२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

धनगढी–पोखरा उडानको माग

सुदूरपश्चिमबाट पोखराका लागि भारतीय पर्यटक र पोखराबाट सुदूरपश्चिमका लागि तेस्रो मुलुकका पर्यटकलाई लक्षित गरी धनगढी–पोखरा हवाई उडान सुरु गर्न यस क्षेत्रका व्यवसायीले माग गरेका छन्।

बोर्डर नखुल्दा रोकिए भारतीय पाहुना

पाहुनाविहीन अवस्थामा पनि होटलको ढोका खोेलेका व्यवसायीले यो बेला भारतीय पाहुना भित्रिने आँकलन गरेका थिए । व्यवसायीको आँकलन मात्र नभई भारतीय पाहुना यतिखेर नेपाल आउन चाहेका पनि छन, तर उनीहरुलाई निर्धक्क नेपाल भित्रिन दिनेगरि बोर्डर नखुल्दा आउन नसकेको व्यवसायीको गुनासो छ ।

पोखरामा असिनापानीको क्षति

पोखरा क्षेत्रमा बुधबार दिउँसो भीषण असिनापानी परेको छ । जल तथा मौसम विज्ञान कार्यालयका अनुसार प्री मनसुन सुरु भएपछिको यो पहिलो वर्षा हो । असिनापानीले पोखरा र आसपासका क्षेत्रको खेतबारीमा लगाइएको तरकारीबालीमा क्षति पु¥याएको छ ।

पोखरा–काठमाडौं उडानमा दुईहजार यात्रु आउजाउ

अहिले पोखरा–काठमाडौं–पोखरा रुटमा हवाई उडानमा आन्तरिक यात्रुको भीडभाड रहेको पोखरा विमानस्थलले बताएको छ ।

‘सेप्टेम्बरका लागि पूर्वतयारी गराैं, तर, पाहुना आउँदा २०२२ लाग्न सक्छ’

लामो समय बन्द रहेको व्यवसाय खोलेर पर्यटन व्यवसायी पाहुनाको पर्खाइमा रहँदा आन्तरिक पाहुनाको चलायमानले केही उत्साही भएपनि पर्यटन क्षेत्र अझै पनि कठिन अवस्थामा रहेको व्यवसायीको गुनासो छ ।

एक वर्षपछि पोखरा–जोमसोम उडान सुरु

कोरोना संक्रमण रोक्न देशव्यापी लकडाउन भएसँगै रोकिएको हिमालपारिको जिल्ला मुस्ताङलाई पोखरा जोड्ने हवाई उडान झण्डै एक वर्षपछि सुरु भएको छ। लकडाउनको कारण लामो समय उडान रोकिएको र त्यसपछि यात्रु अभाव भएको भन्दै हवाई सेवा सुरु हुन सकेको थिएन।

स्वदेशी पाहुनामार्फत पर्यटन ब्युँताउने प्रयास

अझै डेढ–दुई वर्ष तेस्रो मुलुकका पाहुना आउने सम्भावना नभएको र त्यो बेलासम्म आन्तरिककै भरमा व्यवसाय धान्नुपर्ने बाध्यता रहेको भन्दै व्यवसायीले थप आन्तरिक पाहुनालाई पोखरा बोलाउने अभियान थालेका छन्। पश्चिमाञ्चल होटल संघले ‘जाउँ है पोखरा अभियान’मार्फत आन्तरिक पाहुनालाई पोखरा बोलाउन विभिन्न सहरमा प्रवद्र्धनात्मक अभियान चलाएको छ।

पोखरा–जोमसोम उडान एकवर्षपछि सुचारु

कोरोना भाइरस संक्रमणको त्रासले मुलुक नै लकडाउन भएसँगै रोकिएको हिमालपारिको जिल्ला मुस्ताङलाई पोखरा जोड्ने हवाई उडान झन्डै एकवर्षपछि सुचारु भएको छ ।

पर्यटन व्यवासायी भन्छन्ः आन्तरिक पाहुना छन् र त होटलको ढोका खुल्न सके

कोरोना भाइरस संक्रमण सुरु भएसँगै थलिएको पर्यटन क्षेत्रले वर्षदिनदेखि विदेशी पाहुनाको मुख देख्न पाएको छैन । धन्न, आन्तरिक पाहुनाले गर्दा पर्यटन क्षेत्रलाइ थोरै भएपनि राहत मिलेको छ । आन्तरिकको भरमा थोरै राहत मिलेपनि व्यवसायीले कमाउन भने पाएका छैनन् ।

हवाई सञ्जालले जोडिँदै तराई–तराई

पोखरा–सिमरा–पोखरा रुटमा आगामी चैत १५ देखि हवाई उडानको तयारी छ । यती एयरलाइन्सले सातामा तीनदिन (आइतबार, बुधबार र शुक्रबार) यो रुटमा उडान गर्दैछ । वीरगञ्ज नाका हुँदै भित्रिएका भारतीय पर्यटकलाई पोखरा ल्याउने लक्ष्य अनुसार यो रुटमा उडानको तयारी थालिएको हो । भारतीय पाहुनाको संख्यामा वीरगञ्ज क्षेत्रका आन्तरिक पाहुना पनि थपिँदा यात्रु अभाव नहुने एयरलाइन्सको बुझाई छ ।

‘खेलकुद पूर्वाधारलाई बजेट अभाव हुँदैन’

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन खेलकुद पूर्वाधारका लागि बजेट अभाव हुन नदिने अठोट व्यक्त गरेका छन्। सोमबार पोखरा प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न पोखरा आएका प्रधानमन्त्रीले पोखरा रंगशाला निरीक्षण गर्दै खेलकुदका भौतिक पूर्वाधार निर्माण गर्न सरकार दृढ रहेको उल्लेख गरे।

प्रधानमन्त्रीको पोखरा तालिकाः शिलान्यास, मन्तव्य र रंगशाला

प्रधानमन्त्री केपी शर्मा ओली पोखरा आएका छन् । तीनवटा कार्यक्रममा सहभागि हुनेगरि प्रधानमन्त्री ओली पोखरा आएका हुन् । प्रधानमन्त्री ओली सोमबार दिनभर पोखराका विभिन्न कार्यक्रममा व्यस्त हुनेछन् ।

८ वर्षमा कहाँ हरायो फेवातालको १६ सय १९ रोपनी जमिन ?

वितेको आठ वर्षमा फेवातालको क्षेत्रफल १६ सय १९ रोपनी घटेको पाइएको छ। फेवातालको चार किल्ला निर्धारण, सीमांकन तथा नक्सांकन समितिले सार्वजनिक गरेको प्रतिवेदन अनुसार हाल तालको क्षेत्रफल ११ हजार दुई सय ५५ रोपनी ११ आना एक पैसा छ ।

प्रधानमन्त्री ओली पोखरा आउँदै

प्रधानमन्त्री केपी शर्मा ओली आज सोमबार पोखरा आउने भएका छन्। अगुवा कार्यकर्ता प्रशिक्षणका लागि नेपाल उनी सोमबार पोखरा आउने भएका हुन्। प्रधानमन्त्री ओली गण्डकी प्रदेशस्तरीय नेकपा कार्यकर्ता प्रशिक्षणका लागि पोखरा आउने प्रदेश इन्चार्ज तथा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।

‘अझै दुई वर्ष साँवाब्याज तिर्न सक्दैनौं’

कोरोनाको मारमा परेको भन्दै पर्यटन व्यवसायीले त्यो बेला सबैभन्दा बढी जोडतोडका साथ उठाएको विषय थियो– पुनर्कर्जा, ऋणको साँवा–ब्याज तिर्ने समय थप, कर्जा पुनर्संरचना तथा पुनर्तालिकीकरण। आफ्ना यी मागसम्बोधन हुने गरी मौद्रिक नीति आउँदा व्यवसायी हौसिएका पनि थिए। तर मौद्रिक नीतिले थपिदिएको समयमा पनि ऋणको साँवाब्याज तिर्न सक्ने अवस्था नभएको भन्दै समय थपि दिन व्यवसायीले पुनः आग्रह गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्