५ आश्विन २०८१ शनिबार
image/svg+xml

श्रीमतिको हत्या गरी आफैं आत्महत्या

कैलालीको जानकी गाउँपालिका–७ गोलौरीमा एक व्यक्तिले श्रीमतिको हत्या गरी आफैं आत्महत्या गरेका छन्। इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार आइतबार बिहान साढे ५ बजेतिर ३५ वर्षका प्रेमलाल चौधरीले ३२ वर्षकी श्रीमति रमा चौधरीको हत्या गरी आफैं आत्महत्या गरेका छन्।

घुस रकम सहित फरेष्टर पक्राउ

सव डिभिजन वन कार्यालय भजनी कैलालीका फरेष्टर घुस रकम सहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुरबाट खटिएको टोलीले फरेष्टर हरिश्चन्द्र कुमारलाई सेवाग्राहिबाट नगद १० हजार लिइसकेको अवस्थामा उनकै कार्यालयबाट विहिबार पक्राउ गरेको जानकारी दिएको छ।

ट्याक्टर दुर्घटनामा २ जनाको मृत्यु, १ घाइते

कैलालीको बर्दगोरीया गाउँपालिका–२ मा मंगलबार भएको ट्याक्टर दुर्घटनामा २ जनाको ज्यान गएको छ भने १ जना घाइते भएका छन्।

डा. केसीको समर्थनमा कैलालीदेखि अनशनमा

डाक्टर के.सी को सत्यग्रहको समर्थनमा बसन्तपुर डबलमा सामूहिक सत्यग्रह जारी छ। अधिकांश युवाले भरिएको सत्यग्रहमा एक जना वृद्ध दम्पतिसमेत छन्।

कटैनी खोलामा डुबेर कैलालीमा दुई बालकको मृत्यु

कैलालीको गौरीगंगा नगरपालिका–११, शिवपुरमा रहेको कटैनी खोलामा डुबेर दुई बालकको मृत्यु भएको छ।

कैलालीमा १ को मृत्यु, सयभन्दा बढी घर डुबानमा

आइतबार रातीदेखि परिरहेको अविरल बर्षाले कैलालीमा घर भत्किएर १ जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन्।

कैलाली पुगेर देउवाको प्रश्न: प्रधानमन्त्री बन्ने मान्छे टुंगो नलाग्दै कसलाई सत्ता सुम्पिनु ?

रधानमन्त्री शेरबहादुर देउवाले बहुमत प्राप्त प्रधानमन्त्री बन्ने टुंगो लाग्ने बित्तिकै सत्ता हस्तान्तरण गर्न तयार भएको बताएका छन। प्रधानमन्त्री को बन्ने भन्ने टुंगो नै नलागेकाले कसलाई सत्ता हस्तान्तरण गर्ने उनको प्रश्न छ। आइतवार कैलालीको गोदावरी धाममा १२ राशी मकर मेलाको उदघाटन गर्दै देउवाले अर्थहिन र भ्रम फैलाउने उद्येश्यले आफुलाई सत्ता नछोडेको आरोप लगाएको बताएका छन्।

कैलालीको लम्कीमा दुई बस ठोक्कियो, सात गम्भीर

कैलालीको लम्कीचुहा नगरपालिका ८ गुलरामा आज बिहान आठ बजे दुई बस एक आपसमा ठक्कर खाँदा सात जना गम्भीर घाइते भएका छन्।

कैलालीमा वर्षकै बढी चिसो : विद्यालय बन्द, हवाई उडान अवरुद्ध

कैलालीमा अत्यधिक चिसो बढेर जनजीवन कष्टकर बनेको छ। जिल्लामा सोमबार यस बर्षकै सबैभन्दा बढी चिसो भएको छ। जल तथा मौसम बिज्ञान बिभाग फिल्ड कार्यालय अत्तरियाका अनुसार सोमबार कैलालीको तापक्रम यस बर्षको सबैभन्दा कम २.५ डिग्रीमा झरेको छ। अधिकतम तापक्रम ११ डिग्री सेल्सियस रहेको छ।

पूर्वराजाद्वारा कैलालीको शिवपुरी धामको दर्शन

पूर्वराजा ज्ञानेन्द्र शाहले बुधबार धनगढीको उत्तरबेहडी–४ स्थित शिवपुरी धामको दर्शन गरेका छन्। पूर्वराजा शाहले धनगढीकोे शिवपुरी धाम परिसरमा रहेको १०८ फिट अग्लो उत्तररामेश्वरम ज्योर्तिलिंगको दर्शन गर्ने क्रममा आफू यस धार्मिक क्षेत्रको दर्शनका लागि इच्छुक रहेको र यो अरु केही नभई विशुद्ध धार्मिक यात्रा रहेको बताए।

कैलाली १ मा रेशम चौधरी २० हजार बढी मतान्तरले विजयी

वारेसनामामार्फत् उम्मेदवारी दिएका रेशमलाल चौधरी कैलाली क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि निर्वाचित भएका छन्। उनी २० हजार ९३४ मतान्तरले विजयी भएका हुन्। उनका निकट्तम प्रतिद्वन्द्वी एमालेकी गरिमा शाहले १३ हजार ४०६ मत ल्याइन् भने नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेले ११२०३ मत ल्याइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्