५ आश्विन २०८१ शनिबार
image/svg+xml

कैलाली बहुमुखी क्याम्पसमा झडप, दुई प्रहरी सहित २६ घाइते

कैलाली वहुमुखी क्याम्पसको निर्वाचन कार्यालयमा तालाबन्दी गर्न खोज्दा नेकपा माओवादी केन्द्र निटक अखिल क्रान्तीकारी र प्रहरीबीच झडप भएको छ।

दोस्रो थारु साहित्यिक मेला कैलालीमा हुने

दोस्रो थारु साहित्यिक मेला चैतको १८ देखि २० सम्म धनगढी-७ को पटेला गाउँमा हुने भएको छ। टीकापुरमा फागुन १४ गते थारु लेखक संघको आयोजनामा भएको थारु साहित्यिक मेला तयारी बैठकले उक्त निर्णय गरेको हो।

थरूहट थारूवानद्वारा कैलाली बन्द

सङ्घीय गठबन्धन तथा थरूहट थारूवान् सङ्घर्ष समितिले आज कैलाली बन्द गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल सरकारले ल्याएको अपूरो संविधान संशोधनको विरोधमा व्यापार, व्यवसाय, उद्योग, शैक्षिक संस्था, सरकारी तथा गैरसरकारी संस्था तथा यातायात एक दिनका लागि बन्द गरिदिन अनुरोध गरिएको एक प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ।

मुसाबाट सर्ने टाइफसले कैलालीमा ४ जनाको मृत्यु

स्क्रव टाइफसको संक्रमणले सेती अञ्चल अस्पतालमा ४ जनाको मृत्यु भएको छ। मुसाबाट किर्नाले टोकेर मान्छेमा सार्ने स्क्रव टाइफसको संक्रमण कैलालीमा यो वर्ष अत्याधिक देखिएको छ। सेती अञ्चल अस्पताल मेडिकल वार्ड इन्चार्ज एशोदा ढकालका अनुसार स्क्रव टाइफसबाट ९६ जना प्रभावित भएका छन भने ४ जनाको मृत्यु भइसकेको छ।

थारु फिल्म भौँराको च्यारिटी सो दाङ र कैलालीमा पनि हुने

काठमाडौंपछि थारू फिल्म भौँराको च्यारिटी सो दाङ, बर्दिया र कैलालीमा हुने भएको छ। पश्चिमका थारुहरुको अत्याधिक मागपछि च्यारिटी सो गर्न लागिएको फिल्म निर्माता नन्दुराज चौधरीले जानकारी दिए।

कैलालीमा एचआइभीबाट ४१ को मृत्यु

एचआइभी एड्सका कारण कैलालीमा गत वर्ष ४१ जनाको मृत्यु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय र एड्स हेल्थकेयर फाउन्डेसनको संयुक्त आयोजनामा यहाँ आज आयोजित एक कार्यक्रममा विसं २०६३ देखि अहिलेसम्ममा २५१ जनाको मृत्यु भएको जानकारी दिइयो । गएको वर्ष तीन गर्भवतीसहित कुल १०७ जना एचआइभीबाट सङ्क्रमित भएको पत्ता लागेको छ ।

कैलाली घटनाका दोषीलाई कारवाही हुन्छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले गतवर्ष कैलाली जिल्लामा भएको घटनाको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन भएकाले सोही समितिले दिने सुझावका आधारमा सरकार अगाडि बढ्ने बताएका छन्। निर्दोषलाई दुःख दिने विषय स्वीकार्य नहुने तर आयोगले दोषी ठहर्‍याएकालाई कारवाही हुने उनले बताए।

कैलालीमा बस दुर्घटना, २ को मृत्युु, ९ घाइते

कैलाली– दीपायलबाट धनगढी आउँदै गरेको शैलेश्वरी यातायातको ना ६ ख १६९१ नम्बरको यात्रुुवाहक बस भीमदत्तपन्त राजमार्गअन्तगर्त कैलाली जिल्लाको सहजपुर गाविस वडा नं. ९, मारभट्टी मोडमा शुक्रबार बिहान १ बजे दुर्घटना हुुँदा २ जनाको मृत्युु भएको छ। घटनामा ९ जना घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्