५ आश्विन २०८१ शनिबार
image/svg+xml

कैलाली ३ र ४ मा वाम गठबन्धन विजयी

कैलालीको निर्वाचन क्षेत्र नं ३ र ४ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा वाम गठबन्धन विजयी भएको छ।  आज बिहान सार्वजनिक गरिएको मत गणनाको अन्तिम नतिजाअनुसार निर्वाचन क्षेत्र नं ४ मा माओवादी केन्द्रका नेता लेखराज भट्ट ३१ हजार ३५९ मत प्राप्त गरी विजयी भएका छन्।

रामजनमलाई हराउँदै कैलाली ३ मा गौरीशंकर विजयी

कैलाली क्षेत्र नम्बर ३ मा माओवादीका उम्मेदवार गौरीशंकर चौधरी विजयी भएका छन्। उनले २४ हजार ८७९ मत ल्याएर विजयी भएका हुन्। उनका निकट्तम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजमनम चौधरीले २० हजार ४९४ मत ल्याए।

कैलाली घटनाका अभियुक्त रेशम चौधरीको फरक प्रचारशैली

कैलालीको क्षेत्र नम्बर १ मा सबै उम्मेदवारले समाजिक सद्भावलाई मुख्य ऐजेण्डा बनाएका छन। फरार सुचिमा रहेका कैलाली क्षेत्र नम्बर १ मा राजपावाट प्रतिनिधी सभा सदस्य उम्मेदवार रेशम चौधरीलेसमाजिक सद्भावका लागि मत मागिरहेका छन्। उनले भाषण गरेको भिडियो रेकर्ड ल्यापटपबाट ठाउँठाउँमा सुनाएर प्रचार प्रसार तीब्र पारेका छन्।

कैलालीको चुरेमा बस दुर्घटना हुँदा ३ को मृत्यु ३३ घाइते

बैतडीको मेलौरीबाट महेन्द्रनगर आइरहेको यात्रुवाहक वस भीमदत्त पन्त राजमार्ग अन्तर्गत कैलालीको चुरे गाउँपालिका–३ धपेनीमा आइतवार विहान दुर्घटनाग्रस्त हुदाँ ३ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन्। बैतडीको मेलौलीबाट छुटेको कञ्चनपुरको पवनदूत यातायातको ना ७ ख २७२३ नंम्वरको वस आइतवार बिहान ५ वजेतिर सडकवाट तल खस्दा दुर्घटना भएको हो।

कैलालीमा बस दुर्घटना, २७ जना घाइते

बैतडीको मेलौलीबाट भीमदत्तनगर आउँदै गरेको यात्रुबाहक बस कैलालीको चुरे गाउँपालिका–३ धपेनी भन्ने ठाउँमा आज बिहान दुर्घटना हुँदा २७ जना घाइते भएका छन् ।

कैलालीबा १८ जनाले लिए उम्मेदवारी फिर्ता

प्रदेश नम्बर ७ को सबैभन्दा बढी पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिएका १८ जनाले मनोनयन फिर्ता लिएका छन्।

कैलाली ५ मा कस्ले मार्ला बाजी ?, आरजु र नारदमुनिबीच रोचक प्रतिस्पर्धा

गत संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनाव लडेको प्रदेश नम्बर ७ को महत्वपूर्ण मानिएको निर्वाचन क्षेत्र कैलाली ५ मा यस पटकको चुनावमा कस्ले बाजी मार्ला भनेर यहाँ चिया पसलदेखि सर्वत्र चर्चा, परिचर्चा सुरु भएको छ ।

कैलालीमा काँग्रेसका २४३ जना उम्मेदवारको आकांक्षी

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेस कैलालीले आकांक्षीको नाम छनौट गरी केन्द्रीय समितिमा पठाएको छ।  नेपाली काँग्रेस कैलालीले जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रबाट उम्मेदवारका आकांक्षी देखिएका २४३ जनाको नाम बिहीबार केन्द्रीय समितिमा सिफारिस गरेको हो।

कैलाली कारागारबाट ११ कैदी मुक्त

दशैंको अवसरमा कैलाली जिल्ला कारागार शाखाबाट ४० प्रतिशत कैद भुक्तान गरेका ११ कैदीलाई बाँकी कैद मिनाहा गरी मुक्त गरिएको छ । असल चालचलन देखाएकाले सरकारको निर्णयअनुसार ११ कैदीको बाँकी कैद मिनाह गरी मुक्त गरिएको कारागार शाखाका प्रमुख पुष्कर खड्काले बताए । ‘कैद मुक्त हुनेमा कर्तव्य ज्यान मुद्दाका चार, सवारी ज्यान मुद्दाका दुई जना, बहुबिवाह मुद्दाका दुई र डाँका चोरी, चोरी र आगो लगाएको मुद्दाका एक÷एक जना रहेका छन्,’उनले भने ।

कैलालीमा स्मार्ट लाइसेन्स वितरण शुरु

सेती अञ्चल यातायात व्यवस्था कार्यालयले बुधबारबाट विद्युतीय प्रविधिको स्मार्ट कार्ड (लाइसेन्स) वितरण गर्न थालेको छ।

कैलाली कांग्रेसमा असन्तुष्टि

असन्तुष्ट पक्षको भेलाद्वारा वडादेखि मेयरसम्म वागी उम्मेदवार उठाउने निर्णय, क्षेत्रीय सभापतिसहित सामूहिक राजीनामा।

कैलाली घटनाका दोषीको मुद्दा फिर्ताले सुरक्षाकर्मीको मनोबल गिरायोः एमाले

एसएसपीसहित ७ सुरक्षाकर्मी र एक शिशुको विभत्स हत्या भएको कैलाली घटनालाई 'राजनीति'को संज्ञा दिएर दोषीलाई उन्मुक्ति दिने सरकारको निर्णयले सुरक्षाकर्मीको मनोबल घटाउने निष्कर्ष एमालेले निकालेको छ। एमालेले मुद्दा फिर्ताले दण्डहीनता संस्थागत गर्ने एवं आपराधिक प्रवृत्तिलाई प्रोत्साहन मिल्ने भन्दै आपत्ति जनाएको छ।

कैलालीमा अनिश्चितकालीन शैक्षिक आमहडतालको घोषणा

नेत्रविक्रम चन्दनिटक अखिल क्रान्तिकारीले कैलाली जिल्लामा सोमबारदेखि अनिश्चितकालीन शैक्षिक आम हडतालको घोषणा गरेको छ ।

कैलाली अन्तिम चारमा

कैलालीको अत्तरियामा जारी रुस्लान अत्तरिया कप क्रिकेट प्रतियोगितामा बारा क्रिकेट एकेडेमीलाई हराउँदै कैलाली जिल्ला क्रिकेट एकेडेमी सेमिफाइनलमा प्रवेश गरेको छ । यस नतिजासँगै सेमिफाइनल समीकरण पूरा भएको छ । समूह ‘बी’ मा रहेका बारा र कैलाली पहिलो खेलमा पराजित भएका थिए । दुईबीचको विजेता टोली सेमिफाइनल पुग्ने अवस्थामा कैलालीले बारामाथि ८ विकेटको सानदार जित दर्ता गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्