२३ वैशाख २०८१ आइतबार
image/svg+xml

आज विश्व रेबिजविरुद्धको दिवस मनाइँदै

विश्व रेबिजविरुद्धको दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। रेबिज रोकथाम र यस रोगविरुद्धमा भइरहेको प्रगतिको जागरुकता जगाउनका लागि हरेक वर्ष सेप्टेम्बर २८ लाई विश्व रेबिज दिवसको रुपमा मनाइन्छ।

अफ्रिकामा आत्महत्या रोक्न विश्व स्वास्थ्य संगठनको अभियान सुरु

विश्व स्वास्थ्य सङ्गठनले यहाँ चेतनामूलक अभियान सञ्चालन गरेको जनाएको छ। विश्व स्वास्थ्य सङ्गठनले अफ्रिकामा विश्वमै सबैभन्दा धेरै आत्महत्याको दर रहेको भन्दै यो अभियान थालेको हो।

विश्वव्यापीरूपमा क्रमशः कम भएपनि कोरियामा घटेन कोरोना सङ्क्रमण

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले विश्वव्यापीरूपमा कोभिड–१९ सङ्क्रमण र कोभिडजन्य मृत्युदर घटेको बताए तापनि दक्षिण कोरियामा भने अघिल्ला दिनका तुलनामा कारोनाजन्य मृत्यु र सङ्क्रमण बढेको छ। यद्यपि अघिल्ला साताका तुलनामा भने सङ्क्रमण दरमा भने केही कमी आएको छ।

मङ्कीपक्स सङ्क्रमण घट्ने सङ्केत

'फ्रान्स, जर्मनी, पोर्चुगल, स्पेन, बेलायत र अन्य देशहरूमा प्रकोप सुस्त हुनसक्ने प्रमाणका रूपमा प्रारम्भिक सङ्केतहरू देखिएका छन् जुन उत्साहजनक छन्,' युरोपका लागि डब्ल्युएचओ क्षेत्रीय निर्देशक हान्स क्लुगेले पत्रकारहरूसँगको अन्तरक्रिया सो धारण राखेका छन्। 'यो सही दिशामा गइरहेको छ,' उनले भने।

मंकीपक्सको नयाँ भेरियन्टको नामकरण

सांस्कृतिक तथा सामाजिक कारणले मंकीपक्सलाई वेवास्ता गरिएको र यसको असर विश्वभरी बढ्दै गइरहेको पनि डब्लुएचओले जनाएको छ। विज्ञहरुको एउटा समूहले अध्ययन तथा अनुसन्धान गरेर दिएको सिफारिसका आधारमा डब्लुएचओले मंकीपक्सको बारेमा निर्णय गरेको हो।

नौ महिनामा नेपालीले सेवन गरे १८ लाख किलो सुर्ती

नेपालमा वार्षिक २७ हजार जनाले सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने रोगका कारण अकालमा ज्यान गुमाइरहेका छन्। यो तथ्याङ्क स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको हो।

नेपाल आइपुगे डब्ल्यूएचओका महानिर्देशक

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोभ गेहब्रेयसस नेपाल आइपुगेका छन्।

डब्लूएचओका महानिर्देशक आज नेपाल आउँदै

तीनदिने भ्रमणका क्रममा नेपालमा रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनासँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको छ। उनले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खतिवडा र परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटघाट गर्नेछन्।

युक्रेनका स्वास्थ्य संस्थामा ७२ पटक आक्रमण भएको दावी

रुसले युक्रेनका स्वास्थ्य संस्थामा ७२ पटक आक्रमण गरेको संयुक्त राष्ट्रसंघीय निकायले जनाएको छ।

‘मानवीय विकासका क्षेत्रमा जनप्रतिनिधि लाग्नुपर्छ’

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नागरिकको मानवीय विकासका क्षेत्रमा जनप्रतिनिधि क्रियाशील भएर लाग्नुपर्ने बताएका छन्।

जनप्रतिनिधिले स्वास्थ्यसम्बन्धी सही सूचना जनतामा प्रवाह गर्नुपर्छः अध्यक्ष तिमिल्सिना

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वास्थ्यसम्बन्धी सही सूचना जनतामा प्रवाह गर्न जनप्रतिनिधिलाई अनुरोध गरेका छन्।

आठ साताभित्र युरोपको आधा जनसंख्यामा कोभिड फैलिनसक्ने डब्लूएचओको चेतावनी

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले आगामी आठ साताभित्र यूरोपको आधाभन्दा बढी जनसंख्या कोभिड सङ्क्रमित हुने चेतावनी दिएको छ।

भारतमा ओमिक्रोन भेरियन्ट भेटिएसँगै उच्च सतर्कता अपनाउन डब्लुएचओको आग्रह

उनले सरकारले व्यापक र अनुकूल जनस्वास्थ्य तथा सामाजिक उपाय तथा जनसमुदायबाट रोकथाम र सावधानीका उपायको कडा पालना गर्न आवश्यक रहेको उल्लेख गरिन्।

कोरोना भाइरसको उत्पत्ति स्थान पत्ता लगाउन नयाँ कार्यदल गठन

डब्ल्यूएचओले ‘साइन्टिफिक एड्भाइजरी ग्रुप अन ओरिजिन्स अफ नोबल प्याथोजिन्स’को लागि २६ जना विज्ञको नाम तय गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्