२० आश्विन २०८१ आइतबार
image/svg+xml

मंसीर ५ देखि लुम्बिनी महोत्सव हुने

‘राष्ट्रिय स्वाधिनताको लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रका लागि राष्ट्रिय औधोगिकीकरण तथा व्यापार विविधिकरण’ भन्ने नाराका साथ उद्योग व्यापार संगठन रुपन्देहीले आगामी मंसिर ५ गतेदेखि १६ गतेसम्म महोत्सवको आयोजना गर्न लागेको हो।

पैसा लुट्न गोली हानेर व्यक्तिको हत्या गर्ने भारतीय सुटर पक्राउ

गत भदौ २९ गते रोहिणी गाँउपालिका ३ रोहिणी खोला नजिक भएको हत्याकाण्डका सुटर पक्राउ परेका छन्। रुपन्देही प्रहरीले हत्यामा संलग्न भारतीय नागरिक गोरखपुर थाना कम्पियरगंज मछरी गाँउ बस्ने वर्ष ४० को मनीष हरिजन(चमार) लाई पक्राउ गरी सार्वजनिक गरेको हो।

अमलेखगन्ज डिपोबाट भैरहवा र विराटनगरमा पनि डिजेल आपूर्ति

भारतीय आयल निगमको डिपोहरुबाट भैरहवा र विराटनगरको लागि डिजेल आपूर्ति गर्दै आएको नेपाल आयल निगमले अहिले अमलेखगन्ज डिपोबाट नै भैरहवा र विराटनगरको लागि आपूर्ति गर्न थालेको छ।

माेटरसाइकलमा सवार सिमेन्टका कर्मचारीले बाेकेकाे पैसाकाे झाेला लुटपाट

भैरहवामा फेरि पैसा लुटपाट भएको छ। बिहिबार रिलायन्स सिमेन्टको कर्मचारी २८ वर्षीय अविनिष त्रिपाठी (पंकज)बाट अज्ञात समूहले रकम लुटपाट गरेको हो।

भैरहवाबाट दसैंलाई पाँच अर्बको कार, मोटरसाइकल र एक अर्बको कपडा

बजारमा अहिले किनमेलको मुख्य सिजन हो। असत्यमाथि सत्यको विजयको प्रतिक मानिने दसैंमा राम्रै लगाउने र मीठै खाने पर्वको रुपमा मनाइन्छ। त्यसैले दसैं, तिहार र छठजस्ता पर्वमा बजार गुल्जार हुन्छ। लत्ताकपडा, खाद्यान्न, माछामासु र सवारी साधनको बिक्री यो बेला बढ्छ। बुटवल भैरहवाको बजारमा पनि दसैं किनमेलको चहलपहल सुरु भइसकेको छ।

१२ वर्षीय छात्रले पारसलाई गरे बोल्ड, पढाई र खेललाई सँगै लैजान सुझाव (फोटो फिचर)

नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले क्रिकेटर बन्नका लागि पढाई र खेललाई सँगसँगै निरन्तरता दिनुपर्ने बताएका छन्। स्टार क्रिकेट एकेडमीको आयोजना तथा एक्सपर्ट एजुकेशनको समन्वयमा क्रिकेटरलाई प्रशिक्षण दिन भैरहवा आएका कप्तान खड्काले खेलाडीलाई पढाई र क्रिकेटलाई सँगसँगै लैजान सम्भव भएकोले त्यसका लागि समय व्यवस्थापन गर्न सुझाव दिए।

खुर्सानी र टोस्टको खोलमा लागुऔषध

भैरहवा नाकाबाट प्राय दिनानुदिन लागुऔषध बरामद भइरहेको हुन्छ। कहिले शरीरमा लुकाएर खानतलासी गर्दा भेटिन्छ त कहिले व्यागमा। सुरक्षा निकायले जति कडाई गरे पनि लागुऔषध तस्करहरुले नयाँनयाँ तरिकाबाट लागुऔषध भित्र्याइरहेका छन्।

भैरहवाबाट ४७ अर्बको सवारीसाधन र इन्धन आयात

भैरहवा भन्सारबाट एक वर्षमा साढे ४३ अर्बको सवारी साधन र इन्धन आयात भएको छ। गत आर्थिक वर्ष ०७५/७६ मा यो नाकाबाट २३ अर्ब ३७ करोड ५९ लाख मूल्यबराबरका सवारीसाधन आयात भएको छ।

विद्यालय बन्द, बिरामीको संख्या बढ्यो

अत्याधिक गर्मी भएपछि स्थानीयहरु घरबाहिर निस्केका छैनन्। विद्यालय बन्द छन् भने अस्पतालमा बिरामीको संख्या बढेको छ।

कच्चा पदार्थ नपाउँदा लक्ष्यअनुसार काम भएन

प्रदेश ५ सरकारले वर्ष २०७६ लाई लुम्बिनी भ्रमण वर्षको रुपमा घोषणा गरेको छ। २५६३औं बुद्ध जयन्तीमा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि औपचरिक उद्घाटन समेत गरेकी छन्। प्रदेश सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्षमा सबैभन्दा ठूलो चुनौतीका रुपमा निर्माणाधीन भैरहवा–तौलिहवा सडक रहेको छ। लुम्बिनी पुग्ने पर्यटकले सबैभन्दा बढी प्रयोग गर्ने यो बाटो अहिले धुलैधुलो भएको छ। धुलो र निर्माणाधीन बाटोका कारण लुम्बिनी जाने आन्तरिक तथा बाह्य पर्यटक सास्ती खेप्न बाध्य छन्।

कच्चा पदार्थ नपाउदा लक्ष्यअनुसार काम भएन

प्रदेश ५ सरकारले वर्ष २०७६ लाई लुम्बिनी भ्रमण वर्षको रुपमा घोषणा गरेको छ। २५६३औं बुद्ध जयन्तीमा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि औपचरिक उद्घाटन समेत गरेकी छन्। प्रदेश सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्षमा सबैभन्दा ठूलो चुनौतीका रुपमा निर्माणाधीन भैरहवा–तौलिहवा सडक रहेको छ। लुम्बिनी पुग्ने पर्यटकले सबैभन्दा बढी प्रयोग गर्ने यो बाटो अहिले धुलैधुलो भएको छ। धुलो र निर्माणाधीन बाटोका कारण लुम्बिनी जाने आन्तरिक तथा बाह्य पर्यटक सास्ती खेप्न बाध्य छन्।

बिना भन्सार भित्रिएको कन्टेनरबारे अख्तियारले थाल्यो छानबिन

बिना भन्सार भैरहवा नाकाबाट मालबाहक कन्टेनर नेपाल भित्र्याइएको घटनाका सम्बन्धमा अख्यिारले छानबिन थालेको छ। जेठ पहिलो साता लाखौ मूल्यका सामान बोकेको कन्टेनर भैरहवा भन्सारभित्रै नपसी मुल सडक हुँदै भैरहवातर्फ आएको थियो। सो घटनामा कर्मचारी र सुरक्षाकर्मीहरुको संलग्नता बारे अख्तियारले  अनुसन्धान थालेको हो।

भैरहवामा गोली चल्योः हतियारसहित एक भारतीय पक्राउ, तीन प्रहरी घाइते

रुपन्देहीको सिद्धार्थनगर पालिकामा वडा नं. १० शंकरपुर दशगजा क्षेत्रमा बिहीबार साँझ ५ बजेतिर गोली चलेको छ। भारतबाट हतियार लिएर नेपाल प्रवेश गरेका एक व्यक्तिलाई नेपाल प्रहरीले नियन्त्रणमा लिन खोज्दा भारतीय पक्षबाट ३०/३५ जनाको समूहले प्रहरी माथिनै आक्रमणको प्रयास गर्दा आत्मरक्षाका लागि प्रहरीले गोली एक राउण्ड गोली चलाएको हो।

भैरहवाबाट आठ महिनामा ११ अर्बको चामल र आलुप्याज आयात

आयात प्रतिस्थापन गर्दै देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने सरकारी योजना र बजेटको प्रभावकारी कार्यान्वयन नहुँदा खाद्यान्नको परनिर्भता हरेक बर्ष बढ्दो छ। कृषिमा अर्बौ रुपैँया खर्च गरिएपनि खाद्यान्नको परनिर्भता घट्नुको साटो बढ्दै गएको भन्सारको तथ्याङ्कले पुष्टि गर्छ। रुपन्देहीको बेलहिया नाकाबाट मात्रै पछिल्लो ८ महिनामा ११ अर्बको चामल र तरकारी आयात भएको छ।

भैरहवा भन्सारको व्यापार घाटा आठ महिनामै डेढ खर्ब नाघ्यो

साउनदेखि फागुन मसान्तसम्मको व्यापार घाटा एक खर्ब ५५ अर्ब १८ करोड ८३ लाख पुगेको भन्सार कार्यालयले जनाएको छ। गत वर्षको तुलनामा चालु वर्षको घाटा १८ अर्ब ४१ करोड ३२ लाखले बढी हो। गत वर्षको सोही अवधिको घाटा एक खर्ब ३६ करोड ७७ लाख थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्