८ आश्विन २०८१ मंगलबार
image/svg+xml

शिवपुजनको उम्मेदवारी खारेज हुँदा कसलाई फाइदा ?

निर्वाचन आयोगले सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा बामगठबन्धन अन्तर्गत नेकपा माओवादी केन्द्रका शिवपुजन रायको उम्मेद्वारी खारेज गरेपछि अन्य दुई प्रतिष्पर्धी उम्मेद्वार उत्साहित भएका छन्।

प्रत्यक्ष निर्वाचनतर्फ महिलाको उम्मेदवारी शून्य

आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ठूला राजनीतिक दलबाट महिलाको उम्मेदवारी शून्य रहेको छ।  जिल्लामा नेपाली काँग्रेस र वाम गठबन्धनबाट प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फको निर्वाचनमा महिलाको संख्या शून्य छ। गएको स्थानिय तहको निर्वाचनमा महिलालाई गाउँपालिका र नगरपालिकामा प्रमुख वा उपप्रमुख पदमा अनिवार्य स्थान दिएका राजनीतिक दलले अहिले महिला उम्मेदवारलाई प्रत्यक्षतर्फको निर्वाचनमा नेतृत्वका लागि वञ्चित गराएका छन्।

उम्मेदवारी र राजनीतिक संस्कार

संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानले विस्तार स्थायित्व ग्रहण गर्ने सुर कसेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनसँगै स्थायित्वको पहिलो खुड्किलो पार गर्नेछ यो संविधानले । यसअघि स्थानीय सरकारको निर्वाचन सम्पन्न गरी स्थायित्वका लागि आधार प्रदान भएको थियो । तर निर्वाचनका सन्दर्भमा देखिएको चरम विकृतिले यो संविधानको भविष्यमाथि नै प्रश्न गर्नुपर्ने भएको छ । कुनै पनि मतदाता अहिले सही कुरा गर्दैनन् ।

२५८ को उम्मेदवारी फिर्ता

दोस्रो चरणको चुनावमा प्रत्यक्षतर्फ २ सय ५८ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन कार्यतालिकाअनुसार आइतबार उम्मेदवारी फिर्ता लिने कार्यक्रम थियो। महोत्तरी क्षेत्र नम्बर ३ मा राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई समर्थन गर्दै कांग्रेस उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन्।

कैलालीबा १८ जनाले लिए उम्मेदवारी फिर्ता

प्रदेश नम्बर ७ को सबैभन्दा बढी पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिएका १८ जनाले मनोनयन फिर्ता लिएका छन्।

सुनसरी ४ का फोरम उम्मेदवारद्वारा उम्मेदवारी फिर्ता, काँग्रेसलाई सघाउने

सुनसरी क्षेत्र नं. ४ मा संघीय समाजवादी फोरम नेपालले नेपाली काँग्रेसका उम्मेदवार ज्ञानेन्द्र कार्कीलाईं सघाउने भएको छ। फोरम नेपालका प्रतिनिधिसभाका उम्मेदवार मनोजकुमार यादवले आइतबार उम्मेदवारी फिर्ता लिएर कार्कीलाई सघाउने भएका हुन्।

जन्मभूमिको मायाले सप्तरीबाट उम्मेदवारीः उपेन्द्र यादव

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरी पछाडि परेकाले यहाँको विकास गर्न आफू यस जिल्लाबाट चुनाव लडेको बताएका छन्।

गोविन्दराज जोशीको उम्मेदवारी खारेज

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलका विरूद्ध बागी उम्मेदवारी दिएका गोविन्दराज जोशीको उम्मेदवारी खारेज भएको छ। जोशीको उम्मेदवारी खारेज गर्न निर्देशन दिएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।

दोस्रो चरणको निर्वाचनमा ३३५ महिलाको उम्मेदवारी

आगामी मंसिर २१ गते दोस्रो चरणमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि विभिन्न दल र स्वतन्त्र गरी कूल ३३५ महिलाले उम्मेदवारी दर्ता गराएका छन्।

हस्तिहरूको उम्मेदवारी

प्रतिनिधी सभा र प्रदेश सभाको आसन्न निर्वाचनका लागि पर्सामा बिहीबार दलहरूले उत्साहपूर्वक मनोनयन दर्ता गराएका छन् । बिहानदेखी पर्साको सदरमुकाम वीरगन्जमा विभिन्न पार्टीहरूको झन्डावाला गाडीको ओहोरदोहोर र कार्यकर्ताको भीड उर्लियो । बाजागाजासहित गाउँगाउँबाट आएका विभिन्न पार्टीका नेता, कार्यकर्ता, सर्मथकहरू बेग्लाबेग्लै जुलुससहित नेशनल टे«डिङ प्राङगणमा रहेको प्रमुख अधिकृतको कार्यालयसम्म आइपुगे।

झापामा हेभीवेट नेताले गराए उम्मेदवारी दर्ता

आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि झापाका पाँच वटा क्षेत्रमा वाम गठबन्धन तथा नेपाली काँग्रेसका हेभीवेट नेताहरूले उम्मेद्वारी दर्ता गराएका छन्।

वारेसनामामार्फत प्रधानमन्त्री देउवाको उम्मेदवारी

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कार्यव्यस्तताका कारण वारेसनामामार्फत उम्मेदवारी दर्ता गराउने भएका छन्।

झापा ३ मा सिटौलाविरुद्ध राप्रपाका लिङ्गदेनको उम्मेदवारी

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले झापा ३ मा महामन्त्री राजेन्द्र लिङ्गदेनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। काँग्रेस–राप्रपाबीच चुनाबी तालमेल गर्ने निर्णय भएको थियो। तर काँग्रेसले झापा ३ मा कृष्ण सिटौलालाई उम्मेदवार बनाउने भएपछि राप्रपाले आफ्नो उम्मेदवार चयन गरेको हो।

नयाँ शक्तिको प्रतिनिधिसभामा २६ र प्रदेशसभामा ४९ स्थानमा उम्मेदवारी (सूची सहित)

पहिलो चरणमा मंसीर १० गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नयाँ शक्तिले कूल २६ स्थानमा उम्मेद्वारी दिएको छ। त्यस्तै प्रदेशसभातर्फ ४९ स्थानमा उम्मेद्वारी दिएको छ पार्टीले जनाएको छ।

जाजरकोटमा वाम गठबन्धनका तीन बागीद्वारा उम्मेदवारी फिर्ता

आगामी मंसिर १० गते हुने  प्रतिनिधि सभा र   प्रदेश सभाको  निर्वाचनका लागि  वाम गठवन्धनको सहमति विपरित परेका उम्मेदवारीहरु फिर्ता भएका छन्।  एमाले माओवादीको कार्यदलले गरेकोे पुरानो सहमति फेरिएपछि  दुवै पार्टीका तर्फबाट परेका उम्मेदवारीहरु फिर्ता भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्