९ मंसिर २०८१ आइतबार
image/svg+xml

ट्रयाक्टर चलाउन खोज्दा सहचालकको मृत्यु

रावाबेँसी गाउँपालिका–३, लामीडाँडास्थित ठूलोआहालमा पार्किङ गरेर राखिएको ना ५ त ६६०० नम्बरको ट्रयाक्टर चलाउन खोज्दा ट्रयाक्टर पल्टिएर मोरङ मिक्लाजुङ गाउँपालिका–५, जाँतेका अन्दाजी २२ वर्षीय सहचालक नवीन भुजेलको मृत्यु भएको हो।

एक्साभेटर पुरिँदा दुई जनाको मृत्यु भएको आशंका

पश्चिम मकवानपुरको दुर्गम क्षेत्रमा सडकको ट्रयाक खन्ने क्रममा पहिरो खस्दा एक्साभेटर पुरिएर दुई जना हेल्परको मृत्यु भएको आशंका गरिएको छ। राक्सिराङ गाउँपालिका ८ टोड्केमा बाटो खन्ने क्रममा बिहीबार विहान करिब पौने १२ बजे एक्साभेटरसँगै चितवनका २३ वर्षिय सुदीप श्रेष्ठ र धादिङका १७ वर्षिय रोशन बुढाथोकी पुरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले बताए।

ट्रयाक्टर दुर्घटनामा २ जनाको मृत्यु, एक घाइते

जिल्लाको मरिण गाउँपालिका–२ स्थित सकौरीमा ट्रयाक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। नम्बर प्लेट नै राख्न बाँकी रहेको अनटेष्ट ट्रयाक्टर दुर्घटना हुँदा २ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

देशभरका रोट्रयाक्ट क्लबका प्रतिनिधिलाई भेला गराउने तयारी

नयाँ कार्यकालमा योजना तर्जुमाका लागि देशभरका रोट्रयाक्ट क्लव काठमाडाँैमा भेला हुन लागेका छन्। आउँदो जेठ ३२ गते शनिबार ’१२ औं रोट्रयाक्ट डिस्ट्रिक्ट क्लब एसेम्ब्ली र रिकग्निसन सेरेमोनी’ मा देशैभरका

ट्रयाक्टरको ठक्करले रौतहटमा दुई बालकको ज्यान गयो

ट्रयाक्टरको ठक्करले रौतहटमा दुई बालकको ज्यान गएको छ। अनियन्त्रित गतिमा रहेको ट्रयाक्टरले साइकल चलाइरहेका बालकलाई पछाडिबाट ठक्कर दिएपछि दुई बालकको मृत्यु भएको हो।

अबको ३ वर्षभित्र फास्ट ट्रयाक सञ्चालनमा आउँछः सेना, प्रतिवेदन स्वीकृत गर्न निर्देशन

नेपाली सेनाले काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) सडक आयोजना निर्माणको काम तोकिएकै समयभित्र सम्पन्न हुने गरी अघि बढाइएको जनाएको छ। सेनाका अनुसार अबकाे ३ वर्षभित्र फास्ट ट्रयाक सञ्चालनमा आउने छ।

फास्ट ट्रयाकः रुख कटानीको क्षतिपूर्ति वन कार्यालयले माग्याे

सरकारको एक निकायले अर्को निकायसँग काटिएका रुखको क्षतिपूर्ति माग गरेको छ। डिभिजन वन कार्यालय कैलालीले सडक विभागसँग हालै धनगढी–दिपायल फास्ट ट्रयाक (द्रुत सडक मार्ग) निर्माणका क्रममा काटिएका रुखको नियमानुसार लाग्ने राजश्व बमोजिम क्षतिपूर्ति माग गरेको हो।

ट्रयाक्टरको ठक्करबाट सर्लाहीमा बालिकाको मृत्यु

ज१त ३९५८ नम्बरको ट्रयाक्टरले ठक्कर दिँदा कौडेना गाउँपालिका –६ सक्रौल निवासी राधे रायकी ४ वर्षीया छोरी पूजाकुमारीकाे घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी फेन्हराले जनाएको छ। सडकमा खेलिरहेका बेला बालिकालाई ट्रयाक्टरले ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन्।

सुतेको ठाउँमा ट्रयाक्टरले किच्दा चालकको मृत्यु

चिनी उद्योगमा उखु बोकेर आएको एक ट्रयाक्टरका चालकलाई अर्को ट्रयाकटरले किच्दा एकजनाको घटनास्थलमै मृत्यु भएको छ।

अनुदानले बढायो कृषिमा यान्त्रीकरण

पाल्पामा पछिल्लो समय कृषिमा यान्त्रीकरण बढेको छ। जिल्लाका दश वटै स्थानीय तहले कृषि उपकरण खरिदमा किसानलाई ५० प्रतिशत अनुदान दिएका छन्। रम्भा गाउँपालिकाले यस वर्ष १५ वटा हाते ट्रयाक्टर वितरण गरेको छ।

सात किलोमिटर सडकको ट्रयाक ४१ वर्षमा

सुन्दै अचम्म लाग्ने गरी पश्चिमी मकवानपुरको चेपाङ बाहुल्य क्षेत्रको सात किलोमिटर सडकको ट्रयाक खन्नै ४१ वर्ष लागेको छ। २०३४ सालमा सुरु भएको राक्सिराङ गाउँपालिकाको सदरमुकाम चैनपुरदेखि पूर्व–पश्चिम राजमार्ग मनहरी जोड्ने सडक ट्र्याकको बिहीबार प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरे ।

कटिङले पहिरोको जोखिम

नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौं तराई फास्टट्रयाक (द्रुतमाग) को विस्तारका लागि अहिलेकै डिजाइनमा जमिन कटिङ गर्दा पहिरोको जोखिम हुने देखिएको छ। काठमाडौंदेखि निजगढसम्मको ७६ किलोमिटर लामो सडक खण्ड विस्तारका लागि अहिलेकै डिजाइनअनुसार कटिङ गर्दा पहिरोको जोखिम हुने भन्दै अतिरिक्त जग्गा आवश्यक पर्ने जनाइएको छ। राष्ट्रिय विकास समस्या समाधान समितिको ४४ औं बैठकमा फास्ट ट्रयाक निर्माणका चुनौती प्रस्तुत गर्दैै सडक निर्माणको दायाँतर्फ थप जग्गा आवश्यक पर्ने जनाइएको छ।

ट्रयाक्टर दुर्घटनामा १ जनाको मृत्यु, एक गम्भीर घाइते

महोत्तरीको बर्दिवास नगरपालिका १० स्थित बाँके जंगलमा ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। घटनामा अर्का १ गम्भीर घाइते भएका छन्।

इलाम–बिर्तामोड फास्ट ट्रयाक खुल्दै

इलाम नगरपालिका–११, सोयाककी मनरूपा बराइली झापा बिर्तामोडबाट घर आइपुगेपछि निकै हर्षित थिइन्। ‘अस्तिसम्म त्यही बिर्तामोड पुगेर आउन एक दिन माया मार्नुपर्थ्याे,’ दिउँसो साढे एक बजेतिर आफ्नो घरजनिकै बेलासेमा गाडीबाट ओर्लिएकी मनरूपा भन्दै थिइन्, ‘आँगनमै ठूलो बाटो आउला र गाडी चढेर टाढा–टाढा पुगेर छिट्टै घर फर्काैंला भनेर कल्पनासम्म गरेकी थिइनँ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्