्षको जिम्मेवारी पूरा गरेपछि साउन ११ देखि अध्यक्ष भएका राणाले पनि छ महिनाको अवधि पूरा भएको छ ।

राप्रपाकाे महाधिवेशनमा सामाजिक सञ्जाल प्रयोग गरिने

राष्ट्रिय प्रजातन्त्र पार्टीले आसन्न महाधिवेशनको प्रचारप्रसार गर्ने क्रममा काठमाडौँ उपत्यकामा भित्तेलेखन नगर्ने भएको छ। काठमाडौँ उपत्यकाको सौन्दर्यतालाई कायम राख्न भित्तेलेखन नगरी त्यसको विकल्पमा होडिङ्ग बोर्ड, फेलेक्स्, पर्चा पम्पलेटको प्रयोग गर्ने भएको छ।

राप्रपा महाधिवेशन तयारी सुरु

आगामी फागुन ६ देखि ९ गतेसम्म काठमाडौंमा हुने भनिएको राप्रपाको पहिलो एकता महाधिवेशन सफल पार्न पार्टी अध्यक्ष कमल थापाको संयोजकत्वमा ५ सय १ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ।

राप्रपाः साधारण सदस्य लगत सङ्कलन सुरु

राष्ट्रिय प्रजातन्त्र पार्टीका साधारण सदस्य लगत सङ्कलन कार्य आजदेखि सुरु भएको छ । पार्टीको आसन्न महाधिवेशन प्रयोजनका लागि विशेष अभियानका रुपमा गत मङ्सिर २५ देखि पुस २९ गतेसम्म देशभरसदस्यता वितरण गरिएको थियो ।

राष्ट्रपतिलाई राप्रपाको निम्तो

राष्ट्रिय प्रजातन्त्र पार्टीले पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउनका लागि पहल गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेको छ। राप्रपाले पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउने र यसै अवसरमा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ।

भाग मिलाउँदा ‘जम्बो’ राप्रपा

राप्रपा नेपाल र राप्रपा एकीकरणपछि एकीकृत पार्टीका अध्यक्ष कमल थापा र राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर राणालाई आफू पक्षीय नेतालाई पद बाँड्न ठूलो सकस छ।

अध्यक्ष लामिछाने राप्रपामा प्रबेश

नेपाल परिवार दकका जिल्ला अध्यक्ष सुशील लामिछाने राष्ट्रिय प्रजातन्त्र पार्टीमा एक औपचारिक कार्यक्रम विच शनिबार प्रवेश गरेका छन्।

राप्रपामा जिम्मेवारी बाँडियो

राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्व सहमतिअनुसार नेताहरूलाई नयाँ जिम्मेवारी तोकेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच एकीकरणपछि मंगलबार नेताहरूको जिम्मेवारी हेरफेर र नयाँ जिम्मेवारी तोकेका हुन्।

पहिलो र अन्तिम नै राप्रपा :  रेखा थापा

२ वर्षअघिे माओवादी पार्टीका अध्यक्ष प्रचन्डसँग पार्टी प्रवेश कार्यक्रममा एमालेकी नेतृ उर्मिला अर्यालसँगै टीका लगाएकी अभिनेत्री रेखा थापाले सोमबार राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाको हातबाट माला ग्रहण गर्दै पार्टी प्रवेशको उद्घोष गरिन्।  तर माओवादी छाडेर किन राप्रपामा भन्ने प्रश्नमा रेखाले आफूले कहिलैपनि माओवादीको सदस्यता नलिएको दाबी गरिन्।

माअाेवादी केन्द्र परित्याग गरी रेखा थापा राप्रपा प्रवेश

अभिनेत्री रेखा थापाले औपचारिक रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेकी छिन्। सोमबार राप्रपाले इन्द्रेणी फुडल्याण्डमा आयोजना गरेको कार्यक्रममा अभिनेत्री थापालाई माला लगाएर राप्रपा अध्यक्ष कमल थापाले पार्टी प्रवेश गराए।

सत्तारूढ राप्रपाले छाड्यो साथ

सत्तारूढ दल राप्रपाले सरकारद्वारा संसद्मा दर्ता संविधान संशोधन प्रस्तावमा समर्थन नगर्ने भएको छ। राप्रपाको निर्णयसँगै संविधान संशोधन प्रस्ताव पारित नहुने सम्भावना बढेको छ। राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संविधान संशोधनमा रहेका केही दफा राष्ट्रहित अनुकूल नभएको निर्णय गरेको छ।

संविधान संशोधनका दफा राष्ट्रहित अनुकूल छैनन् : राप्रपा

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले ‘संविधान संशोधन विधेयकका दफा राष्ट्रहित अनुकूल नभएको’ भन्दै संशोधन विधेयक यथास्थितिमा राख्नुपर्ने बताएको छ। सोमबार बसेको केन्द्रीय कार्य सम्पादन समिति बैठकले सत्तारुढ दल भए पनि राप्रपा संविधान संशोधन प्रक्रियामा सामेल नरहेको प्रस्टिकरण दिएको छ।

राप्रपाः विधान संशोधन सुझाव समितिमा तामाङ

राष्ट्रिय प्रजातन्त्र पार्टीले बुद्धिमान तामाङको संयोजकत्वमा आठ सदस्यीय पार्टीको विधान संशोधन सुझाव समिति गठन गरेको छ।

सतारूढ राप्रपा अझै अनिर्णीत

संविधान संशोधन प्रस्तावलाई लिएर दलहरूबीच दूरी बढिरहेका बेला सत्तारूढ घटक राष्ट्रिय प्रजातन्त्र पार्टी भने अनिर्णीत देखिएको छ।संसद्मा प्रस्तावका पक्षमा दुईतिहाइ बहुमत पुर्‍याउन राप्रपाको समर्थन अनिवार्य भए पनि सो दलले अझैसम्म ठोस निर्णय गर्न सकेको छैन। यो दलका ३७ सांसद छ।

एकीकरणपछिको राप्रपा

सत्ताइस वर्षको अवधिमा अनेक पटक फुट्दै र जुट्दै गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दुईधार अहिले मिलेका छन्। निर्वाचनका समयमा फुट्ने र सामान्य अवस्थामा जुट्ने रोगबाट ग्रस्त यो बूढा बाघहरूको पार्टी एकीकरणको विश्लेषण त्यति हुन सकिरहेको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्