काठमाडौं- आगामी फागुन ६ देखि ९ गतेसम्म काठमाडौंमा हुने भनिएको राप्रपाको पहिलो एकता महाधिवेशन सफल पार्न पार्टी अध्यक्ष कमल थापाको संयोजकत्वमा ५ सय १ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ।
राप्रपा राष्ट्रिय कार्यसम्पादन समितिको सोमबार बसेको बैठकले समितिमा पशुपतिशमसेर राणा, लोकेन्द्रबहादुर चन्द, डा. प्रकाशचन्द्र लोहनीलगायतलाई राख्ने निर्णय गरेको छ। बैठकले ११ वटा उपसमिति बनाउने निर्णय पनि गरेको छ।
महाधिवेशनका क्रममा पार्टी अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष थापा, वर्तमान राष्ट्रिय अध्यक्ष पशुपतिशमसेर राणा र वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले उम्मेदवारी दिने भएका छन्। प्रतिस्पर्धा भने थापा र राणाबीच नै हुने अनुमान पार्टी कार्यकर्ताले गरेका छन्। महाधिवेशनमा थापाले राजतन्त्रको अजेन्डा र राणाले गणतन्त्रको अजेन्डा उठाउने भएका छन्। दुवैजनाले यति बेला कार्यकर्ताको मनोविज्ञान बुझ्ने काम गरिरहेका छन्।
प्रकाशित: ४ माघ २०७३ ०२:१९ मंगलबार