९ मंसिर २०८१ आइतबार
image/svg+xml

संक्रमित ब्यक्तिको ‘कन्ट्रयाक्ट ट्रेसिङ’ बाट स्वाब संकलन सुरु

नेपालगन्ज उपमहानगरपालिका क्षेत्रबाट २३ जना कोरोना संक्रमित फेला परेपछि मंगलबारबाट ‘कन्ट्रयाक्ट ट्रेसिङ’ का आधारमा स्वाब संकलन प्रक्रिया सुरु गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ स्थित भैरव टोल, रानी तलाउ तरकारी पसल, नाउ टोल, पन्डन मोहला र टांगा स्टेशनबाट स्थानीय बासिन्दाको कन्ट्रयाक्ट ट्रेसिङ गरी स्वाब संकलनको काम सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना रोग फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

अझै सम्पन्न भएन ‘सर्भिस ट्रयाक'

कोटेश्वर–कलंकी सडक खण्डमा हालसम्म ‘सर्भिस ट्रयाक’ निर्माण सम्पन्न हुन सकेको छैन। सो खण्ड विस्तार कार्य सम्पन्न भएको लामो समय वितिसक्दा पनि ट्रयाकले गति लिन नसकेको हो।

रोट्रयाक्ट डिस्ट्रिक्ट कन्फरेन्स सम्पन्न

रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२, नेपाल र भुटानको आयोजनामा १२ औँ रोट्रयाक्ट डिस्ट्रिक्ट कन्फरेन्स सम्पन्न भएको छ।

विद्युतीय रेलमार्गको ट्रयाक निर्माण कार्यले गति लिँदै

पूर्व पश्चिम राजमार्गअन्तर्गत रौतहट जिल्लाको बाग्मतीदेखि धन्सार खण्डमा निर्माण हुने विद्युतीय रेलमार्गको ट्रयाक निर्माणको कामले गति लिन थालेको छ।

ट्रयाक सडक दुघर्टनाको कारक

राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको दुर्गम हिमाली जिल्ला हुम्लामा जम्माजम्मी सय किलोमिटर सडक छ। यो सडकमा दैनिक ६० को हाराहारीमा साना तथा ठूला सवारीसाधन गुड्छन्। तर यहाँ न ट्राफिक प्रहरी छन्, न गाडी गुडाउनका लागि रुट परमिट नै।

२४ वर्षपछि कालोपत्रे सुरु

‘ट्रयाक’ खुलेको २४ वर्षपछि जिल्लाको भीमाद नगरपालिका–५ र ६ जोड्ने भीमाद ऋषिङपाटन मोटरमार्गमा कालोपत्रे सुरु भएको छ।

ट्रयाक खोलेको २४ वर्षपछि कालोपत्रे सुरु

भिमाद ऋषिङपाटन मोटरमार्ग आसपासका बासिन्दालाई बर्खामा हिलो र हिउँदमा धुलोको सास्तीबाट मुक्ति मिल्ने भएको छ। सडकको ७.२ किलोमिटरको दुरी कालोपत्रे सुरु भएको छ। तनहुँको भिमाद नगरपालिका र ऋषिङ गाउँपालिकालाई जोड्ने यो सडकलाई एक निर्वाचन क्षेत्रमा एक सडकअन्तर्गत कालोपत्र सुरु गरिएको हो।

ट्रयाक्टरले किच्दा एकको मृत्यु

कलैया बीरगंज सडक खण्डको कलैया उपमहानगरपालिका २३ कोइरिया टोल ट्रयाक्टरले किच्दा एक जनाको घटनास्थलमै मृत्यू भएको छ।

ट्रयाक्टर दुर्घटना चालकको मृत्यू

बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ८ गैरीछापमा गएराती ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यू भएको छ।

खोकनाको जोगाएर फास्ट ट्रयाकको रेखांकन

प्राचीन बस्ती खोकना महत्वकांक्षी योजना फास्ट ट्रयाकको चेपुवामा नपर्ने भएको छ। सरकारले पाँच ठूला योजनाको रुट यही बस्तीमा पारेपछि त्यसको असर प्राचीन कला–संस्कृतिमा पर्ने देखिएपछि स्थानीयले विरोध गर्दै आएका थिए। खोकनाको मौलिकता नमास्न नेपाली सेनाले डिपिआर अनुसार खोकना क्षेत्र र महादेवटार–लेनडाँडा गरी दुई ठाउँमा फास्ट ट्रयाकको रेखांकन परिवर्तन गरेको छ। योजना अनुसार ७२.५ किलोमिटर लामो सडकको प्रस्थान विन्दु खोकनामा पर्नेछ। फास्ट ट्रयाकको अन्तिम विन्दु निजगढ रहनेछ।

एक वर्षदेखि निर्माण ठप्प

प्रारम्भदेखि नेपाल सरकारको बजेटमा रहेर निर्माण भइरहेको सडक संघीयतापछि भने संघ र प्रदेशको खिचातानीमा पर्दा अन्योलमा परेको छ।

ट्रयाक्टर दुर्घटनामा दुई बालकको मृत्यु

सर्लाहीका दुई छुट्टाछुट्टै स्थानमा भएको ट्रयाक्टर दुर्घटनामा परेर दुई बालकको मृत्यु भएको छ।

मन्त्री र सचिवहरु लिएर जंगी अड्डा पुगे प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओली सैनिक मुख्यालय जंगी अड्डा पुगेका छन्। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री युवराज खतिवडा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई साथमा लिएर प्रधानमन्त्री आइतबार जंगी अड्डा पुगेका हुन्।

डिपीआरमा सेनाको असन्तुष्टिपछि सरकार दबाबमा, कांग्रेसले सचेत गरायो

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले काठमाडौं–निजगढ द्रुतमार्ग (फास्ट ट्रयाक) आयोजनाको डिपीआर सरकारले छिट्टै स्वीकृत गर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्