६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

कामपाद्वारा नेपाली सेनालाई एम्बुलेन्स हस्तान्तरण

काठमाडौं—काठमाडौं महानगरपालिकाले नेपाली सेना जङ्गी अड्डालाई एउटा एम्बुलेन्स हस्तान्तरण गरेको छ। 

यहाँ आयोजना गरेको एक कार्यक्रमबीच कामपाको कार्यकारी अधिकृत रुद्रसिंह तामाङले नेपाली सेनाका उपरथी डा.किशोरजङ्ग राणालाई सो एम्बुलेन्स हस्तान्तरण गरेका हुन्। बा १ झ ९१४७ नं. को सो एम्बुलेन्स महानगरपालिकाको स्वामित्वमा रहेको थियो। 

सो अवसरमा कार्यकारी अधिकृत तामाङले नेपाली सेना र महानगरबीच सहरी सुरक्षा र सुन्दरता अभिवृद्धिका क्षेत्रमा सहकार्य भइरहेको बताउँदै नागरिकको अड्डा र सुरक्षा अड्डाबीचको सम्बन्धबाट नागरिकले प्रत्यक्ष लाभ लिने विश्वास व्यक्त गरे। 

नेपाली सेनाका उपरथी डा.राणाले नेपाली सेनाले पदबहाल रहेका सेना र तिनका परिवार तथा सेवा निवृत्त सेना र तिनका परिवारका लागि मात्र नभई आपत् विपद्मा रहेका नागरिकको सेवामा पनि समर्पित रहँदै आएको बताउँदै महानगरपालिकाले उपलब्ध गराएको एम्बुलेन्स त्यस्तै सेवामा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। 

आकस्मिक स्वास्थ्य उपचारमा प्रयोग हुने सामग्री समाविष्ट घुम्ती (रिमुभेवल) अस्पतालसहितको उक्त एम्बुलेन्स महानगरपालिकालाई चीन सरकारले अनुदान सहयोगमा उपलब्ध गराएको थियो। 

एम्बुलेन्समा एउटा फायर इस्टिङ्गग्विसर, दुई वटा अक्सिजन सिलिन्डर, दुई वटा टेलिफोन सेट, एउटा रियर भ्यु मोनिटर, एउटा ग्लास ब्रेकर, एउटा स्पेयर टायर, दुई वटा ब्याट्री लगायतका सामग्री तथा उपकरण छन्। रासस

प्रकाशित: १३ माघ २०७३ १३:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App