१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

पातारासी गाउँपालिकालाई एम्बुलेन्स

गणतन्त्र दिवसका अवसरमा भारतीय दूतावासले जुम्लाको पातारासी गाउँपालिकालाई एम्बुलेन्स उपहार दिएको छ। दूतावासले गाउँपालिकाका अध्यक्ष लछिमान बोहोरालाई काठमाडौं बोलाएर शुक्रबार एम्बुलेन्स हस्तान्तरण गरेको हो।

सुत्केरी हुने महिलालाई निःशुल्क एम्बुलेन्स सेवा

रुकुम पश्चिमको आठविसकोट नगरपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिलालाई निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ।

मोरङमा एम्बुलेन्स दुर्घटना हुँदा पाँच घाइते

मोरङमा बिरामी बोकेको एम्बुलेन्स गएराति दुर्घटना हुँदा पाँचजना घाइते भएका छन्।  इलामबाट बिरामी बोकेर सुनसरीको धरानतर्फ गइरहेको मे१च १२९५ नं को एम्बुलेन्स सुन्दरहरैचा–७मा अनियन्त्रित भई दुर्घटना भएको प्रदेश नं–१को विराटनगरस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ।

एक एम्बुलेन्स् चालकको अनुभव

‘सीप सिके’ कुनै न कुनैबेला काम लाग्छ। त्यस्तै भयो खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कका नारायण सुयललाई।

एम्बुलेन्सले स्कुटरलाई ठक्कर दिँदा तीनको मृत्यु

कोशी राजमार्ग अन्तर्गत सुनसरीको इटहरी वडा नं. २ हलगढामा आइतबार राति एम्बुलेन्सले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार तीन जनाको मृत्यु भएको छ।  राति १०.४५ बजे को १ च ७००९ नम्बरको एम्बुलेन्सले को ३२ प ४६७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा चालक इटहरी वडा नं. २ का ४५ वर्षीय डुकबहादुर कार्की, पाल्पा भैरवस्थान वडा नं. ४ का ४० वर्षीय निर्मल गौतम र सुनसरी चक्रघटीकी ४६ वर्षीया सरिता काफ्लेको मृत्यु भएको हो।

एम्बुलेन्स र स्कुटर ठोक्किँदा तीनको मृत्यु

सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–४ को हलगडास्थित इटहरी धरान सडकखण्डमा गए राति पौने ११ बजेतिर एम्बुलेन्स र स्कुटर एक आपसमा जुधेर भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

एम्बुलेन्स दुर्घटनामा चालकको निधन

तादी गाउँपालिका–४ सुन्दरादेवीको बाह्रबीसेमा गए राति एम्बुलेन्स दुर्घटना हुँदा मकवानपुर मनहरि घर भएका चालक सन्दीप भारतीको मृत्यु भएको छ।

एम्बुलेन्स दुर्घटना हुँदा एकको मृत्यु

तादी गाउँपालिका–४ सुन्दरादेवीको बाह्रबिसेमा गएराति एम्बुलेन्स दुर्घटना हुँदा मकवानपुर मनहरीका सन्दीप भारतीको मृत्यु भएको छ ।

बाटो नपाउँदा एम्बुलेन्समै जान्छ ज्यान

‘एसी भएको कारमा झ्याल बन्द गरेर कार चलाएका हुन्छन्, एम्बुलेन्सको हर्न नै सुन्दैनन्, बाटो पाउन हर्न बजाउँदा ‘जाम छ देख्दैनस्’ भन्दै हकार्छन् ।’

टिपरले एम्बुलेन्सलाई ठक्कर दिँदा एकको मृत्यु, चार घाइते

बाराको निजगढ नजिक पूर्वपश्चिम महेन्द्र राजमार्गमा टिपरले एम्बुलेन्सलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने अन्य चारजना घाइते भएका छन् ।

बाढीमा एम्बुलेन्स डुब्यो, गर्भवतीसहित ६ जनाको मृत्यु

परोहाबाट सुत्केरी गराउन अस्पताल लैजाँदै गरेको गाडी बाढीले डुबाउँदा ६ जनाको ज्यान गएको छ । भारतीय नम्बर प्लेटको गाडीमा सदरमुकाम गौर लैजाँदै गर्दा राजपुर फरहदवाचोकस्थित लालबकैया नदीमा एम्बुलेन्स डुबेको थियो ।

एम्बुलेन्समा १२ बोरको बन्दूक, अस्पतालबाट विरामी पक्राउ

बुटवलको एक निजी अस्पतालमा आज दुर्घटनामा घाइते भई उपचार गर्न आएका घाइते हतियारसहित पक्राउ परेका छन्। बुटवलस्थित जेनिथ हस्पिटल प्रालिमा उपचारार्थ आएका नवलपरासी सुनवल नगरपालिका–३ का भागवीर पुनलाई प्रहरीले आज बाह्रबोरको हतियारसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय बुटवलका नायब प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले बताए।

कामपाद्वारा नेपाली सेनालाई एम्बुलेन्स हस्तान्तरण

काठमाडौं महानगरपालिकाले नेपाली सेना जङ्गी अड्डालाई एउटा एम्बुलेन्स हस्तान्तरण गरेको छ।

बाग्लुङमा एम्बुलेन्स किन्न बेलायतबाट सहयोग

गैरआवासीय नेपाली संघका प्रमुख संरक्षक जीवा लामिछानेद्वारा लिखित ‘सरसर्ती संसार’को लन्डनमा भएको बिक्रीबाट जम्मा भएको रकम बाग्लुङमा एम्बुलेन्स खरिद गर्न खर्चिने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्