५ आश्विन २०८१ शनिबार
image/svg+xml

बसले च्याप्यो साइकलमा सवार दुई बालक

कैलालीमा बिहीबार भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन्।

दाहालका निम्ति ‘टीकापुर नरसंहार’ राजनीतिक

थुनामा रहेका व्यक्तिहरूलाई मुक्त गर्न राजपाले दिइरहेको दबाबविरुद्ध नेकपाका धेरै नेताहरूले बोलेका छन्। उनीहरूले सांसद चौधरीलगायतलाई नछाड्न दबाब दिइरहेका छन्। दाहालको प्रतिक्रियासँगै कैलाली घटनालाई लिएर सत्तारुढ दलभित्रै विवाद अरु बढ्ने देखिएको छ।

चितुवाको छालासहित दुई पक्राउ

गोदावरी नगरपालिका, अत्तरिया क्षेत्रबाट दुई थान चितुवाको छालासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

कैलाली भन्सारको राजस्व २४ प्रतिशत बढ्यो

सुदूरपश्चिम प्रदेशको कैलाली भन्सार कार्यालयले गत आर्थिक वर्षमा अघिल्लो वर्षभन्दा २४ प्रतिशत बढी राजस्व संकलन गरेको छ। अघिल्लो आर्थिक वर्षमा चार अर्ब २१ करोड राजस्व संकलन भएकोमा २०७५/०७६ मा पाँच अर्ब १९ करोड ७५ लाख राजस्व संकलन भएको हो। यो अघिल्लो वर्षको राजस्व भन्दा २४ प्रतिशतले बढी हो।

१३ बर्षीया किशोरीको सामूहिक बलात्कार, ३ जना पक्राउ

कैलालीमा एक किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका १५ का २४ बर्षीय बिजय चौधरी, ४० बर्षीय झगडु चौधरी र वडा नम्बर ७ का २६ बर्षीय कुट्टु चौधरी रहेका छन्। तीनै जनालाई अदालतबाट म्याद थप गरेर प्रहरी हिरासतमा राखिएको छ।

कैलाली र कञ्चनपुरका हुरी पीडितलाई राहत र क्षतिपूर्ति दिन कांग्रेसको माग

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कैलाली र कञ्चनपुरका हावाहुरी पीडितलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ।

हावाहुरीले करोडौंको केरा नष्ट

शनिबार साँझ आएको हावाहुरीले कैलालीमा करोडौंको केराखेती नष्ट भएको छ। हावाहुरीका कारण किसानका लाखौं केराका बोट ढलेका छन्।

ट्रकको ठक्करबाट जिसस कैलालीका लेखापालसहित दुईको मृत्यु

मिनीट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा कैलालीमा मोटरसाइकलमा सवार दुईको मृत्यु भएको छ। कैलालीको गोदावरी नगरपालिका–९ बल्मीमा सोमबार साँझ साढे सात बजे भएको दुर्घटनामा जिल्ला समन्वय समिति कैलालीका लेखापाल तेजबहादुर रावल र डडेल्धुरा नवदुर्गा गाउँपालिकाका वीरबहादुर रावलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

कैलालीका दुई ठाउँमा सीमा समस्या

कैलालीका टीकापुर नगरपालिका र धनगढी उपमहानगरपालिकाका दुई ठाउँमा सीमा विवाद देखिएको छ। विवाद देखिएपछि नेपाल–भारत द्विदेशीय सीमा सर्भे टोलीले टीकापुर–८ खक्रौला र धनगढी–१४ फूलबारीस्थित चारवटा सीमास्तम्भ पुनर्निर्माणको काम स्थगन गरेको छ। टोलीका अनुसार खक्रौलास्थित ७०४/५ नम्बरको सीमास्तम्भ सार्नुपर्ने र फूलबारीस्थित ७४२, ७४२/१, ७४२/२ र ७४२/३ नम्बरका सीमास्तम्भ पुनर्निर्माण गर्नुपर्ने देखिन्छ। फूलबारीका सबै सीमास्तम्भ हराइरहेको अवस्था छ।

रेशम चौधरीको सांसद पद नरहने

कैलाली जिल्ला अदालतले बुधबार जन्मकैदको सजाय सुनाएपछि राष्ट्रिय जनता पार्टीका रेशमलाल चौधरीको सांसद पद नरहने भएको छ। संविधानको धारा ८७ बमोजिम नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय पाएको व्यक्ति सांसद सदस्य हुन नपाउने व्यवस्था छ। त्यस्तै, संविधानको धारा ८९ को खण्ड (ख) मा धारा ८७ बमोजिम योग्यता नभएमा पनि सांसद सदस्यको स्थान रिक्त रहने उल्लेख छ।

टीकापुर घटना : सांसद रेशम चौधरीसहित ११ लाई जन्मकैद

कैलाली जिल्ला अदालतले टीकापुर घटनामा सांसद रेशम चौधरी सहित ११ जनालाई दोषी देखाउँदै जन्मकैदको फैसला सुनाएको छ।

टिप्परको ठक्करबाट कैलालीमा बालकको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको घोडाघोडी नगरपालिका–१ सुख्खडमा टिप्परको ठक्करबाट बिहीबार एक बालकको मृत्यु भएको छ।

सीमामा भारतीय ड्याम, १३ सय परिवार डुबानको जोखिममा

सीमा नजिकै भारतीय पक्षले एकतर्फी रुपमा ड्याम निर्माण गर्न थालेको छ। भारतीय पक्षले कैलारी गाउँपालिकाको वडा नम्बर ३, ५ र ७ को सीमामा ड्याम निर्माण गर्न थालेको हो। सन्धि सम्झौता विपरीत मनपर्दी तरिकाले सीमामा आफूखुसी भारतीय पक्षले ड्याम निर्माण गर्न थालेपछि यो क्षेत्रको बस्ती डुबानको उच्च जोखिममा परेको छ।

ठेकेदारको मनपरी, नदीमै क्रसर उद्योग

कैलालीका स्थानीय तहले नियमित नियमन र अनुगमन नगर्दा नदीजन्य पदार्थको दोहन तीव्र रुपमा भइरहेको छ। स्थानीय तहले नदीजन्य पदार्थ उत्खननका लागि ठेकेदारलाई ठेक्का दिइसकेपछि नियमन र अनुगमन नगर्दा जथाभाबी दोहन बढेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्