८ आश्विन २०८१ मंगलबार
image/svg+xml

गठबन्धनका ११ जनाको उम्मेदवारी फिर्ता भएन

आगामी मंसिर १० गते पहिलो चरणमा हुने प्रतिनिधि सभा र प्रदेश सभामा रसुवाबाट २३ जना उम्मेदवार सहभागि हुने भएका छन्।  निर्वाचनमा भाग लिनका लागि आइतबार मनोनयन दर्ता गरेका उम्मेदवारले उम्मेदवारी फिर्ता नलिएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुधबार अन्तिम नामावली प्रकाशन गरेको छ।

कुख्यात डन मनाङेलाई सघाउन एमालेको उम्मेदवारी फिर्ता

एमाले मनाङकी उम्मेद्वार खण्डा लामा गुरुङले उम्मेदवारी फिर्ता लिएकी छिन्। लामाको उम्मेदवारी फिर्ता भएपछि एमालेको समर्थन स्वतन्त्र उम्मेद्वार बनेका कुख्यात डन राजीव गुरुङ (दिपक मनाङे) लाई हुने भएको छ। मनाङका मुख्य निर्वाचन अधिकृत दीपक ढकालले एमाले उम्मेदवार लामाको उम्मेदवारी फिर्ता भएको नागरिकन्युजलाई बताए।

एमाले नेताको उम्मेदवारी फिर्ता नलिने अडान

वाम गठबन्धनको तालमेली विपरीत प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवारी दिएका एमाले उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता नहुने अडान लिएका छन् । माओवादी र एमालेका नेताहरुको कार्यदलले गरेको निर्णय अनुसार उम्मेदवारी दिएको जानकारी एमालेको तर्फबाट प्रदेश सभाको लागि क्षेत्र नम्बर १ का उम्मेदवारी दिएका नीरज आचार्यले बताए ।

पूर्वसभासद्को स्वतन्त्र उम्मेदवारी

प्रतिनिनिधिसभा निर्वाचनका लागि रामेछापबाट वाम गठबन्धनका साझा उम्मेदवार दर्ता भए पनि वाम घटककै एक दल माओवादी केन्द्रका जिल्ला नेतृत्वका नेताले स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयन दर्ता गराएका छन् ।

स्वतन्त्र उम्मेदवारीले रामेछापमा वाम गठबन्धन संकटमा

आसन्न प्रतिनिनिधी सभा निर्वाचनका लागि रामेछापबाट वाम गठबन्धनबाट साझा उम्मेदवारका रुपमा उम्मेदवारी दर्ता भएता पनि वाम घटककै एक दल माओवादी केन्द्रका जिल्ला नेतृत्वका नेताहरुले स्वतन्त्र उमेद्वारको रुपमा आइतबार मनोनयन दर्ता गराए।

सबैभन्दा बढी उम्मेदवारी दोलखामा र कम मनाङमा

पहिलो चरणअन्तर्गत आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि सबैभन्दा बढी उम्मेदवारी दोलखामा परेको छ भने सबैभन्दा कम मनाङमा परेको छ।  प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि आइतबार उम्मेदवारले मनोनयन दर्ता गरेका छन्।

रसुवामा तीन महिलाको उम्मेदवारी

मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभाका लागि रसुवामा तीन जना महिलाको उम्मेदवारी परेको छ।  आइतबार भएको मनोनयन दर्ता प्रक्रियामा राजनीतिक दलको तर्फबाट एक जना र स्वतन्त्र रुपमा दुई जना महिलाको नाम दर्ता भएको हो।

उम्मेदवारी र परिणाम आकलन

पहिलो चरणका लागि संघ र प्रदेशको निर्वाचनको मनोनयन दर्ता भएको छ । मुलुकमा नयाँ कायम ७७ मध्ये ३२ जिल्लामा यो निर्वाचन हुँदैछ । जिल्लाको संख्याका आधारमा ४३ प्रतिशत जिल्लामा निर्वाचन हँुदैछ । तर निर्वाचन क्षेत्रको हिसावले १६५ मध्ये केवल ३७ वटामा मात्रै निर्वाचन हुने भएको हो । निर्वाचन संख्याका आधारमा २२ प्रतिशतका लागिमात्रै मनोनयन भएको छ ।

तालमेलले उम्मेदवारी मनोनयन तनावपूर्ण

बाम गठबन्धनले केन्द्रीयस्तरमा चुनावी तालमेल गरेर सिट बाँडफाँड गरे पनि स्थानीयस्तरमा त्यसको कार्यान्वयनमा समस्या देखिएको छ । यसले गर्दा कतिपय जिल्लामा पहिलो चरणको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता तनावपूर्ण बन्यो ।

शाहीको उम्मेदवारीले प्रदेश ६ को राजनीति तरंगित

यो प्रदेशको राजनीति एकाएक तरंगित भयो । यसको कारक बने– बिनाविभागीय मन्त्री महेन्द्रबहादुर शाही, जसले कालिकोटबाट प्रदेशसभामा मनोनयन दर्ता गरे । र, उनले आफ्नो उद्देश्य पनि स्पष्ट पारे– पार्टीतर्पmबाट मुख्यमन्त्री बन्ने ।

उम्मेदवारी दर्ता उत्साहपूर्ण

संघीय संसद् तथा प्रदेशसभाका लागि हिमाली र पहाडका ३२ जिल्लामा आइतबार उत्साहपूर्ण रुपमा मनोनयन दर्ता भएको छ । प्रतिनिधिसभातर्फ ३७ र प्रदेशसभातर्फ ७४ सिटका लागि विभिन्न राजनीतिक दलले नाराजुलुस र बाजागाजासहित उम्मेदवारी दर्ता गराए ।

पहिलो चरणअन्तर्गत ३२ जिल्लाको उम्मेदवारी दर्ता आज

आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आइतबार उम्मेदवारबाट मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको छ । पहिलो चरणमा ३२ जिल्लामा प्रतिनिधि सभा सदस्यतर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेश सभातर्फ ७४ वटा निर्वाचन क्षेत्रमा हुने निर्वाचनका लागि आइतबार उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

उम्मेदवारी दर्तापछि माओवादीले सरकार छाड्ने

प्रतिपक्षी एमालेसँग चुनावी गठबन्धन गरेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले जिम्मेवारी खोसरे बिनाविभागीय वनाएका माओवादी केन्द्रका मन्त्रीले कात्तिक ५ गतेपछि राजिनामा दिने भएका छन । मंसिर १० मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचनका लागि कात्तिक ५ गते उम्मेदवारी मनोनयन गर्ने कार्यक्रम छ ।

विवेकशील साझाले पाँच जिल्लाबाट उम्मेदवारी दिने

भरपर्दो वैकल्पिक राजनीतिक दलको रूपमा हेरिएको विवेकशील साझा पार्टीले भक्तपुर, चितवन, लम्जुङ र दोलखा जिल्लाबाट प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्ष उम्मेदवारी दिने निर्णय गरेको छ। पार्टी संयाेजक रवीन्द्र मिश्र र उज्वलबहादुर थापाले केहीदिनअघि काठमाडौंको क्षेत्र नम्बर १ र काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्ष उम्मेदवारी दिने घाेषणा गरेलगत्तैचारवटा जिल्लाबाट सदस्यमा उम्मेदवारी दिने भएकाे हाे ।

बाबुराम भट्टराईको गोरखा २ बाट उम्मेदवारी घोषणा, चुनाव चिन्ह आँखा लिने

पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले गोरखा २ बाट चुनाव लड्ने घोषणा गरेका छन्। साथै नयाँ शक्ति पार्टी नेपाल आँखा चुनाव चिन्ह लिएर निर्वाचनमा जाने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्