१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

आजदेखि मुग्लिन सडक थप आधा घण्टा बन्द, एम्बुलेन्स मात्र चल्ने

राजधानी काठमाडौंलाई देशको पूर्वी–पश्चिम जोड्ने मुख्य मार्ग मानिएको नारायणगढ–मुग्लिन सडक खण्ड आज मंगलबारबाट थप आधा घण्टा बन्द हुने भएको छ। सडक विस्तारको कामलाई तिब्रता दिन आज बिहान साढे १० बजेबाटै सवारी गुड्न रोक लगाइएको छ। पुस सात गतेदेखि ११ बजेबाट दिउँसो तीन बजेसम्म चारघण्टा बाटो बन्द हुने गरेको थियो।

सुत्केरी बोकेको एम्बुलेन्स दुर्घटना

सुत्केरी गराउन गर्भवती महिला बोकेर गाउँबाट सदरमुकाम आउँदै गरेको एम्बुलेन्स दुर्घटनामा परेको छ। आइतबार राति जिल्लाको लादुक गाउँबाट चरिकोट आउँदै गरेको बा २ ख १५८६ नम्बरको एम्बुलेन्स दुर्घटनामा पर्दा सुत्केरी गराउन ल्याउँदै गरेकी महिलासहित ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

एयर एम्बुलेन्स दुर्घटना हुँदा चारको मृत्यु

एयर एम्बुलेन्स दुर्घटना हुँदा अमेरिकामा चार जनाको मृत्यु भएको छ। उडिरहेको सानो जहाज पृथ्वीमा बजारिएपछि आगलागी भएको थियो।

सामाजिक सञ्जालबाट रकम संकलन गरेर गाउँमा एम्बुलेन्स सेवा

स्याङ्जाको श्री कृष्ण गण्डकी गाविस–६ मा रहेको ध्रुबज्योती माध्यमिक विद्यालयका पूर्व विद्यार्थीले उठाएको रकमबाट गाउँमा एम्बुलेन्स सेवा सुरू भएको छ।

आइल्यान्डले एम्बुलेन्सलाई समस्या

सडकमा एम्बुलेन्स आए बाटो छाडेर अघि जान दिनुपर्छ। बिरामी बोक्ने एम्बुलेन्स एक मिनेटमात्रै छिटो अस्पताल पुगे बिरामीको जीवन जोगिन्छ। तर राजधानीस्थित वीर अस्पतालको मुख्य प्रवेशद्वार अघि ट्राफिक आइल्यान्ड बनाउने भन्दै सडकमा संरचना बनाएपछि एम्बुलेन्स अस्पतालभित्र लैजान नै समस्या भएको छ।

बस, जीप र एम्बुलेन्स ठोक्किँदा एकको मृत्यु, चार घाइते

पूर्व पश्चिम राजमार्गको चितवन टिकौलीमा आइतबार दिउँसो बस, एम्बुलेन्स र जीप एक आपसमा ठक्कर खाँदा एक जनाको निधन भएको छ। सो घटनामा अन्य चारजना घाइते भएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

एम्बुलेन्स र ट्याक्टर जुध्दा दुईजनाको मृत्यु

सुनसरीको सिमरियामा शनिबार राति एम्बुलेन्स र ट्याक्टर जुध्दा दुईजनाको मृत्यु भएको छ। इनरुवा–दुहवी सकडखण्डको सिमरिया–२ मा दुहवीबाट इनरुवातर्फ आउँदै गरेको को१त १८९ नंको ट्याक्टर र सिरहाको गोलबजारबाट विराटनगरतर्फ जाँदै गरेको स१च ८९४ नंको एम्बुलेन्स एकआपसमा जुध्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

एम्बुलेन्सको सट्टा हेलिकप्टरकाे प्रयाेग बढ्दाे

बिहीबार तानसेनको आकाशमा अचानक हेलिकप्टरको आवाज आयो। मर्निङ्गवाक गर्नेदेखि चौरमा गफिनेसम्म सबैको ध्यान उतैतर्फ लाग्यो।

शशांकलाई एअर एम्बुलेन्सबाट बाहिर लैजाने अवस्था छैनः अस्पताल

गम्भीर अवस्थामा उपचाररत नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई एअर एम्बुलेन्सबाट बाहिर उपचार गर्न लैजानसक्ने अवस्था नरहेको अस्पतालले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्